All Posts By कोशी प्रेस

    Showing १,८२१-१,८३० of १३,६०२ items.
  • झापा बिर्तामोडको बीवाईडी गाडी सर्भिस सेन्टरमा विद्युत सर्ट हुँदा ६० लाखको क्षति, दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रण

    इटहरी । झापाको  बिर्तामोड नगरपालिका–१ स्थित एक बिवाइडी गाडीको सर्भिस सेन्टरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौको क्षति भएको छ । बिर्तामोडको पश्चिम बस स्टेन्ड छेउमा विकास बस्नेतले सञ्चालन गर्दैआएको सर्भिस सेन्टरमा आइतवार बिहान ४ बजेतिर विद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट विभिन्न मोटर पार्टस्‌हरू जल्दा अन्दाजी ६० लाखको क्षति भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सर्भिस सेन्टरमा रहेका गाडीहरू भने जोगिएका छन् । बिर्तामोड नगरपालिकाको  दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ५।१० बजे आगो नियन्त्रणमा आएको थियो । यसैगरी वर्षासँगै परेको चट्याङले लागेर बिर्तामोडम

    • प्रकाशित मितिः असार ७, २०८३
    • १७२ पटक पढिएको
  • भारी वर्षाका कारण झापा बिर्तामोडको एक सुकुमवासी बस्तीमा तीन तले पक्की घर भासियो, मानवीय क्षति हुनबाट जोगियो

    इटहरी। झापामा भारी वर्षा भएको छ । वर्षाका कारण झापाको बिर्तामोड–५ स्थित नयाँ बसपार्कको सुकुमवासी बस्तीमा रहेको तीन तले घर भासिएको छ । ७० वर्षीय पहलमान ठाकुरको सो घर आइतबार बिहानको राति २ बजेतिर जमिनमा भासिएको हो । घर ढल्किँदै गएपछि त्यहाँ रहेका मानिस र केही सामानहरू बाहिर निकालिएको छ । त्यस घरमा दुई जना मात्र बस्ने गरेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घर भासिएर अन्दाजी २०–२५ डिग्रीमा ढल्किएको प्रहरीले जनाएको छ । सो घर पुरै खाली गराउने तयारी भइरहेको प्रहरीले जनाइएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • १६७ पटक पढिएको
  • भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु

    इटहरी । भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा  बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किंदै गर्दा बाग्मती प्रदेश ०१०३२ च। १६८० नम्बरको कार शनिबार दिउसो करिब ५ बजे बागडोग्राको सन्यासी स्थानको चिया बगानमा अनियन्त्रण भई रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अलैची व्यवसायी बिर्तामोड(५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाइते चौधरीको बागडोग्रा ग्यालेक्सीस्थित अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो । कारमा उहाँ मात्र एक्लै रहेको बताइएको छ । तीब्र गतिका कारण कार रुखमा ठोक

    • प्रकाशित मितिः असार ७, २०८३
    • २१६ पटक पढिएको
  • ओखलढुङ्गामा बाढी–पहिरोको कहर , ६ चौपाया बेपत्ता

    इटहरी। अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशङ्खुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ । शनिबार अपरान्हदेखि परेको वर्षाका कारण गाउँपालिकाको वडा ३ र ५ जोड्ने खानी खोला माथिको पक्की पुल बाढीले आंशिक रूपमा बगाएको छ । पुलमा क्षति पुगेपछि स्थानीय आवत–जावत प्रभावित भएको छ । यस्तै, वडा १ र २ को सिमानामा रहेको बाङ्गे खोलामा आएको बाढीले स्थानीय टीका भुजेल, मननारायण श्रेष्ठ र मनबहादुर सार्कीका गोठ पूर्ण रूपमा बगाएको छ । घटनामा १ भैँसी र ५ गोरु बेपत्ता भएका छन् । पहिरोका कारण स्थानीय रामकुमार राई र जनकबहादुर मगरको घरमा आंशिक क्षति पुगेको छ । घर जोखिममा परेपछि दुवै परिवार आफन्तको घ

    • प्रकाशित मितिः असार ७, २०८३
    • २१७ पटक पढिएको
  • मोरङको कानेपोखरीमा पुनः चर्कियो भूमि समस्या

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिकामा भूमि सम्बन्धी समस्या पुनः चर्चामा आएको छ । करिब पाँच दशकअघि देखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाले पटक–पटक भूमि विवादका कारण आफूहरू त्रसित बन्दै आएको बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा भूमि, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समाधान आयोग मोरङका पूर्व अध्यक्ष नवीन पौडेल, पूर्व गाविस अध्यक्ष तारा बहादुर काफ्ले तथा स्थानीय पीडितहरूले रमाइलो, बयरवन, कानेपोखरी बजार लगायतका क्षेत्रमा वर्षौंदेखि भूमि समस्या समाधान हुन नसकेको गुनासो गरे । कानेपोखरी–६ रमाइलोका वडाध्यक्ष मोहन अधिकारी, नारायण श्रेष्ठ, शिव पन्थी लगायत १४ परिवार प्रत्यक्ष रूपमा प्रभावित रहेका

    • प्रकाशित मितिः असार ७, २०८३
    • २५६ पटक पढिएको
  • नेसनल प्याब्सन सुन्दरहरैँचाद्वारा आधारभूत तहका शिक्षकलाई निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम सम्पन्न

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा कक्षा ५ सम्मका शिक्षक–शिक्षिकाहरूका लागि ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज आचार्यले मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। विशिष्ट अतिथि नेसनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले शिक्षकहरू नयाँ शैक्षिक अवधारणा र मूल्याङ्कन प्रणालीसँग अद्यावधिक हुन जरुरी रहेकोमा जोड दिनुभयो। नगर समितिका अध्यक्ष भीम अधिकारी

    • प्रकाशित मितिः असार ७, २०८३
    • १५५ पटक पढिएको
  • विश्व योग दिवसको अवसरमा पथरी शनिश्चरेमा वृक्षारोपण कार्यक्रम आयोजना

    इटहरी । १२ औँ विश्व योग दिवसको अवसरमा मोरङको पथरी शनिश्चरेस्थित जीवनयोग प्रयोगशालाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । दिवसको सन्देशलाई वातावरण संरक्षणसँग जोड्दै प्रयोगशालाले १२ वटा ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपेको हो। शनिबार बिहान नियमित योग साधना सम्पन्न गरेपछि पञ्चायत माध्यमिक विद्यालयको बोटानिकल गार्डेन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रम पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यतामा भएको हो । सडक किनार तथा सार्वजनिक क्षेत्रलाई हरियाली र सौन्दर्ययुक्त बनाउने उद्देश्यले फूल फुल्ने ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपिएको आयोजक

    • प्रकाशित मितिः असार ७, २०८३
    • १३४ पटक पढिएको
  • करणी मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका सुन्दरहरैँचाका ७० वर्षीय दाहालको मृत्यु

     इटहरी । मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान २ बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेका अनुसार दाहाललाई अचानक चक्कर लाग्ने र सास फेर्न कठिनाइ हुने समस्या देखिएपछि शनिबार बिहान करिब ११ः३० बजे उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहँदा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको र आइतबार बिहान २ बजेतिर मृत्यु भएको घिमिरेले बताए । कारागार प्रशासनले दाहाल बिराम

    • प्रकाशित मितिः असार ७, २०८३
    • २७३ पटक पढिएको
  • सुनसरीमा ६ लाख बढीका भन्सार छलीका सामान बरामद

    इटहरी ।  सुनसरीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा लत्ताकपडा, किराना सामान, इलेक्ट्रिक तथा मेसिनरी पार्टपुर्जा, पाउडर दूध र सुन राख्ने बट्टालगायत करिब ६ लाख ७८ हजार ६ सय ३८ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार अस्थायी प्रहरी चौकी पुष्पलालचोकले इटहरी–१० बाट १ लाख २० हजार

    • प्रकाशित मितिः असार ७, २०८३
    • १८८ पटक पढिएको
  • हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति

    इटहरी ।  अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति पुगेको छ । बिहीबार राति परेको वर्षापछि हिलिहाङ गाउँपालिका–५ स्थित सुभाङ खोलामा आएको बाढीले तमोर करिडोर सडक खण्डमा एपेक्स कम्पनीले बालुवा–गिटी सञ्चालनका लागि राखेको क्रसरका सम्पूर्ण सामग्री बगाएको जिल्ला प्रशासन कार्यालयले पाँचथरले जनाएको छ । त्यसैगरी, बाढी–पहिरोको जोखिम बढेपछि हिलिहाङ गाउँपालिका–५ का आठ वटा घर उच्च जोखिममा परेका छन् । जोखिमकै कारण स्थानीय सर्णकुमार केरुङको परिवारका पाँच जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभयो । बाढीका

    • प्रकाशित मितिः असार ७, २०८३
    • ११५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]