मोरङ : मोरङको धनपालथान गाउँपालिका–७ कदमास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।प्रहरीका अनुसार कदमाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मण्डलको टाउको र अनुहारमा चोट लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान करिब ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि मोटरसाइकल चालक धनपालथान–१ नोचाका १७ वर्षीय धीरज मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गडे
इटहरी : कोशी प्रदेशसहित देशैभरका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता सास्तीमा परेका छन्।ग्यास डिलर तथा बिक्री केन्द्रमा सिलिन्डर भर्न र साट्न पुगेका उपभोक्ताले घण्टौं लाइन बस्नुपरेको छ भने धेरै स्थानमा खाली सिलिन्डर लिएर फर्किनुपर्ने अवस्था आएको छ। डिलरहरूका अनुसार आपूर्ति अनियमित भएपछि मागअनुसार ग्यास वितरण गर्न नसकिएको हो। केही स्थानमा सीमित परिमाणमा मात्र ग्यास उपलब्ध भएकाले उपभोक्तालाई पालोअनुसार वितरण भइरहेको छ।अचानक ग्यास अभाव भएपछि घरायसी उपभोक्तासँगै होटल, रेस्टुरेन्ट र साना व्यवसायसमेत प्रभावित भएका छन्। कतिपयले वैकल्पिक रूपमा विद्युतीय चुलो वा दाउरा प्रय
धरान । लागूऔषध मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले धरानबाट पक्राउ गरेको छ। धरान उपमहानगरपालिका–५ का ३५ वर्षीय हिमाल विश्वकर्मालाई आज बिहान करिब ११:१५ बजे अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो। उच्च अदालत विराटनगर, धनकुटा इजलासको २०८२ माघ १० गतेको फैसला मुद्दा नं. ०८२–सीएस–०११३ अनुसार विश्वकर्मालाई लागूऔषध मुद्दामा पाँच वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो। सजाय भुक्तान गर्न बाँकी रहेपछि उनी फरार रहेका थिए।विशेष खोजतलासका क्रममा पक्राउ परेका विश्वकर्मालाई हाल इलाका प्रहरी कार्यालय
सुनसरी । सुनसरीका किसानहरूले खेतीपातीको मुख्य याममै रासायनिक मलको चरम अभाव झेल्नुपरेको छ। समयमा मल उपलब्ध नहुँदा किसानहरू बिहानैदेखि घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् भने सम्बन्धित नियामक निकायहरू मौन रहेको गुनासो बढेको छ।जिल्लाका विभिन्न ग्रामीण क्षेत्रका कृषि सहकारी तथा बिक्री डिपोहरूमा यतिबेला युरिया र डीएपी मलको अभाव देखिएको छ। धानबालीका लागि अत्यावश्यक रासायनिक मल पाउन कठिन भएपछि किसानहरू समस्यामा परेका छन्। मल खरिदका लागि रातिदेखि वा बिहानैदेखि लामो लाइन लाग्ने गरेको छ भने कतिपय स्थानमा विवाद र झडपसमेत हुने गरेको स्थानीयहरू बताउँछन्।इनरुवाका किसान रामदेव मेहताले भने, “धानमा मल हाल्ने मुख
इटहरी। सुनसरीको धरान उपमहानगरपालिका–१६ पौडेल चोकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, सोही स्थानकी १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा सोही स्थानका २१ वर्षीय अभिनाश थापा मगर रहनुभएको छ।सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ३१६ पिस, स्पासपेन–फ्री १९५ पिस, स्पासप्रो १०० पि
इटहरी/ इटहरी उपमहानगरपालिका स्वास्थ्य महाशाखाको आयोजनामा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Disease Surveillance System) सम्बन्धी सामुदायिक सरोकारवालाहरूका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्र इटहरी–४ का प्रमुख राजेश बिमली तथा PHRD Nepal की प्रतिनिधि सुम्निमा कार्की ले समुदायमा आधारित रोग निगरानी प्रणाली, रोगको प्रारम्भिक पहिचान, समयमै सूचना संकलन तथा सम्बन्धित निकायमा जानकारी प्रवाह गर्ने प्रक्रियाबारे सहजीकरण गर्नुभएको थियो। वडा नं. ४ लाई केन्द्रित गरी आयोजित कार्यक्रममा समुदायको सक्रिय सहभागितामार्फत रोगको समयमै पहिचान, सूच
इटहरी। तमोर मेवा जलविद्युत आयोजनाको सुरुङ निर्माणको कार्य सुरु गरिएको छ । एक सय २८ मेगावट क्षमताको तमोर–मेवा जलविद्युत आयोजनाको सुरुङ खन्ने कार्य बुधबारबाट औपचारिक रुपमा सुरु गरिएको हो । आगामी २०८५ साल असोज २५ गतेसम्ममा आयोजनाको सम्पूर्ण कार्य पूरा गरी व्यवसायिक विद्युत उत्पादन सुरु गर्ने लक्ष्यसहित सुरुङ खन्ने कार्य औपचारिक रुपमा सुरु गरिएको स्पार्क हाईड्रोइलेक्ट्रिक कम्पनीका संस्थापक सञ्चालक भानेन्द्रकुमार लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच किलोमिटर लम्बाइको सुरुङ हाल प्रवेशद्वारबाट खन्ने कार्य सुरु गरिएको छ ।२०५६ सालदेखि अध्ययन सुरु गरिएको यस आयोजनाको करिब २६ वर्षपछि २०८१ स
इटहरी। बर्सौंदेखि जमिन बगेर यातायात अवरुद्ध हुने गरेको मेची राजमार्ग अन्तर्गत इलामको माईखोला–राजदुवाली सडकमा राज्यको करोडौँ रुपियाँ खर्च भइरहेको छ । पछिल्लो समय यो खण्डमा यातायात बन्द भएको करिब एक महिना भएको छ । यो अवधिमा इलामसहित पाँचथर र ताप्लेजुुङसम्मका सर्वसाधारणले दैनिक उपभोग्य वस्तुु अभाव मात्र होइन, बिरामीले जीवन बचाउनका लागि पनि उत्तिकै सकस खेप्नुु परेको छ । निरन्तर वर्षाले इलाम सदरमुकामतर्फ जाने सबै सडक अवरुद्ध हुँदा उपचारका लागि झापा जानुुपर्ने बिरामीलाई राजदुवालीको पहिरोमा बोकेर पार गराउनुु परेको छ । वैकल्पिक सडक सिमल गोलाई–तिल्केनी र केचना कञ्चनजङ्घा दुवै सडक बिचम
इटहरी: थाइल्याण्डको पट्टायामा आयोजित "9th Heroes International Taekwondo Championship 2026" मा बुढीगंगा तेक्वान्दो डोजाङले तीन वटा कांस्य हासिल गरेको छ।३० भन्दा बढी देशका चार हजारभन्दा बढी खेलाडी सहभागी भएको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा बुढीगंगा तेक्वान्दो डोजाङका तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै कांस्य पदक जित्न सफल भएका हुन्।कांस्य पदक विजेतामा बिनिशा राई (अन्डर–३८ केजी), ओजस्वी बरुवाल (अन्डर–३१ केजी) र सर्वज्ञ श्रेष्ठ (६५ केजीमाथि) रहेका छन्।डोजाङका अनुसार विश्वस्तरीय खेलाडीहरूसँग प्रतिस्पर्धा गर्दै पदक जित्नु खेलाडीहरूको निरन्तर मेहनत, अनुशासन, आत्मविश्वास, प्रशिक्षकको समर्
इटहरी । इटहरीस्थित ग्रीन पिस लिंकन कलेज (म्यानेज्ड बाइ आई एस एमटी) मा ‘ई–स्पोट्र्स’ अन्तर्गत फ्रि फायर तथा ई–फुटबल प्रतियोगिता सम्पन्न भएको छ। कलेजको बीबीए छैटौँ सेमेस्टरका विद्यार्थीहरूको व्यवस्थापनमा आयोजित कार्यक्रम सुमित श्रेष्ठको अध्यक्षता एवम् प्राचार्य मुक्तिराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा कलेजका संयोजक प्रमोद बन्सल विशेष अतिथि तथा मुख्य प्रायोजक ’यात्रा रेन्टल्स’का प्रबन्ध निर्देशक सुमित श्रेष्ठको सहभागिता थियो भने फेदीखोला हाइड्रोपावरको सह–प्रायोजन रहेको प्रतियोगिताको मिडिया पार्टनर विराट टेलिभिजन रहेको थियो । सम्पन्न फ्रि फायरतर्फ राकेश खत्री, क्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.