इटहरी / सुन्दरहरैंचा नगरपालिकाको चौथो नगरसभा १ अर्व ८ करोड ७७ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट सुन्दरहरैंचा नगरपालिका सभाकी उपध्याक्ष धनमाया तामाङले प्रस्तुत गरेकी हुन् । नगरप्रमुख शिवप्रसाद ढकालको सभाध्यक्षतामा भएको नगरसभाबाट नगरले ३६ वटा महत्वपुर्ण बजेटका योजनाहरु पारित गरेको छ । आगामी वर्ष २०८०/८१ को बजेट सुन्दरहरैचा नगरपालिकाले १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ । निति तथा बजेट पेशमा धार्मिक क्षेत्र , सामुदायिक विद्यालय , सामुदायिक वन , पर्यटन स्थल , यातायात तथा सडक , स्वास्थ ,शिक्षा युवा तथा खेलकुद , प्रविधि , खानेपानी , ऐतिहा
इटहरी / इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा अधिवेशनमा दुई अर्ब ३५ करोड ३१ लाखको बजेट ल्याएको छ । आगामी वर्षको वार्षिक बजेट इटहरी उपमहानगरपालिकाकी सभाकी उपध्याक्ष संगिता चौधरीले सार्वजनिक गरेकी हुन् ।उपमहानगरले दस वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकि दिएको छ । जसमा वडा नं. १, ३, ७, १०, ११, १३, १४, १५, १८ र १९ का लागि सो रकम बराबरको सीमा तोकेको उपप्रमु्ख चौधरीले उल्लेख गरेकी छन् । अरु बाँकी दसवटा वडालाई एक करोड ७५ लाखका दरले बजेट सीमा तोकिएको छ । इटहरी उपमहानगरपालिकाले चालु वर्षका लागि २ अर्व १८ करोड ६ लाख १० अनुमानित बजेट पेश गरेको थियो ।इटहरी उपमहानगरपालिकाको १३ औं नगर सभा तथा वार्षिक
सुनसरी : तालतलैया च्यालेन्ज कपको खेलको हात राजाबास युथ क्लब बराहक्षेत्रले पारेको छ ।इटहरी २ स्थित बुढासुब्बा खेलमैदान सम्पन्न भएको फाइनल फुटबल खेलमा पुर्वाञ्चल युनाइटेड क्लबलाई १-० को सोजो गोलले पराजित गर्दै राजाबास युथ क्लबले उपाधी हात पारेको हो ।पहिलो फाइनल खेलमा पुर्वाअञ्चल युनाइटेड क्लब सुन्दरहरैचा र राजाबास युथ क्लब बराहक्षेत्र ले गोल प्रहार गर्न सकेनन् । दोस्रो फाइनलखेलमा राजाबास युथ क्लबले १ गोल प्रहार गरेर विजयी टिम भनेको हो । राजाबासका खेलाडी गिल्सम खमिले गोल प्रहार गरका हुन् । विधागत पुरस्कार गिल्सन खिमिले नगद २ हजार पुरस्कार पाएका हुन् ।प्रतियोगितामा विजयी टिम राजाबास युथ
सुनसरी / विराटनगर भन्सार एजेन्टसघंको ११ साधरणसभा तथा ५ औं अधिवेशन विराटनगर भन्सार एजेन्टसंघमा नयाँ एजेन्टको बर्चस्व कार्यक्रम सम्पन्न भएको छ । विराटनगर भन्सार कार्यलयका प्रमुख ज्ञानेन्द्र प्रसाद ढकालको प्रमुख आथित्यतामा विराटनगर स्थित विग होटलमा हिजो शनिबार भन्सार एजेन्टसघंको ११ साधरणसभा तथा ५ औं भन्सार एजेन्टसंघमा नयाँ एजेन्टको बर्चस्व कार्यक्रम सम्पन्न भएको छ । नेपाल भन्सार महासघंको अध्यक्ष भरत राज घिमिरे विशिष्ट अतिथि अतिथि महासघंका अध्यक्ष सान्तराम शर्मा प्रथम उपाध्यक्ष प्राचिन थैब , द्धितिय उपाध्यक्ष काशिराज उपाध्याय सघंको अध्यक्ष गौतम भट्टहरूको उपस्थिति रहेको थियोे ।भन्सार जाचप
सुनसरी / उर्लाबारीका आर्थिक अवस्था कमजोर भएका तथा विपन्न उपभोक्तालाई बेतेनी सामुदायिक बन उपभोत्ता समुहले बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ ।हिजो शनिबार मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर - २ स्थित सो समूहले ३० जना उपभोक्ताहरुलाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न उपभोक्ताहरुलाई आय आर्जनमा सेवा तथा टेवा पुर्याउँदै आर्थिक रुपमा आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा र सुँगुरका पाठा वितरण गरेको बेतेनी सामुदायिक समूहका अध्यक्ष भीमबहादुर राईले जानकारी दिए ।
सुनसरी / इटहरीको जनता माध्यमिक विद्यालयमा यो वर्षदेखि कानुन विषयका कक्षाहरु सञ्चालन हुने भएको छ । विद्यार्थीहरुप्रति कानुन विषयको रुचीलाई ध्यानमा राख्दै कक्षा ११ र १२ मा उक्त विषयका कक्षाहरु थप गरिएको छ ।प्रत्येक वर्ष थप कक्षा र विषयहरु राखेर विद्यार्थीहरुलाई व्यवहारिक र उपयोगि शिक्षा दिन आफूहरु अग्रसर बनेको विद्यालयका प्रिन्सिपल पशुपती सिग्देलले जानकारी दिए । शिक्षा, मानवीकी, व्यवस्थापन विषयका कक्षाहरु पढाइ हुने गरेको छ ।स्कुलको कक्षा ११ र १२ मा गरेर अहिले ८५० जना विद्यार्थी अध्ययनरतछन् । विषय थपसँगै विद्यालयको थप कोठा निर्माण कार्य पनि तीव्र गतिमा अघि बढाइएको छ । जसको कारण यो वर्
सुनसरी / इटहरीबाट आठ किलो भन्दा बढी यार्सागुम्बासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार दिउँसो कोशी राजमार्गको इटहरी - २० तरहराबाट८ किलो दुई सय ग्राम यार्सागुम्बासहित धरान - बस्ने ४२ वर्षीय छजुङ्ग भोटे र धरान - १९ का पुष्पराज राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।धरानबाट इटहरी आँउदै गरेको को २ ह १०७ नम्बरको अटोलाई चेकजाँचका क्रममा अटो चाल सहित दुई जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार छजुङ्ग भोटे बसेको सिट पछाडीको भागमा रातो रङको स्याउको कार्टुन भित्र लुकाई राखेको अवस्थामा ८ किलो २५० ग्राम दुर्लभ बनस्पती यार्सागुम्बा
सुनसरी / श्रीमती पुरुष भएको भन्दै उदयपुरका एक युवाले प्रहरीमा उजुरी दिएका थिए ।उदयपुरको बेलका नगरपालिका– ६ का बबलाका २८ वर्षीय नम्बर राईले ६ महिना अघि बिहे गरेर ल्याएको श्रीमती पुरुषमा परिणत भएको भन्दै बुधबार इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका हुन् । श्रीमती लैङ्गिक अल्पसंख्यक परेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । राईले भोजपुरको रामप्रसाद राई गाउँपालिका नम्बर - ८ की युवतिसँग ६ महिनाअघि प्रेम विवाह गरेर घर भित्र्याएका थिए। तर, अहिले आएर एकाएक श्रीमती पुरुष भएको भन्दै आफूसँगै ल्याएर उजुरी दिएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।इप्रकाले दुवैलाई सँगै राखेर छलफल ग
सुनसरी / मोरङको पथरी शनिश्चरेमा बाल क्लबका लागि पहुँच प्रयोग र अपाङ्गता सम्वन्धी अभिमुखीकरण कार्यक्रमको भएको छ । शुक्रबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो उपस्थिति रहेको थियोे । तुम्वापोले बालबालिकासँग सम्वन्धी संयन्त्रको पहुँच प्रयोगसँग सम्वन्धित रहेर आफ्ना भनाइ राखेका थिए ।कार्यक्रममा वडा नं. १, २, ३, ७ र १० का बाल क्लब/ बाल सञ्जालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा भएको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म सञ्चालन भएको हो । कार्यक्रम सञ्चालन एवं सहजीकरण महिला तथा बालबालिका शाखा प्रमुख गिता कट्टेल र
सुनसरी / बिहे भईरहेको अवस्थामा विवाह मण्डपबाटै झापाको गौरादहबाट इटहरीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्नेलाई प्रहरीले सुनसरीको इटहरी उपमहानगर वडा नम्बर - १९ का साजन चौधरीलाई इलाका प्रहरी कार्यालय दमकले पक्राउ गरेको छ ।झापाको गौरादह - २ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेपछि श्रीमतीको उजुरीका आधारमा चौधरीलाई विवाहमण्डप बाट नै प्रहरीले नियन्त्रणमा लिइएको छ । पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.