इटहरी । इटहरीमावैशाखबाट ‘मङ्गल राधिका सदानन्द प्रणामी अस्पताल’ सञ्चालनमा आउने भएको छ । इटहरीमा व्यवस्थित अस्पतालको अभाव भएको आवाज उठिरहेको बेला प्रणामी मन्दिर मुक्तिधामको अस्पताल सञ्चालनमा आउन लागेको हो । श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधाम इटहरीका अनुसार २०८२ सालको वैशाख १ गते स्वामी १०८ सदानन्द महाराजबाट उद्घाटन हुने कार्यक्रमको तयारी पूरा भइसकेको बिहीबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो । चैत २४ गते विहान कलश यात्रा हुने गरि कार्यक्रम सुरू हुने मूल समारोह समितिका अध्यक्ष हेमप्रसाद घिमिरेले बताउनु भयो । कलश यात्रामा १० हजार बढी भक्तजन सहभागी हुने उहाँको भनाइ छ । श्रीकृष्ण प्रणामी मन्दिर
इटहरी | इटहरी अस्पताल अहिले हिजोको जस्तो छैन । बिरामी जँचाउने अनि उपचारका लागि धरान या विराटनगर जानुपर्ने इटहरीवासीको बाध्यता हटेको छ । अहिले इटहरी अस्पतालमा दैनिक हाडजोर्नी, महिला, स्त्री रोग र बाल रोग विशेषज्ञको नियमित सेवा उपलब्ध छ । जनरल मेडिकल सेवाका लागि एमबिबिएस डाक्टर उपलब्ध छन् ।पोहोर साल सम्म इटहरी अस्पताल स्वास्थ्य शिविर जस्तो थियो । विशेषज्ञसँग जँचाउनु परे बच्चाको डाक्टर कुन बार कुन क्लिनिक आउँछ, हाडजोर्नी , स्त्रीरोगका विशेषज्ञ कहिले आउँछ सोधखोजको विषय हुन्थ्यो । क्लिनिकमा नाम टिपायो लाइनमा बसेर जँचाएपछि डाक्टरले धरान, विराटनगर कहाँ बोलाउँछ जानुपर्ने बाध्यता थियो । ‘अहिले इटह
इटहरी । रामधुनीमा स्त्री तथा महिला रोग सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । रामधुनी नगरपालिकाको आयोजना तथा नोबेल मेडिकल कलेज, विराटनगरको प्राविधिक सहयोगमा निर्माणाधीन झुम्का आधारभूत अस्पतालमा भएको उक्त शिविरबाट १ सय २२ जनाले सेवा लिएका थिए । शिविरमा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन भएका महिलाहरूका लागि प्रारम्भिक परीक्षण तथा रोकथाम व्यवस्थापन गरिएको थियो । रामधुनी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नगेन्द्र पौडेलका अनुसार, स्थानीय महिलाहरूलाई लक्षित गरी स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । महिलाहरूका लागि नियमित स्वास्थ
सुनसरी | राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल, सुनसरी जिल्लाको चौथो जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा कुल बहादुर कार्कीलाई अध्यक्षमा चयन गरेको छ । नव निर्वाचित कार्यसमितिमा उपाध्यक्षमा सरोज कुमार चौधरी, महिला उपाध्यक्षमा रञ्जिता कुमारी चौधरी, सचिवमा हरि प्रसाद गौतम, सहसचिवमा कुशा घिमिरे, कोषाध्यक्षमा संगीत कोइराला चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा कविता कुमारी चौधरी, केशब खत्री, चन्द्र बहादुर श्रेष्ठ र विजय मेहता रहेका छन्।नयाँ नेतृत्व चयनसँगै स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, सेवा प्रवाह सुधार तथा पेशागत सुरक्षाका विषयमा महासंघले आगामी दिनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता रहेको
इटहरी। सरकारी दमक अस्पतालले बिरामीको चाप अधिक भएपछि बिहान साढे ७ बजेदेखि नै बिरामी जाँच सुरु गरेको छ । बिहान ५ बजेदेखि नै बिरामी लाइन बस्ने र साढे १० बजेदेखि मात्र बिरामीको जाँच हुने भएकाले बिरामीहरुले धेरै हैरानी खेप्दै आएका थिए । दैनिक १ हजारभन्दा बढी बिरामीहरु ओपिडीका लागि आँउदा बिहान ५ बजे लाइन बसेको बिरामीले बेलुकासम्म बसेर सेवा लिने अवस्था रहेको थियो । यसअघि छाला रोग सम्बन्धिको ओपिडी सेवा बिहान सुरु गरिएको थियो । नगर अस्पतालको रुपमा रहेको दमक अस्पतालको सेवा विस्तारको क्रममा विहिबारदेखि बिहानैदेखि ओपिडी सेवा सुरु गरिएको दमक नगर प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष रामकुमार थापाले ब
इटहरी । राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटीले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । इटहरी उपमहानगर कमिटीले १६ औं स्थापना दिवसको अवसरमा इटहरी स्थित मितेरी होटल अगाडि खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।सामाजिक सुरक्षा र मर्यादित रोजगार सौन्दर्यकर्मी श्रमिकको अधिकार भन्ने नाराका साथ आफ्नो व्यवसाय सँगै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको युनियन इटहरी उपमहानगर कमिटी सचिव निशा पौडेलले बताउनुभयो । समुदायमा रगत अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम गरिएको राष्ट्रिय सौन्दर्य कर्मी युनियन नेपाल इटहरी उपमहानगर कमिटी अध्यक्ष पूजा भट
इटहरी । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी
इटहरी । उदयपुरको त्रियुगा नगरपालिकाले “मेयरसँग जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन” कार्यक्रम सञ्चालनमा ल्याएको छ । वडा नं १ जोगीदहबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम नगरपालिकाका १६ वटै वडामा सञ्चालन गरिने नगरप्रमुख वसन्तकुमार बस्नेतले बताउनुभएको हो । यसै क्रममा वडा नं ३ मोतीगडाको स्वास्थ्य चौकीमा आयोजित जेष्ठ नागरिकहरूको स्वास्थ्य सेवा सिविरको उद्घाटन गर्नुहुँदै नगर प्रमुख बस्नेतले राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रूपमा रहनुभएका ज्येष्ठ नागरिकहरू सामान्य स्वास्थ्योपचारबाट बञ्चित हुनु नपरोस् भन्ने उद्येश्यले जेष्ठ नागरिक लक्षित स्वास्थ्य कार्यक्रम सञ्चालनमा ल्याइएको बताउनुभयो । नगरपालिकाका
इटहरी | इटहरी उप-महानगरपालिकाको स्वास्थ्य महाशाखाको आयोजनामा स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या तथा बाँझोपन भएका महिलाहरूका लागि निःशुल्क प्रारम्भिक परीक्षण तथा रोकथाम व्यवस्थापन सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ।इटहरी–७ स्थित आधारभुत स्वास्थ्य सेवा केन्द्रमा आयोजित शिविरमा ३५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। शिविरमा विशेष गरी महिलाहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित विभिन्न रोगहरूको प्रारम्भिक परीक्षण, रोकथाम तथा उपचारसम्बन्धी परामर्श प्रदान गरिएको थियो।शिविरमा इटहरी अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. मनिष शर्माको टोलीले स्वास
भोजपुर | भोजपुरको अरुण गाउँपालिकामा निर्माण भइरहेको १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ। गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले सुरु गरिएको यो अस्पताल निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्माण कम्पनी र स्थानीय सरकार प्रतिबद्ध देखिएका छन्।गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीको नेतृत्वमा गएको अनुगमन टोलीले निर्माण स्थलको निरीक्षण गरेको छ। अनुगमन टोलीमा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, प्रमुख प्रशासकीय अधिकृत जितमान जिमी, योजना अधिकृत शालिग्राम लुइटेल, वडाध्यक्ष कुमार कार्की, प्राविधिकहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। टोलीले अस्पताल निर्माणको प्रगति, प्रयोग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.