इटहरी। जिल्लाकै ठुलो पुरस्कार राशी भएको १३औँ रारा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा बिर्तामोड युनाइटेड एफसी ९झापा० र आयोजक रारा फुटबल क्लब ९राजारानी० भिड्ने भएका छन् । फाइनल खेल मङ्गलबार राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा हुने छ । आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक रारा फुटबल क्लबले आरआइएफसी काठमाडौँलाई २–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । राष्ट्रिय टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले फ्रिकिकमार्फत निर्णायक गोल गर्दै टोलीलाई फाइनलमा पुर्याउनुभएको हो । त्यसैगरी सोमबार भएको दोस्रो सेमिफाइनलमा बिर्तामोड युनाइटेड एफसीले सलहेश फुटबल क्लब सिराहालाई ३–१ गोलले
इटहरी । खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली फस्टाएको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिका–५, सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले निरन्तर वर्षा भइरहेकाले मकै उत्पादन बढ्ने बताउनुभयो । जिल्लाको पहाडी क्षेत्रका सुक्खा, बारी डाँडापाखामा छरेको मकैको बिरुवालाई वर्षाले राहत प्रदान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवले मकैखेती गर्ने सिजनबाट वर्षा सुरु भएकाले पडाडी क्षेत्रका बारीमा लगाएको मकैखेती राम्रो हुने बताउनुभयो ।यादवका अनुसार उदयपुरमा
इटहरी। फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहनु भएकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड०ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आबद्ध भएका महिला दिदीबहिनीको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताउनुभयो। राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यलाई सुझाव दिँदै
इटहरी । पाँचथरको फिदिम नगरपालिका–१, शनिबारेमा चट्याङ लागेर आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सोमबार राति करिब १० बजे स्थानीय भगवती ढुङ्गेलको घरमा अचानक आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक चित्रबहादुर थेबेको कमान्डमा खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा करिब ११ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।हिलिहाङ गाउँपालिका–५ का ४५ वर्षीय क्षोमाया तामाङले सञ्चालन गरेको दुग्ध डेरीका दुई वटा फ्रिज, एक वटा ग्यास चुलो र चार वटा ग्यास सिलिन्डरसहित करिब तीन लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, फिदिम नगर
इटहरी। इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट बिस्कुट बनाउने पालिकावासीलाई अनुदान दिन थालेको छ । उपाध्यक्षसँग युवा यद्यमी कार्यक्रमअन्तर्गत पालिकाबासीलाई अनुदान दिन सुरु गरेको हो । अनुदान पाएर हाल एक जना महिलाले गाउँपालिकाको नयाँबजारमा कोदो पिठोबाट बिस्कुट उत्पादन गर्न थाल्नुभएको छ । नयाँबजारकी पार्वती भट्टराईले कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गर्नुभएको हो । ‘ओभन मेसिन’मा पकाएर कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरेको उहाँको भनाइ छ । उद्यमी भट्टराईले उद्योग नै सञ्चालन गरेर यसको उत्पादन सुरु गर्नु भएको हो । भट्टराई ‘कोदोको बिस्कुट तथा बेकरी उद्योग’ नाम
इटहरी / पछिल्लो समय स्थानीय तहहरूमा भुक्तानी प्रक्रियामा गम्भीर समस्या देखिन थालेको छ। स्थानीय निकायहरूले प्रयोग गर्दै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) प्रभावकारी रूपमा नचल्दा दैनिक सेवा प्रवाह प्रभावित भएको हो।विशेषगरी जेन्जी आन्दोलन पश्चात् प्रणालीमा देखिएको प्राविधिक अवरोधका कारण भुक्तानी प्रक्रिया सुस्त मात्र होइन, कतिपय स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय तहहरूले बताएका छन्। यसले गर्दा सेवाग्राहीहरू आवश्यक भुक्तानी नपाएर हैरानीमा परेका छन्।लेखा शाखामा दैनिकजसो सेवाग्राहीको भीड बढ्दै गएको छ भने ढिलाइका कारण उनीहरू आक्रोशित हुँदै कर्मचारीसँग विवाद गर्ने, रिसाउने जस्ता
इटहरी । भोजपुर सदरमुकामस्थित कोदार फुटबल रङ्गशालामा सोमबारदेखि सुरु भएको आठौँ संस्करणको भोजपुर मेयर कप महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब धरान विजयी भएको छ । धरानले भोजपुर नगरपालिका–१० लाई २,० गोलले हरायो । धरानका लागि प्रजिता राई र आशिका कार्कीले गोल गर्नुभयो । आशिका प्लेयर अफ दी म्याच बन्नुभयो । प्रतियोगितामा भोजपुर नगरपालिका–१०, रिमाचोङ, लेटाङ फुटबल क्लब, गेरबाबा फुटबल क्लब, सङ्खुवासभा–११, फेयर फुटबल क्लब धरान सहित ६ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुने टिमले एक लाख ६ हजार रुपियाँ र उपव
इटहरी। मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । सुनवर्षी नगरपालिका(९ महतो टोल बस्ने ५० वर्षीया मंगलीदेवी मेहताको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।विद्युतीय मोटर जडित कल चलाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
इटहरी । नेपाल पत्रकार महासंघ, झापा शाखाको वार्षिक साधारणसभा सोमबार बिर्तामोडमा सम्पन्न भएको छ ।केन्द्रीय उपाध्यक्ष दीपक आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सभाले पत्रकारहरूको स्वास्थ्य सुरक्षाका लागि स्थापना गरिएको ‘पत्रकार सहारा उपचार अक्षयकोष’लाई वृद्धि गरी २ करोड रुपैयाँ पु¥याउने घोषणा गरेको छ । सभामा बोल्दै शाखा अध्यक्ष एकराज गिरीले पत्रकारहरूको क्षमता अभिवृद्धि तथा दक्षता विकासका कार्यक्रमहरू सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँले पेशागत सुरक्षा सुनिश्चित गर्दै प्रविधिमैत्री पत्रकारितामा जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, केही सरकारी नीतिहरू प्रेस स्वतन्त्रताविरोधी रहेको उल्लेख
इटहरी। उद्योगहरूले लामो समयदेखि भोग्दै आएको दक्ष जनशक्ति अभाव र आधुनिक प्रविधि भित्र्याउँदा देखिने प्राविधिक चुनौतीको समाधान खोज्न उद्योगीहरूले सामूहिक पहल थालेका छन् । उद्योग सङ्गठन मोरङले औद्योगिक क्षेत्रका यस्ता समस्या सुल्झाउने उद्देश्यले आगामी वैशाख २५ र २६ गते विराटचोकमा ‘नेपाल मानव संसाधन सम्मेलन’ को दोस्रो संस्करण आयोजना गर्ने तयारी गरेको हो । पछिल्लो समय युवाहरूको वैदेशिक पलायन र सिपयुक्त जनशक्तिको कमीका कारण उद्योगहरूको उत्पादन क्षमता प्रभावित भइरहेको छ । बजारमा चाहिएजस्तो कामदार नपाउने र भएका कर्मचारी पनि नटिक्ने समस्याले गर्दा औद्योगिक विस्तारले गति लिन नसकेको सन्दर्भमा यो सम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.