All Posts By कोशी प्रेस

    Showing १,६४१-१,६५० of १३,५९८ items.
  • झापाको कमल गाउँपालिकामा भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु

    इटहरी । झापाको कमल गाउँपालिकामा भान्सामा खाना पकाउँदै गरेकी एक महिलाको विषालु कोब्रा सर्पको डसाइबाट मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ करिब ७ः५० बजे कमल गाउँपालिका–३ निवासी ४० वर्षीया सरस्वती मगर लिम्बूलाई आफ्नै भान्सा कोठामा खाना पकाउने क्रममा कोब्रा सर्पले डसेको थियो।सर्पले डसेपछि उहाँलाई तत्काल उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमकस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। उपचारकै क्रममा राति १०ः४० बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २३, २०८३
    • १२३ पटक पढिएको
  • राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट भोजपुरका किसान लाभान्वित

    इटहरी।  राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी कार्यक्रमहरूले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न भूमिका खेलेको छ । सुन्तला, अलैँची तथा तरकारीखेती विस्तारका लागि प्रदान गरिएको अनुदान र प्राविधिक सहयोगले कृषिमा लाग्न किसानलाई थप हौसला मिलेको हो । कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभाअन्तर्गत रहेको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गरेको छ । यसअन्तर्गत नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडाहरू समेटिएका छन् । यस्तै, सुन्तलाखेती प्रवर्द्धनका लागि पाँच स्थानीय तहका २६ वडामा ‘सुन्तला जोन’ स्थापना गरिएको छ । ज

    • प्रकाशित मितिः असार २३, २०८३
    • १६२ पटक पढिएको
  • नागरिकका सुझाव र गुनासा सुन्दै बुढीगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    मोरङ, असार २२ — मोरङको बुढीगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न कार्यक्रमहरूको सार्वजनिक समीक्षा गर्दै नागरिकका सुझाव, जिज्ञासा र गुनासा संकलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।बुढीगंगा गाउँपालिकाको आयोजना तथा कोशी मिडिया नेटवर्कद्वारा सञ्चालित विराट टेलिभिजनको समन्वयमा गाउँपालिका–१ टंकीमा आयोजित कार्यक्रममा स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका बासिन्दा, विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी, गृहिणी, मजदुर, व्यवसायी, बुद्धिजीवी तथा सरोकारवाला निकायका

    • प्रकाशित मितिः असार २२, २०८३
    • ३२५ पटक पढिएको
  • धरान उपमहानगरपालिकामा सडक निर्माणमा स्थानीयको सहयोग

    इटहरी । धरान उपमहानगरपालिकामा सडक निर्माणमा जनसहभागिताको अभ्यास बलियो बन्दै गएको छ ।नगर गौरवका ठूला आयोजना बाहेक अधिकांश भित्री सडक स्थानीयवासीको आर्थिक तथा श्रम योगदानबाट निर्माण भइरहेका छन् । कतिपय सडकमा स्थानीयले ६० प्रतिशतसम्म लागत व्यहोरेका छन । कार्यवाहक नगरप्रमुख आइन्द्रविक्रम बेघाका अनुसार धरानका सडक निर्माणमा स्थानीयको १० देखि ६० प्रतिशतसम्म योगदान रहेको छ । उहाँले आफूले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेयता ८ हजार २५० मिटर सडक निर्माण सम्पन्न भएको र थप सडक निर्माणका लागि सम्झौता प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।धरानमा जनसहभागिता मार्फत विकास आयोजना सञ्चालन गर्ने अभ्यास भन

    • प्रकाशित मितिः असार २२, २०८३
    • २८९ पटक पढिएको
  • झापाको भद्रपुरमा नयाँ शैलीको तस्करी, मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउने दुई जना मेची पुलबाट पक्राउ

    इटहरी। भारत–नेपाल सीमामा लागूऔषध तस्करी गर्नेहरूले नयाँ नयाँ तरिका अपनाउन थालेका छन् । झापाको भद्रपुरस्थित मेची पुलमा एकै दिन दुई जना व्यक्तिले मलद्वारभित्र ब्राउन सुगर लुकाएर नेपाल भित्र्याउने प्रयास गर्दा प्रहरीको फन्दामा परेका छन् । पहिलो घटनामा स्कुटी चालक चन्द्रप्रसाद राजवंशी र दोस्रो घटनामा पैदल यात्री रोहित कुमाल पक्राउ परेका हुन् ।  दुवैको शरीरभित्र प्लास्टिकमा प्याक गरिएको ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ । आइतबार उनीहरुले मलद्वारमा हालेर लागुऔषध भित्र्याउँदै गर्दा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता रन्जन अवाले बताउन

    • प्रकाशित मितिः असार २२, २०८३
    • २२१ पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि झापामा

    इटहरी । गृहमन्त्री सुधन गुरुङ्ग स्थलगत अनुगमनका लागि  झापा पुग्नुभएको छ । आइतवार साँझ झापा आएर यतै बास बस्नुभएका गुरुङ्गले सोमवार विहानै झापामा रहनुभएका जेन्जी आन्दोलनका घाइतेको घरमा पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।  गृहमन्त्री गुरुङ्गले जेन्जी आन्दोलनका क्रममा घाइते हुनुभएका बुद्धशान्ति गाउँपालिका –६ हापेन चौकका अङ्कित शर्माको घरमा गएर उहाँको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुभएको हो । यसैबिच गृहमन्त्री गुरुङ्गले नेपाल–भारत सिमास्थित पूर्वीद्वार मेची पुल र मेची भन्सार क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको छ । अवलोकनलको क्रममा गृहमन्त्री गुरुङ्गले मेचीनगर नगरपालिका

    • प्रकाशित मितिः असार २२, २०८३
    • २२९ पटक पढिएको
  • धनकुटाको छथर जोरपाटीमा बजार नपाउँदा करोडौँको मूला बारीमै कुहियो, किसान मारमा

    इटहरी। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कृषकले उत्पादन गरेको मूलाले बजारमा उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा परेका छन्। नयाँ बाली लगाउने समय नजिकिँदै गर्दा पनि मूलाको बिक्री हुन नसक्दा उत्पादन खेतमै नष्ट हुन थालेको हो। छथर जोरपाटीलाई कोशी प्रदेशकै तरकारी उत्पादन क्षेत्रका रूपमा पनि चिनिन्छ। जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे, रोटे आहाललगायत क्षेत्रका किसान व्यावसायिक रूपमा मूला खेती गर्दै आएका छन्। यो समयमा पुरानो बाली उठाएर नयाँ बाली लगाउने समय भए पनि उत्पादनले बजार नपाउँदा बारीमै कुहिन थालेको छ।स्थानीय कृषक अम्बिका भट्टराईका अ

    • प्रकाशित मितिः असार २२, २०८३
    • २२७ पटक पढिएको
  • संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न–अम्बिका माविमा सिभिल इन्जिनियरिङको पढाइ, गाउँमै प्राविधिक शिक्षा पाएपछि विद्यार्थीको आकर्षण बढ्दो

    इटहरी । संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारमा अवस्थित श्री मनकामना रत्न–अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक धारको पढाइ सुरु भएपछि विद्यार्थीको आकर्षण बढ्दै गएको छ । गाउँमै माध्यमिक शिक्षा ९कक्षा ९ देखि १२ सम्म० अन्तर्गत सिभिल इन्जिनियरिङको अध्ययन सुरु भएपछि विद्यार्थीको चासो उल्लेख्य रूपमा बढेको हो ।विश्वकै सबैभन्दा होचो भूभागमध्ये पर्ने अरुण उपत्यका ९समुद्री सतहबाट ४५७ मिटर उचाइ० मा रहेको यो विद्यालय वि।सं। २०१६ सालमा स्थापना भएको हो । वि।सं। २०७३ सालदेखि माध्यमिक तहमा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङको पठनपाठन सुरु गरिएको थियो । हाल प्राविधिक धारतर्फ १०३ जना विद्यार्थी अध्य

    • प्रकाशित मितिः असार २२, २०८३
    • १६५ पटक पढिएको
  • पाँचथरको शिवालय–रानीटार सडकखण्डको नाम्दु खोलामा आधुनिक आर्क आरसीसी पुल निर्माण सम्पन्न, बाढीको अवरोध छिचोल्दै यातायात सहज

    इटहरी। पाँचथरको शिवालय–रानीटार–लुङरुपा–गोरुवाले सडकखण्डअन्तर्गत नाम्दु खोलामा आर्क प्रविधिको आरसीसी पुल निर्माण सम्पन्न भएको छ ।कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, पाँचथरले उक्त पुल निर्माण गरेको हो । ‘नाम्दु खोला पुल निर्माण आयोजना’ अन्तर्गत ३०।३८ मिटर लम्बाइको आधुनिक आर्क आरसीसी पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय, पाँचथरले जनाएको छ। पुल निर्माणको जिम्मा संजीव निर्माण सेवा प्रालि, फिदिमले पाएको थियो ।  यो आयोजना २०८० वैशाख १४ गते सुरु भई हालै सम्पन्न भएको हो। २०८२ सालभित्र निर्माण सम्पन्न गर

    • प्रकाशित मितिः असार २२, २०८३
    • १८४ पटक पढिएको
  • स्वास्थ्यमन्त्री निशा मेहता इनरुवामा, जलन उपचार कोषदेखि निःशुल्क शय्यासम्मका उपलब्धि सार्वजनिक

    इटहरी  । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले आफ्नो १०१ दिनको कार्यकालमा सार्थक काम गरेको बताउनुभएको छ । आइतबार सुनसरीको इनरुवामा राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारीसँगको भेटघाट तथा छलफलका क्रममा उहाँले सय दिनको कार्यकाल सफलतापूर्वक पार गरेकोमा धेरै सार्थक काम गरेको बताउनुभयो ।उहाँले स्वास्थ्य सुधार कार्यविधि र निर्देशिका लागुदेखि सुलभ फार्मेसी सेवासम्बन्धी मापदण्ड कार्यान्वयन, निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनदेखि जलन उपचार सेवा विस्तारसम्मको काम गरेको बताउनुभयो । पार्टीका सभापति सागर दाहालसहितको उपस्थितिमा भएको छलफलमा मन्त्री मेहताले अस्पतालको सेवा सुधारका लागि ‘अस्पताल स

    • प्रकाशित मितिः असार २२, २०८३
    • २६८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]