इटहरी । सैनिक नागरिक सम्बन्ध विस्तार अभियान अन्तर्गत पूर्वी पृतना हाताभित्र सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्र पूर्वी नेपालका सर्पदंशपीडितका लागि भरोसाको केन्द्र बनेको छ । इटहरीको सामुदायिक सर्पदंश उपचार केन्द्रले स्थापनाकालदेखि अहिलेसम्म १८ हजारभन्दा बढी सर्पदंशका बिरामीको उपचार गरी जीवन जोगाएको छ । केन्द्रको स्थापना २०६९ सालमा भएको केन्द्रले सर्पदंशका बिरामीलाई प्रभावकारी सेवा प्रदान गरेको केन्द्रका अध्यक्ष दिवस पोख्रेल बताउनुहुन्छ । उहाँका अनुसार सुनसरीसँगै मोरङ, धनकुटा, सप्तरी, उदयपुरलगायत भारतीय सीमावर्ती क्षेत्रबाट समेत सर्पले डसेका बिरामी उपचारका लागि आउने गरेका छन् । केन्द्रमा हा
इटहरी । रोटरी क्लब अफ इटहरीले इटहरीका १० हजार बालबालिकाको आँखा परीक्षण गर्ने लक्ष्यसहित वर्षभरि आँखा स्वास्थ्य अभियान सञ्चालन गर्ने भएको छ।क्लबले इटहरीका कम्तीमा २२ वटा विद्यालय तथा समुदायमा शिविर सञ्चालन गरी बालबालिकामा देखिने आँखा सम्बन्धी समस्या समयमै पहिचान गर्ने तयारी गरेको छ। यसै क्रममा क्लबले १४ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै बिहिबार विराटनगर आँखा अस्पतालसँग सम्झौता गरेको छ। आर्थिक अभाव वा जानकारीको कमीका कारण सामान्य समस्या पनि जटिल बन्न सक्ने भएकाले यो अभियान सुरु गरिएको क्लबका अध्यक्ष चेतन धमलाले जानकारी दिनुभयो। अभियान अन्तर्गत भदौ ६ गतेदेखि प्रत्येक महिनाको पहिलो शनिबार इटहरी
काठमाडौं । फ्रन्टलाइन अस्पतालले पहिलो पटक सफलतापूर्वक मिनिमली इनभेसिभ कार्डियाक सर्जरी (MICS) अन्तर्गत ओपन हार्ट सर्जरी सम्पन्न गरेको जनाएको छ। अस्पतालका अनुसार उक्त शल्यक्रियामार्फत २२ वर्षीय एक बिरामीको एट्रियल सेप्टल डिफेक्ट (ASD) अर्थात् मुटुमा रहेको प्वाल सफलतापूर्वक बन्द गरिएको हो।अस्पतालले आर्थिक रूपमा कमजोर रहेका बिरामीलाई आफ्नो सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शल्यक्रिया, चिकित्सक शुल्क, अस्पताल शुल्क, औषधि, आईसीयू सेवा, प्रयोगशाला परीक्षणलगायत सम्पूर्ण उपचार सेवा निःशुल्क उपलब्ध गराएको जनाएको छ।वरिष्ठ कार्डियाक सर्जन प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सम्पन्न शल्यक्रियामा
इटहरी/ इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) सम्बन्धी सामुदायिक सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र इटहरी–४ का प्रमुख राजेश बिमली तथा PHRD Nepal की प्रतिनिधि सुम्निमा कार्की ले समुदायमा आधारित रोग निगरानी प्रणाली, रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा सम्बन्धित निकायमा जानकारी प्रवाह गर्ने प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। वडा नं. ४ लाई केन्द्रित गरी आयोजित कार्यक्रममा समुदायको सक्रिय सहभागितामार्फत रोगको समयमै पहिचान, सूच
इटहरी । विश्वप्रसिद्ध योगी तथा ईशा फाउन्डेसनका संस्थापक सद्गुरुद्वारा विशेष रूपमा रचना गरिएको शक्तिशाली एवं निःशुल्क ध्यान एप 'मिराकल अफ माइन्ड' (Miracle of Mind) अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) को विशेष अवसरमा नेपाली भाषामा उपलब्ध हुन गइरहेको छ। ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा नेपाली भाषामा अनुवाद गरिएको यस एपको काठमाडौँको बालुवाटारस्थित T21 प्यालेसमा आयोजना हुने एक विशेष ध्यान कार्यक्रमका बीच औपचारिक शुभारम्भ गरिनेछ। विगत चार दशकदेखि मनुष्यको चेतनालाई माथि उठाउन रूपान्तरणकारी अभियानको नेतृत्व गर्दै आउनुभएका सद्गुरुले विश्वभर बढ्दो मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न यो एप तयार पार
सुनसरी / गढी गाउँपालिकाको आयोजनामा गढी–२ भमरीस्थित श्री गढदेव आधारभूत विद्यालयमा बुधबार आयोजित एकीकृत घुम्ती सेवा शिविर को उद्घाटन सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता गढी गाउँपालिका अध्यक्ष आशा नारायण चौधरी ले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अनिता कुमारी साह, प्रमुख प्रशासकीय अधिकृत चूडामणि गुरागाईं, गाउँपालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, ग्रामीण महिला उद्यमता विकास मञ्च (FORWARD) का कर्मचारीहरू तथा विराट मेडिकल कलेज टिचिङ अस्पताल का चिकित्सकहरूको उपस्थिति रहेको थियो।गाउँपालिकाको सेवा नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा स्वास्थ्य, सामाजिक सुरक्षा, प्
धरान / रोटर्याक्ट क्लब अफ धरान घोपाले डेपोट माध्यमिक विद्यालय, धरानमा विद्यालय स्वास्थ्य सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा आयोजित उक्त कार्यक्रममा महिनावारी सरसफाइ, लागू पदार्थ दुर्व्यसन नियन्त्रण , तथा दाँत तथा मुख स्वास्थ्य सरसफाइ सम्बन्धी सचेतना प्रदान गरिएको थियो। कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूमा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नु, स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नु तथा विभिन्न स्वास्थ्य जोखिमहरूबारे जानकारी प्रदान गर्नु रहेको थियो तथा स्वस्थ जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोज
इटहरी । विराटनगर महानगरपालिकाले पूर्णखोप सुनिश्चितताको लक्ष्य हासिल गरेको छ । पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० जना बालबालिकालाई पूर्णखोपको पहुँचमा पुुर्याएपछि सो लक्ष्य हासिल भएको महानगरपालिका खोप शाखाले बताएको छ । महानगरपालिकाका अनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकामध्ये ० देखि ११ महिनाका दुई हजार १३९ जना, १२ देखि १५ महिनाका ९७७ जना, १६ देखि २३ महिनाका एक हजार ५४८ जना तथा २४ देखि ५९ महिनाका छ हजार ९६६ जना रहेका छन् । यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्ष
इटहरी । पाँचथरको हिलिहाङ गाउँपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शिविरमा ५४७ जनाले आँखा जाँच तथा उपचार गराएका छन् । गाउँपालिका भित्रका सर्वसाधारणलाई लक्षित गर्दै हिलिहाङ गाउँपालिका स्वास्थ्य शाखाले गोपेटारमा आयोजना गरेको शिविरमा उक्त सङ्ख्यामा नागरिकले सेवा लिएका हुन् । जसमध्ये ३१ जनाको शल्यक्रिया गरिएको छ । १२ महिला र १९ पुरुष गरी ३१ जनामा मोतियाबिन्दुको अप्रेसन गर्नुका साथै आँखामा पलाएको मासु र ऐजेरुको शल्यक्रिया गरिएको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाको आर्थिक व्यवस्थापन, स्वास्थ्य शाखाको आयोजनामा र मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा
सुन्दरहरैचा । सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा आमा समूहका सदस्यहरूलाई लक्षित गरी स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। वडा नं. ५ को कार्यालयमा आयोजित कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न आमा समूहका सदस्यहरूको सहभागिता रहेको थियो।कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, वडा नं. ५ का अध्यक्ष गणेश चौधरी, स्वास्थ्य शाखाका प्रकाश पाठक र अर्जुन भट्टराई लगायत नगरपालिकाका पदाधिकारी तथा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहजकर्ताका रूपमा लिलामणि दाहाल तथा सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख डिल्लीराम कट्टेलले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गर
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.