इटहरी । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा आगलागी हुँदा ५७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बिहान विद्युत् सर्ट भएर आगो सल्किँदा आचार्यका दुवै घर पूर्ण रूपमा जलेर नष्ट भएको हो । आगलागीबाट घरमा भएका लत्ताकपडा, फर्निचर र सुनचाँदी लगायत सामग्री जलेर नष्ट हुँदा १० लाख नगद समेत खरानी भएको छ । आगलागीमा ५७ लाख १० हजार ७५० बराबरको क्षति भएको छ । स्थानीय र प्रहरीको सहयोगमा करिब तीन घन्टापछि आगो निभाइएको थियो ।
इटहरी । वराहक्षेत्र नगरपालिकाले वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई उद्घोषण कला र नृत्य कलाको प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वार्षिक परीक्षा दिएर बसेका आधारभूत तह कक्षा ६, ७ र ८ का विद्यार्थीहरूको क्षमता विकास कार्यक्रम अन्तर्गत उक्त उद्घोषण कला र नृत्यकलाको प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिनुभयो । कक्षा ६, ७ र ८ को वार्षिक परीक्षा दिएर बसेका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरूको उक्त प्रशिक्षण कार्यक्रममा सहभागितामा रहेको थियो । प्रशिक्षण ५ दिनसम्म संचालन भएको थियो । शनिबार सम्पन्
इटहरी । झापाको दमकमा काव्य रियालिटी शो ‘मेरो कविता: द रिदम अफ पोएट्री’ (सिजन–१) को ग्रान्ड फिनाले सम्पन्न भएको छ । नेपाली भाषा र साहित्यको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो रिदम एन्ड रियालिटी प्रतियोगितामा सिक्किमका सोनाम पाल्जोर तामाङ विजेता घोषित हुनुभएको हो । उक्त प्रतियोगिताको फिनाले विजेता तामाङले नगद ३ लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै , धरानका प्रवेक हाङसोङ प्रथम उपविजेता बन्दै १ लाख रुपैयाँ हात पार्नुभएको छन् भने टोली प्रसाद राजवंशी दोस्रो उपविजेताले ७५ हजार रुपैयाँ र सेसे थामसुहाङ तेस्रो उपविजेता बन्दै ५० हजार रुपैयाँ सहित भव्य समार
इटहरी । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले ओखलढुङ्गा र सोलुखुम्बुको जिल्ला अस्पतालहरू, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद केन्द्रको अनुगमन गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र बिरामीमैत्री बनाउन निर्देशन दिनुभएको छ । दुवै जिल्लाका विभिन्न स्वास्थ्य अस्पताल तथा केन्द्रहरूमा अनुगमन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो। अनुगमनका क्रममा मन्त्री लिम्बुले स्वास्थ्य सेवा सुधार केवल प्रक्रिया वा कागजी व्यवस्थापनको विषय नभई बिरामीको अनुभव, विश्वास र सेवाप्रतिको भरोसासँग जोडिएको विषय भएको बताउनुभएको छ । उहाँले अस्पतालहरूमा देखिएको समस्याहरू पहिचान गरी आगा
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको आर्थिक वर्ष २०८२ र ८३ को दोस्रो चौमासिक अवधिसम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका केन्द्र अन्नपूर्णमा कार्यक्रम आयोजना गरिएको हो। गाउँपालिकाले हालसम्म गरेका कार्यप्रगति, सञ्चालित योजना तथा नीतिगत निर्णयबारे स्थानीय नागरिकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको जनाइएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले यस अवधिसम्म सम्पन्न भएका काम, सञ्चालनमा रहेका योजना र समग्र प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। उहाँका अनुसार हालसम्म ४३.१४ प्रतिशत योजनाको काम सम्पन्न भई खर्च भइसकेको छ भने अ
इटहरी । इटहरी कान्छीचोक निवासी तथा हाल इटहरी–२ तरहरास्थित इपिल्यान्ड नजिक बसोबास गर्दै आउनुभएका समाजिक ब्यक्तित्व ५२ वर्षीय अम्मर भुजेलको सवारी दुर्घटनामा निधन भएको छ।परिवारका अनुसार, उहाँ २० गते बेलुकी करिब ७: १५ बजे तरहरा होम्सबाट घर फर्किने क्रममा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको थियो। उपचारका क्रममा हस्पिटल पुर्याउँदा धरान घोपा क्याम्प डक्टरले मृत्यु भइसकेको बताएको थियो ।उहाँको पार्थिव शरीरको पोस्टमार्टम आज दिउँसो करिब १:३० बजे सम्पन्न गरिएको छ। त्यसपछि दिउँसो २ बजे शान्तिनगरबाट कान्छीचोकस्थित घरमा ल्याइने र करिब ४ बजे बुढीगंगा मुक्तिघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको
इटहरी । कोशी प्रदेशका साना तथा मझौला उद्यमीको वित्तीय पहुँच वृद्धि गर्न र व्यवसाय विस्तारका लागि आवश्यक पुँजी उपलब्ध गराउन कोशी प्रदेश सरकारले उद्यमी सहयोग योजना कार्यान्वयनमा ल्याएको छ । ‘आर्थिक विकासका लागि लगानी र नवप्रवर्तन’ ९उदय० परियोजना अन्तर्गत ‘प्रादेशिक साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोष’ मा आबद्ध हुन निक्षेप तथा कर्जा सुरक्षण कोष र दुई ठुला वाणिज्य बैङ्कबिच सम्झौता भएको हो ।निक्षेप तथा कर्जा सुरक्षण कोषले राष्ट्रिय वाणिज्य बैङ्क र ग्लोबल आइएमई बैङ्कसँग द्विपक्षीय सम्झौतापत्रमा बिहीबार हस्ताक्षर गरेको हो । यो सम्झौतासँगै अब धितोको अभाव वा मौजुदा धितोमा थप ऋण नपाएर व्यवसाय विस्ता
इटहरी । ताप्लेजुङ जिल्ला अदालतले महिलालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई १८ वर्षको कैद सजाय हुने फैसला सुनाएको छ । जबरजस्ती करणी मुद्दामा दोषी ठहर गर्दै प्रतिवादीलाई कैद सजायसँगै सात लाख रुपियाँ जरिवाना हुने अदालतले शुक्रबार फैसला सुनाएको हो ।जिल्ला अदालतका निमित्त स्रेष्तेदार रमेश तामाङका अनुसार आठराई त्रिवेणी गाउँपालिका–३ का सकुन भनिने सन्तकुमार आङ्बुहाङलाई उक्त कैद सजाय र जरिवानाको फैसला भएको हो । आङ्बुहाङमाथि गत २०८१ माघ २ गते जबरजस्ती करणीको मुद्दा अदातलमा दर्ता भएको थियो ।मुलुकी फौजदारी संहिता २०७४ मा भएको बमोजिम उक्त कसुर अर्थात जबरजस्ती करणी ९बलात्कार० मुद्दामा दोषी देखिएपछि प्रतिवा
इटहरी। गत भदौमा भएको जेनजी आन्दोलनका बेला आगजनीबाट क्षतिग्रस्त भएको भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घर भत्काउने क्रममा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।शुक्रबार दिउँसो भद्रपुर ६ संगम चोकमा रहेको उपमेयर कार्कीको दुई तले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा दुई जना छतबाट लडेर घाइते हुनुभएको थियो । घाइतेमध्ये भद्रपुर –५ राजन चोक बस्ने वर्ष ३४ ओपेन राजवंशीलाई ओमसाईमा अस्पतालमा उपचारको लागि पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । कानुनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।सोही घटनाका अर्का घाइते
इटहरी। सुनसरीमा लागुऔषध नियन्त्रणका लागि तीनमहिने अभियान सुरु गरिएको छ। बढ्दो लागुऔषध कारोबार तथा सेवनलाई ध्यानमा राख्दै जिल्लाका सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय बैठक गरी अभियान थालिएको हो।सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सुरक्षा निकाय तथा सरोकारवाला निकायको समन्वय बैठकले लागुऔषध नियन्त्रणसम्बन्धी तीनमहिने अभियान सफल बनाउन जिल्लास्थित विद्यालय, शैक्षिक संस्था, कलेज तथा पुनस्र्थापना केन्द्रहरूले सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ।सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बैठकले लागुऔषध ओसारपसार तथा सेवन नियन्त्रण गर्न गठित दुव्र्यसनविरुद
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.