इटहरी । मोरङको बुढीगंगा गाउँपालिकालाई दुग्ध उत्पादनको प्रमुख केन्द्र बनाउने उद्देश्यका साथ स्थानीय सरकारले कृषि र पशुपालन क्षेत्रमा लगानी बढाउन थालेको छ। गाउँपालिकाले कृषि तथा पशु सेवा शाखा मार्फत ५० प्रतिशत लागत साझेदारीमा दूध प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याएको हो। यसै कार्यक्रमअन्तर्गत वडा नम्बर ६ मा रहेको सुकचर कृषि फर्मलाई २० लाख रुपैयाँ लागतको परियोजनामा गाउँपालिकाले १० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यो अनुदान रकमबाट फर्मले दूधलाई करिब एक सातासम्म सुरक्षित राख्न सकिने अत्याधुनिक मिल्क चिलिङ प्रणाली, दही बनाउने मेसिन, दूध उमाल्ने मेसिनका साथै दूध संकलन र ढुवानीका लागि इलेक्ट्रिक
इटहरी । धनकुटा बजारमा होटलहरुमा छड्के अनुगमन गरीएको गरिएको छ । बुधबार धनकुटा सदरमुकामस्थित हुलाक टोलमा रहेका होटलहरुमा अनुगमन गरी होटललाई जरिवाना तथा म्यान गुज्रीएका खाद्यन्न र तयारी खानेकुरा जफत गरी नष्ट गरिएको हो । अनुगमन जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार महासंघ धनकुटाको टोलीले संयुक्त रुपमा बजार अनुगम गरिएको थियो । अनुगमनका क्रममा धनकुटामा रहेको काफ्ले होटललाई भान्सा सरसफाई नभएको, पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको भन्दै १५ हज
इटहरी । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब रु ३५ करोड बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले राससलाई जानकारी दिनुभयो । द्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगको लिज सम्झौता रद्द गरी नयाँ उद्योग थप गरेको उहाँले बताउनुभयो । नयाँ थपिएका उद्योगहरू प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्र
इटहरी। भोजपुरको षडानन्द नगरपालिकामा निर्माणाधीन तुर्के पुल–झ्याउपोखरी–साम्पाङ–फालिदोबाटो सडक कालोपत्र काम अन्तिम चरणमा पुगेको छ । कुल २० किलोमिटर लम्बाइ रहेको उक्त सडकमध्ये १४ किमी कालोपत्र सम्पन्न हो । पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीका अनुसार यो सडकको हालसम्मको भौतिक प्रगति करिब ८३ प्रतिशत रहेको छ । विसं २०७७ मा रु ५१ करोड ६२ लाख लागतमा सम्झौता भएर कालोपत्र थालिएको हो । अस्फाल्ट प्रविधिको प्रयोग गरी प्राविधिक मापदण्डअनुसार सडक कालोपत्र भइरहेको छ । गुणस्तरीय निर्माणका लागि नियमित प्राविधिक अनुगमन भइरहेको कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका–१, डाँडाखर्कस्थित लालीगुराँस दुग्ध उत्पादन सहकारी संस्था लिमिटेडले ३ हजार लिटर क्षमताको दुग्ध चिस्यान (चिलिङ भ्याट) मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ । लालीगुराँस नगरपालिका, प्रदेश सरकार र सहकारी संस्थाको साझेदारीमा खरिद गरिएको उक्त चिलिङ भ्याट मेसिनको उद्घाटन लालीगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख माबोहाङले दुग्ध उत्पादन तथा बजारीकरणलाई व्यवस्थित बनाउन चिस्यान केन्द्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले स्थानीय कृषकलाई व्यावसायिक पशुपालन तर्फ थप प्रोत्साहन गर्दै उ
इटहरी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा सञ्चालन गरिएका विभिन्न अनुदानमुखी कार्यक्रमहरूले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न भूमिका खेलेको छ । सुन्तला, अलैँची तथा तरकारीखेती विस्तारका लागि प्रदान गरिएको अनुदान र प्राविधिक सहयोगले कृषिमा लाग्न किसानलाई थप हौसला मिलेको हो । कार्यक्रम कार्यान्वयन एकाइ सङ्खुवासभाअन्तर्गत रहेको जोन प्राविधिक एकाइ भोजपुरले जिल्लामा अलैँची ‘सुपर जोन’ सञ्चालन गरेको छ । यसअन्तर्गत नौ स्थानीय तहमध्ये सात स्थानीय तहका ३५ वडाहरू समेटिएका छन् । यस्तै, सुन्तलाखेती प्रवर्द्धनका लागि पाँच स्थानीय तहका २६ वडामा ‘सुन्तला जोन’ स्थापना गरिएको छ । ज
इटहरी। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा कृषकले उत्पादन गरेको मूलाले बजारमा उचित मूल्य नपाउँदा बारीमै कुहिन थालेपछि किसान मारमा परेका छन्। नयाँ बाली लगाउने समय नजिकिँदै गर्दा पनि मूलाको बिक्री हुन नसक्दा उत्पादन खेतमै नष्ट हुन थालेको हो। छथर जोरपाटीलाई कोशी प्रदेशकै तरकारी उत्पादन क्षेत्रका रूपमा पनि चिनिन्छ। जोरपाटी, सिधुवा, मजुवा, चुलाचुली, सल्ले, चप्परीचोक, फुत्रुङडाँडा, गुराँसे, बोक्रे, रोटे आहाललगायत क्षेत्रका किसान व्यावसायिक रूपमा मूला खेती गर्दै आएका छन्। यो समयमा पुरानो बाली उठाएर नयाँ बाली लगाउने समय भए पनि उत्पादनले बजार नपाउँदा बारीमै कुहिन थालेको छ।स्थानीय कृषक अम्बिका भट्टराईका अ
इटहरी। पाँचथरको शिवालय–रानीटार–लुङरुपा–गोरुवाले सडकखण्डअन्तर्गत नाम्दु खोलामा आर्क प्रविधिको आरसीसी पुल निर्माण सम्पन्न भएको छ ।कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय, पाँचथरले उक्त पुल निर्माण गरेको हो । ‘नाम्दु खोला पुल निर्माण आयोजना’ अन्तर्गत ३०।३८ मिटर लम्बाइको आधुनिक आर्क आरसीसी पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालय, पाँचथरले जनाएको छ। पुल निर्माणको जिम्मा संजीव निर्माण सेवा प्रालि, फिदिमले पाएको थियो । यो आयोजना २०८० वैशाख १४ गते सुरु भई हालै सम्पन्न भएको हो। २०८२ सालभित्र निर्माण सम्पन्न गर
इटहरी । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ४६ करोड रुपैया बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको आइतबार बसेको गाउँसभामा उपाध्यक्ष गीता गुरुङ खेवाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। गाउँपालिकाले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपालनलाई आर्थिक विकासको मुख्य आधार बनाउने नीति लिएको छ। ’पशुपालन, सहकारी, उद्योग, उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र बजार सुनिश्चितता–समृद्ध गाउँपालिकाको साझा प्रतिबद्धता’ भन्ने नारासहित उत्पादन वृद्धि र बजारीकरणलाई प्राथमिकतामा राखिएको छ। पर्यटन क्षेत्रको विकासका लागि ’पर्यटन पूर्वाधारको विकास गरौं, छथर जोरपाटी गाउँपालिकाला
इटहरी । पूर्व–पश्चिम यातायात सञ्जाललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकडभिट्टा–लौकही सडकको पूर्वी खण्डमा काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। ठेक्का सम्झौताको अवधि सकिन अब तीन महिना मात्र बाँकी रहँदा आयोजना कुल भौतिक प्रगतिको आधा सीमासमेत पार गर्न नसकेको हो।आयोजनाका अनुसार तीन वर्षभित्र सम्पन्न गर्ने गरी सुरु गरिएको निर्माण कार्यमा हालसम्म ४६ प्रतिशत मात्र प्रगति हासिल भएको छ। दुई वर्ष नौ महिना बितिसक्दा पनि काँकडभिट्टादेखि केर्खा–सितापुरीसम्मको ४५ किलोमिटर सडकखण्डमा दुवैतर्फ गरेर जम्मा १४ किलोमिटर सडक कालोपत्रे गरिएको छ। निर्माणको गति सु
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.