इटहरी । सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरी ठगी गरेको अभियोगमा मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार रहेका छन्।प्रहरीका अनुसार, विराटनगरस्थित यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्दै आएका स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र छैटौं तहका अधिकृतको दस्तखत किर्ते गरेका थिए। उक्त कार्यमा संलग्न रहेको पुष्टि भएपछि उनलाई नियन्त्रणमा लिइएको हो।सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदा अन्य व्यक्तिहरूले राजस्व तिर्न दिएका सवारी दर्ता किताबहरूमा समेत स्वर्णकारले किर्ते गर्ने
इटहरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा क्षेत्रलाई थप पारदर्शी, गुणस्तरीय र सेवाग्राहीमैत्री बनाउन १३ बुँदे सुधार योजना अगाडि सारेको जनाएको छ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको शासकीय सुधार कार्यसूची अन्तर्गत प्रतिष्ठानका उपकुलपति प्रा।डा।विक्रम प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा रजिष्ट्रार, अस्पताल निर्देशकसहित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।प्रतिष्ठानले १० प्रतिशत निःशुल्क शैय्या सेवाको विवरण रियल–टाइम ड्यासबोर्ड मार्फत सार्वजनिक गरिने जनाएको छ। यसैगरी बिरामी प्रेषण राष्ट्रिय निर्देशि
इटहरी । इलामको सन्दकपुर गाउँपालिकामा तेस्रो संस्करणको ‘रेडपाण्डा महोत्सव’ आयोजना गरिएको छ । लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हिजोदेखि रेडपाण्डा महोत्सव शुरू भएको हो । सन्दकपुर गाउँपालिकाले महोत्सव आयोजना गरेको हो । महोत्सवमा पर्यटकले आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित विभिन्न हिमशृङ्खला, सयौँ प्रजातिका चरा, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनसँगै पदयात्रा गर्न पाउनेछन् । वन, वन्यजन्तु र प्राकृतिक वातावरणको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सन्दकपुर वार्षिक क्यालेण्डरअ
इटहरी । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा झण्डै ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा। गङ्गाराम यादवका अनुसार बर्ड फ्लू ९एच ५एन १० को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा। यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो । सत्तरी हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ल
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं १० स्थित भुटानी शरणार्थी क्याम्पमा पछिल्लो समयमा लागू औषध तथा दुव्र्यसनी र चोरीका घटनाहरू बढ्दै गएका छन्। दिनहुँ जसो चोरी तथा लागू औषध दुव्र्यसनीका घटनाहरू हुने गरेपछि ’सेक्युरिटी थ्रेट’ बढेको स्थानीयले गुनासो गरेका छन्। शरणार्थी जीवन बिताउँदै आएका उनीहरू यतिबेला लागू औषध दुव्र्यसनमा युवा युवतीहरू फस्दै गएको र विगत केही दिन यता देखि रातमा समेत चोरी साथै अश्लिल शब्द बोल्नेहरूको जमातले आतंकित तुल्याएको स्थानीयले बताएका छन् । पथरी शनिश्चरे नगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको लागि काम गरिरहेका ६ जना मजदुरहरूको नगद रूपैयाँ सहित मोबाइलहरु चोरी भएको छ । सुरक्ष
इटहरी । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सि को वर्ष २०२६÷२७ का लागि डिष्ट्रिक्ट गभर्नर, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर र सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि संयुक्त मनोनयन कार्यक्रम इटहरीस्थित लायन्स सामुदायिक भवनमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार लिला प्रसाद चिमरिया, फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार रमेश खत्री तथा सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर पदका उम्मेदवार उदय नारायण बरालको उम्मेदवारी दर्ता भएको छ । कार्यक्रममा सहभागी पूर्व गभर्नरहरूले तीनै उम्मेदवारलाई १ सय प्रतिशत यस भोटका साथ समर्थन जनाउन सबै लायन्सकर्मीहरूलाई अनुरोध गर्नुृभएको
इटहरी । सुनसरीको सदरमुकाम समेत रहेको इनरुवाको इतिहास समेटिएको “इनरुवाको नालीबेली” नामक पुस्तक विमोचन गरिएको छ । इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीले एक कार्यक्रमका बीच पुस्तकको औपचारिक विमोचन गर्नुभएको हो । देवीप्रसाद खतिवडा द्वारा लिखित उक्त पुस्तकमा इनरुवाको राजनीतिक, आर्थिक, सामाजिक, खेलकुद, शिक्षा तथा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको इतिहास समेटिएको बताइएको छ । ८२ वर्षीय लेखक खतिवडाले लामो समयको अध्ययन र अनुसन्धान पछि पुस्तक तयार पार्नुभएको हो । पुस्तक लेखन तथा सामग्री संकलनको कार्यमा युवा प्रज्ज्वल काफ्लेले समेत सहयोग पु¥याउनुभ्एको छ । इनरुवाको इतिहास, विकासक्रम तथा विभिन्न
इटहरी । नेपाल सरकार राष्ट्रिय योजना आयोगको समन्वयमा देशभर सञ्चालन हुन लागेको “आर्थिक गणना २०८३” लाई सफल बनाउन सुनसरीमा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला आर्थिक गणना सुनसरीको आयोजनामा इनरुवामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला समन्वय समिति प्रमुख राजन मेहेता, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधि, उद्योगी व्यवसायी तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला आर्थिक गणना सुनसरीकी प्रमुख उषा रिजालले आर्थिक गणनाको उद्देश्य, प्रक्रिया तथा महत्त्वबारे जानकारी दिनुभएको थियो ।
इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना र भ्रष्टाचार गरेको अभियोगमा केशवबहादुर कार्कीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले मालपोत कार्यालय सोलुखुम्बुका तत्कालीन कार्यालय प्रमुख स्वर्गीय केशबहादुर कार्की, खरिदार तेजनाथ पौडेल, खम्बु पासाङल्हामु मनमाया नेपालीविरुद्ध विशेष अदालत, काठमाडौँमा करिब २० लाख रुपियाँ बराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले प्रमुख कार्कीसहित तीन जनाविरुद्ध १९ लाख ९० हजार ५७५ बिगो दाबी गरेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिका वड
इटहरी । ओखलढुङ्गामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ । स्वास्थ्य कार्यालय रुम्जाटारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार तीन आर्थिक वर्षलाई केलाउँदा जिल्लामा नसर्ने रोग बाट बिरामी भएकाको सङ्ख्या बढ्दो देखिन्छ ।आर्थिक वर्ष २०७९र०८० मा जिल्लाभर दुई हजार २८ जना नसर्ने रोगका बिरामी थिए । यो सङ्ख्या आर्थिक वर्ष २०८०र०८१ मा बढेर तीन हजार ७५५ पुगेको छ भने २०८१र०८२ मा चार हजार ६१६ पुगेको छ । स्थानीय तहगत विवरण हेर्दा पनि अधिकांश पालिकामा बिरामीको सङ्ख्या बढेको देखिन्छ । आर्थिक वर्ष २०७९र०८० मा सिद्धिचरण नगरपालिकामा २४७, मोलुङमा १२४, चिशङ्खुगढीमा १४३, खिजिदेम्बामा १४०, लिखुमा ४९९, चम्पाद
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.