इटहरी । । कोशी प्रदेश प्रहरीले लागुऔषधविरुद्धको महाअभियानअन्तर्गत आज पाँच जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।पक्राउ परेकाहरूको साथबाट ७९५ किलोग्राम गाँजा, छ ग्राम १० मिलीग्राम ब्राउन सुगर, एक थान मिनीट्रक र एक थान मोटरसाइकल बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । उनका अनुसार इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले साँगुरीगढी गाउँपालिका–६ स्थितबाट को१ख ४६३५ नम्बरको मिनीट्रकलाई शङ्का लागि जाँच गर्दा ट्रकको डालाभित्र आलुको बोराहरूले लुकाइछिपाइ २५ वटा प्लास्टिकको पोकामा ल्या
इटहरी। कोशी प्रदेश सभाको आज दिउँसो १ः०० बजे बस्ने भनिएको बैठकको समय परिवर्तन भएको कोशी प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो ।कोशी प्रदेश सभाको नवौँ अधिवेशनको १६ औँ बैठक असार ११ र १६ गते लगातार तोकिएको समय बस्न नसकेपछि कोशी प्रदेश सरकारको अनुरोधमा समय परिवर्तन गरिएको सचिव खड्काले बताउनुभयो ।प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुख अम्बरबहादुर विष्टले अर्को बैठकका लागि आगामी असार १८ गते दिउँसो १ः०० बजे बस्ने समय निर्धारण गर्नुभएको छ ।
इटहरी । समुदायस्तरमै विपद् प्रतिकार्य क्षमता विकास गर्ने उद्देश्यले समुदायस्तरीय विपद् प्रतिकार्य स्वयंसेवक समूह निर्माणका लागि सात दिने तालिम तथा सचेतनामूलक कार्यक्रम धनकुटामा सम्पन्न भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी मुख्यालय पकली सुनसरी) र सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेडक्वाटर छिन्ताङ्ग धनकुटाको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको हो। तालिम सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्मको परिसरमा भएको थियो। सहभागीमध्ये १३ जना स्थानीय विपद् सूचक तथा स्थानीय बासिन्दा र ७ जना नगर प्रहरी रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल नं.
इटहरी । उच्च शिक्षा र राम्रो आर्थिक अवस्था भएका आमाहरुमा नवजात शिशुलाई पूर्ण रुपमा स्तनपान गराउने दर घट्दै गएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले आयोजना गरेको छलफल कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार नेपालमा जन्मेदेखि ६ महिना सम्म पूर्ण स्तनपान गराउने दर पछिल्ला वर्षहरुमा उल्लेखनीय रुपमा घटेको छ । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बञ्जाडेका अनुसार नेपालमा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउने दर सन् २०१६ को ६६ दशमलव ४ प्रतिशतबाट सन् २०२१ मा घटेर ५६ दशमलव ४ प्रतिशतमा पुगेको छ । सरकारले सन् २०३० सम्म यो दर ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ। अध्ययनले उच्च
इटहरी । झापाको कमल गाउँपालिकामा पछिल्लो समय छाडा तथा आक्रामक कुकुरको संख्या बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन्। बजार क्षेत्र, बस्ती तथा सार्वजनिक स्थानमा छाडा कुकुरको समूह देखिन थालेपछि सर्वसाधारण, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा विद्यालय आउने–जाने विद्यार्थी असुरक्षित महसुस गर्न थालेका हुन्। स्थानीयका अनुसार छाडा कुकुरले बाटो हिँड्ने मानिसलाई लखेट्ने, टोक्ने प्रयास गर्ने तथा रातिको समयमा समूहमा भुकेर आतंक मच्चाउने गरेका छन्। बिहान–बेलुका आवतजावत गर्नसमेत समस्या हुन थालेको उनीहरूको गुनासो छ।बजार क्षेत्र र सार्वजनिक स्थानमा छाडा कुकुरको संख्या बढ्दै जाँदा दुर्घटना तथा रेबिजजस्ता सं
इटहरी । सशस्त्र प्रहरी बल, नेपाल नं। १ बराह बाहिनी मुख्यालय, सुनसरीको आयोजना तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, कोशी प्रदेशको सहकार्यमा समुदायस्तरमा विपद् प्रतिकार्यमा खटिने स्वयंसेवक निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको तालिम तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।असार ९ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल नं। ४ गण मुख्यालय, सुनसरीमा सञ्चालन भएको तालिममा धरान उपमहानगरपालिका, इनरुवा नगरपालिका लगायतका स्थानीय तहका १९ जना प्रशिक्षार्थी सहभागी भएका थिए। समापन समारोहका प्रमुख अतिथि इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले विपद् जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा समुदायको भूमिका अत्यन्
इटहरी । झापाको मेचीनगर नगरपालिका–१० स्थित लक्ष्मी कोल्ड स्टोर पछाडिको कोठामा जुवा तास खेलिरहेको अवस्थामा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक दुर्गा बहादुर भट्टराईको कमाण्डमा खटिएको टोलीले सोमबार साँझ छापा मार्दा उनीहरूलाई जुवा खेलिरहेको अवस्थामा फेला पारेको हो ।पक्राउ पर्नेमा मेचीनगर–१० हिमालय टोलका ३५ वर्षीय पंच नारायण राजवंशी, मेचीनगर–११ धाईजनका ५० वर्षीय तेज राज प्रसाई, मेचीनगर–१० बस्ने लक्ष्मी कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशी र भद्रपुर नगरपालिका–२ का ५६ वर्षीय कालुमान लिम्बु रहेका छन् ।प्रहरीले उनीहरूको साथबाट
इटहरी । मोरङमा मंगलबार बिहान भएका दुई फरक सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । उर्लाबारीमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको हो भने जहदा गाउँपालिकामा यात्रुवाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा अधिकांश बालबालिकासहित १८ जना घाइते भएका छन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उर्लाबारी नगरपालिका–५ स्थित तरुण चोकमा उर्लाबारी–मधुमल्ला सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००३ त १६४२ नम्बरको ट्याक्टरबाट खसेर उर्लाबारी–६ निवासी २० वर्षीय देवेन्द्र मगरको मृत्यु भएको हो ।बिहान करिब ७ः१० बजे भएको दुर्घटनामा गम्भीर घा
इटहरी । ताप्लेजुङमा यस वर्ष धान रोपाइँ वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ वृद्धि भएको हो ।गत वर्षको यही अवधिमा १७।८५ प्रतिशत मात्र रोपाइँ भएको थियो भने यस वर्षको हालसम्ममा करिब २५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र ताप्लेजुङका बाली विकास अधिकृत मुना न्यौपानेले जानकारी दिनुभयो ।उहाँका अनुसार यस वर्ष गत वर्षको तुलनामा बढी वर्षा भएकाले धेरै रोपाइ हुन सफल भएको हो । विगतका केही वर्षको तुलनामा यस वर्ष समय अगावै वर्षा भएकाले रोपाइँँ पनि धेरै भएको केन्द्रका निमित्त कार्यालय प्रमुख कृषि प्रसार अधिकृत विजय श्रेष्ठले बताउनुभयो ।गत वर्ष समयमै वर्षा नहुँदा कृषकले समयमै धान र
इटहरी। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ म लगातारको वर्षापछि आएको बाढीपहिरोले सात परिवार विस्थापित भएका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सिलिचोङ–१ तेन्छोङका सात परिवार विस्थापित भएका हुन् ।शनिबार रातिदेखि आएको अविरल वर्षाका कारण बाढीपहिरो आउँदा सिलिचोङ–१ तल्लो तेन्छोङका सात परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो । उहाँका अनुसार कुन्ती राईसहित परिवारका पाँच जना, धनपूर्ण राईको सात जनाको परिवार, मङ्गलबहादुर राईको छ जनाको विस्थापित भएको हो । त्यस्तै, सुकप्रसाद राईको चार जनाको, मिरा राईको पाँच जनाको धनमान राईको
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.