इटहरी । किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले स्थापना दिवसको अवसरमा छात्रवृत्ति प्रदान गरेको छ । ३७ औँ स्थापना दिवसको अवसरमा जिल्लाका विभिन्न क्षेत्रमा अध्ययनरत पाँच जना विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै शुभकामना आदानप्रदान गरेका छन् । फुङलिङ स्थित तोक्मेमा रहेको धान नाच पार्कमा आयोजित कार्यक्रममा खेममाय सिङ्घक आङ्बुहाङ् तथा देवीबहादुर आङ्बुङ् छात्रवृत्ति अक्षयकोष मार्फत सिरीजङ्घा गाउँपालिका ३ का आयुसा लिम्बूलाई नगद दश हजार रुपियाँ प्रदान गरिएको चुम्लुङ्का अध्यक्ष डम्बर बहादुर पालुङ्वाले बताउनुभयो । अध्यक्ष पालुङ्वाका अनुसार किराँत याक्थुङ चुम्लुङ इजरायल छात्रवृत्ति कोषबाट दुई जना विद
इटहरी । लोक सेवा आयोगले युवा विद्यार्थीलाई विदेश पलायनको सोच त्यागेर राष्ट्रसेवामा आबद्ध हुन प्रेरित गर्न गर्न थालेको छ । विद्यार्थीलाई प्रोत्साहन गर्न कोशी प्रदेशका विभिन्न विद्यालयका विद्यार्थीसँग सोमबार विराटनगरमा अन्तर्क्रिया गरिएको हो । आयोगको हीरक जयन्तीका अवसरमा ‘विद्यार्थीमाझ लोक सेवा आयोग’ भन्ने विषयमा विद्यार्थीसँग छलफल गरिएको हो । कार्यक्रममा सहभागीले आयोगको योग्यता, निष्पक्षता र स्वच्छतामा आधारित सिफारिस प्रणालीले नागरिकको ठुलो विश्वास जितेको धारणा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कोशी प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलले आयोगको निष्पक्षता र विश्वसनीयताले नै युवालाई सार्वजनिक
इटहरी । मोरङको ग्रामथान गाउँपालिका–१ का झपटसिंह थारू अहिले ७५ वर्षको बुढ्यौली उमेरको दिनचर्यामा हुनुहुन्छ । करिब ५७ वर्षअघि उहाँको विवाह हुँदा थारू समुदायमा दाइजोको कुनै चलन थिएन । थारू संस्कार अनुसार भएको उहाँको विवाहमा ससुरालीले उहाँलाई कन्यादान गर्दा एउटा थाल र लोटा दिएको अहिले पनि झलझली याद छ तर यो पाँच दशकको अवधिमा थारू समुदायको विवाह संस्कारमा ठुलो परिवर्तन आइसकेको झपटसिंह थारू बताउनुहुन्छ । थारू समुदायकी अभियन्ता तथा अधिवक्ता निरा भगतको पछिल्लो अनुभव पनि झपट सिंहकै जस्तो छ । पछिल्ला दिनमा थारू समुदायमा बढ्दो दाइजो प्रथाले यो समुदायका अगुवालाई निकै चिन्तित बनाएको छ । अन्य समुदायको देखासि
इटहरी । प्रारम्भिक सहकारी संस्थालाई शिक्षा, तालिम र प्रविधिसँगै सरकारले जारी गरेका ऐन, नियमावली, मापदण्ड र निर्देशन कार्यान्वयन गराउन सहजीकरण गर्ने उद्देश्यले दर्ता भएका कोशी प्रदेशका ३२ वटा छाता सङ्घ नै अद्यावधिक भएका छैनन । कोशी प्रदेशमा बचत तथा ऋण, कृषि, बहुउदेश्यीय, तरकारी, फलफूल, सूचना तथा सञ्चार, चिया, जडीबुटी, सुपारी, दुग्ध उत्पादक, उपभोक्ता र जिल्ला सहकारी सङ्घलगायत ६३ वटा सहकारी सङ्घ रहेका छन् । सहकारी संस्थाको सबैभन्दा माथिल्लो छाता सङ्घ राष्ट्रिय सहकारी महासङ्घको २०८० पुस २७ र २८ गते सम्पन्न ३१ औँ साधारण सभामा कोशी प्रदेशका ५६ वटा छाता सङ्घले निर्वाचन कार्यक्रममा भाग लिएका थिए । साध
इटहरी । इलामको रोङ गाउँपालिकामा मासिक रुपमा प्रत्येक घरबाट एक दिन अनिवार्य आफनो गाउँको विकाशमा श्रम गर्ने अभियान सञ्चालनको थालनी गरिएको छ । गाउँपालिकाले कार्यविधिनै बनाएर मासिक रुपमा प्रत्येक घरले महिनामा एक दिन अनिवार्य श्रम गर्ने गरी कार्यविधि बनाएर लागू गरेपछि अभियान सञ्चालन गरिएको हो । गाउँपालिकामा रहेका ५७ वटा टोलबिकास संस्था मार्फत प्रत्येक घरले महिनामा एक दिन श्रम गर्न थालिएको छ । स्थानीय स्तरका सडक मर्मत, नालीको सरसफई, बिद्यालय घेराबार ,मठमन्दिरको पुनर्निर्माण, सामुदायिक वनमा बृक्षा रोपणदेखि सरकारी, सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीय नागरिक सक्रिय भएर लागेको रोङ गाउँपालिका अध्यक्ष
इटहरी । नेपाली फिल्म ‘माइतीघर’ रिलिज मितिभन्दा अघिदेखि नै दर्शकमाझ चर्चामा आएको छ । आउँदो असोज १३ गते फूलपातीका दिनदेखि प्रदर्शनमा आउने यो फिल्मसँगै सुरु भएको नृत्य प्रतियोगिताले अहिले ठूलो उत्साह सिर्जना गरेको छ ।सोमबारदेखि सुरु भएको प्रतियोगितामा दर्शकको अप्रत्याशित सहभागीता देखिएको छ । निर्माता रोहित अधिकारीका अनुसार सुरुवातको २४ घन्टाभित्रै हजारौँ भिडियो निर्माण पक्षसम्म पुगेका छन् भने ओएसआर डिजिटलका सामाजिक सञ्जालमार्फत १५ देखि २० लाखसम्म भ्यूज आइसकेका छन् ।निर्माता अधिकारीले दर्शकको उत्साहले टिमलाई थप ऊर्जा दिएको बताए । प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । सुरुवात
इटहरी । यामाहा ब्राण्ड इटहरीले लोकप्रिय मोडल एम टि–फिप्टीन भि–टु र एफजेड एस भि–थ्री नयाँ कलर सहित सार्वजनिक गरेको छ । इटहरीमा रहेको आधिकारिक विक्रेता तिरुपति अटो सिटी मार्फत यी मोटरसाइकलहरु बजारमा उपलब्ध गराइएको हो। नेपाली युवाहरुको रोजाइका मोडलमा नयाँ र आकर्षक कलर थपेर बजारमा ल्याइएको जानकारी तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले दिनुभयो। सार्वजनिक गरिएको कार्यक्रममा मोटरसाइकलहरु संयुक्त रूपमा एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठ, नेपाल जेसिजका पूर्व कार्यकारी उपाध्यक्ष भीम कुवँर तथा तिरुपति अटो सिटीका सञ्चालक पराजुलीले उद्घाटन गर्नुभयो। उक्त अवसरमा एमएडब्लु इन्टरप्राइजेजका रविन श्रेष्ठ
इटहरी । यही भदौ २७ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘अभिमन्यु: च्याप्टर–१’ को प्रचार–प्रसारलाई तीव्रता दिँदै निर्माण टिम मोफसल यात्रामा निस्किएको छ । प्रचार अभियानको सुरुवात कोशी प्रदेशको इटहरीबाट गरिएको हो । सोमबार ईलाइट सिनेमा हलमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कलाकार कामेश्वर चौरसिया, किरण श्रेष्ठ र मिडिया को–अर्डिनेटर पवन भट्टराईको उपस्थिति थियो । पत्रकार सम्मेलनमा इटहरी, धरान, विराटनगर, दमक र बिर्तामोडका सञ्चारकर्मी सहभागी भएका थिए । कार्यक्रममा अभिनेता चौरसियाले दर्शकको माया र समर्थनकै कारण आफू आज मुख्य भूमिकामा रहेको भन्दै अझै साथ आवश्यक रहेको बताउनुभयो । उहाँले फिल्म मधेसको कथामा आधारित
इटहरी । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवति रमण भण्डारीले बिहीबार इटहरीस्थित यातायात व्यवस्था कार्यालयको अनुगमन गर्नुभएको छ । नागरिकले सिधा रूपमा सेवा लिने महत्त्वपूर्ण कार्यालयमध्ये पर्ने यातायात कार्यालयमा सेवा प्रवाह, कर्मचारी व्यवहार, सूचनाको पहुँच, भौतिक संरचना र प्रणालीगत कमजोरीबारे जानकारी लिन मन्त्री स्वयं पुग्नुभएको हो । मन्त्री भण्डारीको सचिवालय सहितको टोलीले कार्यालयका विभिन्न शाखाहरू अवलोकन गर्दै प्रमुख तथा कर्मचारीहरूसँग छलफल गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले नागरिकलाई दैनिक रूपमा पर्न आएको समस्या सम्बोधन गर्न निर्देशन दिनुभयो। कार्यालय परिसरमा स
इटहरी । धरान–१५ स्थित हिबिस्कस इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक उपप्राचार्य बिजय सिं थेबे ‘सार्क डाइनामिक युथ प्रिन्सिपल अवार्ड–२०२५’ बाट सम्मानित हुनुभएको छ । शिक्षालय राष्ट्रिय मासिकको आयोजनामा शुक्रबार काठमाडौंको बुढानिलकण्ठस्थित लेमन ट्री प्रिमियरमा सम्पन्न सार्क एजुकेशन कन्क्लेभ तथा अवार्ड समारोहमा थेबेलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले खदा र सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नुभएको हो । नेपाल, भारत र बंगलादेशका शैक्षिक संस्था तथा विज्ञहरूको सहभागिता रहेको उक्त कार्यक्रममा शिक्षामा नवीनता र गुणस्तरीय योगदान पु¥याउने व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। कार्यक्रममा शिक्षाविद् प्रा. डा. वि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.