इटहरी । सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी तराईसँगको सीधा यातायात सम्पर्कबाट विच्छेद भएको छ । निरन्तरको वर्षापछि सुनकोशी नदीमा पानीको बहाव बढेसँगै फरक–फरक सडकखण्डमा पर्ने फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज निकालिएको हो । पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने दुईवटा नाकामा जडान गरिएको अस्थायी बेलिब्रिज निकालेपछि स्थानीयवासी समस्यामा परेका छन् । फोक्सिङटार र बङ्शिलाघाटमा मोटरेबल पक्की पुल नहुँदा हिउँदको समयमा जडान गर्ने र वर्षात् लागेपछि पुनः खोलेर राख्नेगरी अस्थायी बेलिब्रिजको विकल्प अगाडि सारिएको हो । मौसम परिवर्तनसँगै निरन्तरको वर्षाले सुनको
इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ । दीर्घकालीन आम्दानी लिन सकिने सम्भावना देखिएपछि वडाले पनि किवीखेतीलाई प्राथमिकतामा राख्दै किसानलाई प्रोत्साहन गर्दै आएको छ । किवीखेतीका लागि उपयुक्त भूगोल र हावापानी रहेको क्षेत्रलाई लक्षित गर्दै वडाले हालसम्म करिब १७० जना किसानलाई किवीका बिरुवा वितरण गरिसकेको वडाध्यक्ष सुनिल राईले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म करिब दुई हजार ५०० भन्दा बढी बिरुवा वितरण भइसकेको छ । किसानलाई व्यावसायिक कृषि उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले वडा कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक सहयोग पनि उपलब्ध गराउँदै आएको जनाएको
इटहरी । ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ । कञ्चनजङ्घा पदमार्गअन्तर्गत पर्ने फक्ताङ्लुङ गाउँपालिका–६ स्थित ग्याब्ला गाउँमा विद्युत् सुविधा पुर्याउन यो आयोजना सुरु गरिएको हो । बाह्य तथा आन्तरिक पर्यटकको मुख्य बासस्थानका रूपमा रहेको ग्याब्लामा विद्युत्को पहुँच पुर्याउन पालिकाको लागत साझेदारीमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना निर्माण गरिरहेको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू ९मुक्ति० ले बताउनुभयो । आउँदो असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको उहाँले जानकारी दिनुभयो । कु
इटहरी । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपद्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपदका विभिन्न घटनामा परी ज्यान गुमाएका र घरबासमा क्षति पुगेका १३५ घटनाका पीडित परिवारलाई सो रकम वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उपलब्ध गराएको वैशाख १० गतेसम्मको तथ्यांक अनुसार, राहत पाउनेमा सबैभन्दा धेरै आगलागीका घटनाका पीडित छन् । ७० वटा आगलागीका घटनामा घर क्षति भएका परिवारलाई १६ लाख पाँच हजार रुपियाँ र आगलागीमा परी मृत्यु भएका दुई जनालाई एक लाख ५० हजार रुपियाँ राहत दिइएको छ । यस्तै, बाढी तथा पहिरोमा परी मृत्यु भएका ५४ जनाका परिवारलाई
इटहरी । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित च्याम्ताङ–घोङ्गप्पा सडक निर्माण सम्पन्न भएको छ । राष्ट्रिय गौरवको सो सडक नेपाली सेनाले निर्माण गरेको हो । भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्काको साढे १० किलोमिटर सडक आयोजनाको ‘ट्रयाक’ र स्तरोन्नति गरिएको हो ।खाँदबारी–किमाथाङ्का सडकखण्डअन्तर्गत पर्ने उक्त सडक सोमबार एक कार्यक्रमबीच उत्तर–दक्षिण ९कोशी० सडक योजनालाई हस्तान्तरण गरिएको हो । सेनाले जिम्मेवारी पाएको १० दशमलव ८१ किलोमिटर सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शम्शेरबह
इटहरी। सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा ५५० भन्दा बढी उद्योग सञ्चालन छन् तर अधिकांशले वातावरणीय मापदण्ड उल्लङ्घन गर्दा कोरिडोर क्षेत्रमा वायुप्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रङ्गेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था छ । उद्योगहरूले बिनाकुनै प्रशोधन उत्सर्जन गरिरहेको दूषित धुवाँ र ढलका कारण स्थानीय बासिन्दा मात्र होइन, उद्योगमै कार्यरत कर्मचारी र मजदुरको स्वास्थ्यमा समेत गम्भीर असर परिरहेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले हरेक उद्योगले अनिवार्य रूपमा छ÷छ महिनामा वायु
इटहरी । रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
इटहरी । सीमापारिबाट भन्सार छली गरेर ल्याइएको कपडा तथा कस्मेटिक सामान सुनसरीको दुहबीबाट प्रहरीले बरामद गरेको छ । प्रहरीले दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गमा विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुवाहक म्याजिक भ्यानबाट भन्सार छलीका सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले म्याजिक भ्यान जाँच गर्ने क्रममा बिलबिजक नभएका तीन लाख पाँच हजार ९०० रुपियाँ बराबरका लत्ताकपडा तथा कस्मेटिक सामान फेला पारेको जनाएको छ । बरामद गरिएका सामान नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको तथा आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाउने तयारी भइरहेको प
इटहरी । कोशी प्रदेशमा वन व्यवस्थापन र काठ उत्पादनबाट यस वर्ष उल्लेख्य आम्दानी भएको छ । प्रदेशका विभिन्न वन क्षेत्रबाट संकलित काठ, गैरकाष्ठ वन पैदावार तथा वन क्षेत्रको जग्गा विकास निर्माणका लागि प्रयोग गर्न दिएबापत प्रदेश सरकारले करोडौं रुपैयाँ राजस्व संकलन गरेको हो । प्राप्त तथ्याङ्कअनुसार कोशी प्रदेशमा सरकारी व्यवस्थापनमा रहेका वन, सामुदायिक, कबुलियत, निजी तथा साझेदारी वनमार्फत कुल १ करोड ८३ लाख ९३ हजार ८५६ क्युबिक फिट काठ संकलन तथा व्यवस्थापन गरिएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा निजी तथा नम्बरी वनको रहेको छ । निजी वनबाट मात्रै १ करोड ७७ लाख ८२ हजार क्युबिक फिट काठ तथा २ हजार ५०० चट्
सुन्दरहरैचा / उद्योग संगठन मोरङद्वारा आयोजित ‘CIM Nepal HR Summit 2026’ उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षता तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित सम्मेलनमा उद्योग, शिक्षा, मानव संसाधन तथा नीति निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री मेहताले नेपालमा दक्ष जनशक्तिको अभाव अहिलेको प्रमुख चुनौती बनेको बताउनुभयो। उहाँले उद्योग क्षेत्रको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.