इलाम । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा इलाममा राजस्व सङ्कलनमा भारी गिरावट आएको छ । आव २०८२/८३ मा रु ५२ करोड ८६ लाख ५८ हजार ३७८ मात्र राजस्व सङ्कलन भएको छ ।सङ्घीय र कोशी प्रदेशका कार्यालयहरूमार्फत सो परिमाणमा राजस्व सङ्कलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय इलामले जनाएको छ । यो अघिल्लो आव ०८१/८२ को तुलनामा रु ५० करोड ६७ लाख ६९ हजार ५०९ अर्थात् ४८ दशमलव ९४ प्रतिशतले कमी हो । आव ०८२/८३ मा सङ्घका कार्यालयहरूमार्फत रु ३४ करोड १७ लाख १२ हजार ३९८ राजस्व सङ्कलन भएको छ । अघिल्लो आव ०८१/८२ मा सङ्घका कार्यालयहरूमार्फत रु ८४ करोड ८२ लाख ७६ हजार चार सय सात राजस्व सङ्कलन भएको थियो । त्यस्तै, आव ०८२/
विराटनगर । नेपालमा मत्स्यपालन क्षेत्रको आधुनिकीकरण तथा व्यवसायीकरणका लागि सरोकारवालाबीच समन्वय र सहकार्य बढाउने उद्देश्यले विराटनगरस्थित होटल स्वागतममा समन्वय बैठक तथा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ।ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड) को आयोजना तथा USDA र Lutheran World Relief को सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख, कृषि शाखाका प्रतिनिधि, माछा उत्पादक, व्यवसायी, बिक्री–वितरणकर्ता तथा उपभोक्ता क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।कार्यक्रममा कार्यकारी निर्देशक द्रव्यराज चौधरी ले सहभागीलाई स्वागत मन्तव्य सहित स्वागत गर्नुभएको थ
इटहरी। भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ । पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो । स्थानीय नागरिकको आवतजावतलाई सहज र सुरक्षित बनाउने उद्देश्यले उक्त स्थानमा पुल निर्माण प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।कार्यालयका अनुसार बोलपत्र आह्वान भइसकेको छ भने निर्माणका लागि आवश्यक प्रशासनिक तथा प्राविधिक प्रक्रिया पूरा भइसकेका छन् । वर्षायाम सुरु भएसँगै खोलामा पानीको बहाव बढेकाले हालसम्म
इटहरी । टिभीएस मोटर कम्पनीले नेपालमा आफ्नो नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर सार्वजनिक गरेको छ। सहरी यात्रालाई लक्षित गर्दै ल्याइएको अर्बिटरमा आधुनिक डिजाइनसँगै स्मार्ट प्रविधि, आराम र उपयोगितालाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। सोमबार इटहरीको राजस्व ढाटस्थित पारस अटोमोबाइल्स, जगदम्बा मोटर्समा आयोजित एक कार्यक्रमबीच नयाँ विद्युतीय स्कुटर टिभीएस अर्बिटर सार्वजनिक गरिएको हो। टिभीएस अर्बिटरमा ३.१ किलोवाट ब्याट्री रहेको छ भने यसले १५८ किलोमिटर आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ । अर्बिटरको प्रमुख विशेषतामध्ये उद्योगमै पहिलो १४ इन्च फ्रन्ट ह्विल रहेको कम्पनीले जनाएको छ ।
इटहरी । दिवंगत आफन्तहरूको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन सिक्सटिनले इटहरी–४ स्थित निःसहाय बालबालिका सेवा आश्रममा भवन निर्माण सहयोग तथा भोजन वितरण कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा आश्रमका बालबालिकाको दैनिकी सहज बनाउन आर्थिक सहयोगसँगै मानवीय सेवाको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमका क्रममा स्वर्गीय रणबहादुर कार्की तथा स्वर्गीय निरमाया कार्कीको स्मृतिमा कार्की परिवारले आश्रम भवन निर्माणका लागि ५० हजार १ रुपैँया नगद सहयोग प्रदान गर्नुभएको थियो। त्यसैगरी स्वर्गीय पशुपतिनाथ ढकालको स्मृतिमा ढकाल परिवारले ५० हजार १ रुपैँया बराबर
इटहरी । विराटनगर महानगरपालिकाले आर्थिक वर्ष २०८३र८४ को बजेट पुस्तिका सार्वजनिक गर्दै स्वीकृत योजना तथा कार्यक्रम कार्यान्वयनको प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । बजेट पुस्तिका सार्वजनिक भएसँगै महानगरले विकास आयोजना, वित्तीय व्यवस्थापन र सेवा प्रवाहलाई निर्धारित कार्यतालिकाअनुसार अघि बढाउने तयारी पूरा गरेको जनाएको छ ।महानगर परिसरमा आयोजित कार्यक्रममा कार्यबाहक नगर प्रमुख मधुबाबु तिवारी र वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपानेले संयुक्त रूपमा बजेट पुस्तिका सार्वजनिक गरेका थिए । कार्यक्रममा कार्यबाहक नगर प्रमुख तिवारीले समयमै बजेट पुस्तिका प्रकाशन हुनुलाई सुशासन, पारदर्शिता र उत्तरदायी व
इटहरी । ताप्लेजुङको सुकेटार विमानस्थलमा करिब दुई महिनादेखि नियमित हवाई सेवा ठप्प भएको छ । नेपाल वायु सेवा निगमको जहाजले गत जेठ २२ गते अन्तिम उडान गरेयता यात्रु अभाव र प्रतिकूल मौसमका कारण उडान ठप्प भएको हो ।निगमले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार नियमित उडान तालिका निर्धारण गरे पनि तालिकानुसार सेवा सञ्चालन हुन नसकेको सुकेटार स्टेसनका इन्चार्ज नारायण कार्कीले जानकारी दिनुभयो । उहाँकाअनुसार पछिल्ला दिनमा कहिले मौसम प्रतिकूल बनेको छ भने कहिले पर्याप्त यात्रु नपुग्दा उडान रद्द हुँदै आएको छ । साउन १५ गते शुक्रबार पनि उडान गर्ने तयारी गरिए पनि दुवैतर्फबाट आवश्यक यात्रु सङ्ख्या नपुगेकाले अनिश
इटहरी। ताप्लेजुङमा पछिल्लो एक वर्षको अवधिमा चौध लाख क्युविक फिट बढी गोलिया काठ निकासी भएको छ । एक वर्षको अवधि अर्थात गत आर्थिक वर्ष २०८२–८३ मा ताप्लेजुङबाट उक्त परिमाणमा गोलिया काठ निकासी भएको हो ।डिभिजन वन कार्यालय ताप्लेजुङका निमित्त डिभिजनल वन अधिकृत ललितकुमार यादवका अनुसार गत आर्थिक वर्षमा कुल १४ लाख २२ हजार क्युविक फिट गोलिया काठ निकासी भएको छ । जिल्लाका विभिन्न क्षेत्रका निजी वनबाट उक्त गोलिया काठ निकासी गरिएको यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार सबैभन्दा बढी उत्तिस जातको काठ निकासी भएको छ । उत्तिसपछि मतालो, चिलाउने, कटुसलगायत प्रजातिका काठहरु निकासी गरिएको डिभिजन वन कार्यालयले जनाएको
सुबास घिमिरे /काठमाडौं। स्वस्थ जीवनशैली र प्राकृतिक खाद्यवस्तुप्रति नागरिकको आकर्षण बढिरहेका बेला बराह एग्रो फुड्सले शतप्रतिशत प्राकृतिक रूपमा उत्पादन गरिएको ‘बराह मोरिंगा’ बजारमा ल्याएको छ। सजिवन तथा शितलचिनीका नामले समेत चिनिने मोरिंगा शरीरलाई आवश्यक पोषक तत्त्व प्रदान गर्न उपयोगी मानिन्छ।राजधानीमा शनिबार आयोजित कार्यक्रममा महिला आर्थिक सशक्तीकरणकी अगुवा तथा पूर्वमन्त्री भगवती चौधरीले ‘बराह मोरिंगा’को औपचारिक रूपमा सार्वजनिक गरिन्। उत्पादन सार्वजनिक गर्दै चौधरीले शुद्ध र प्राकृतिक खाद्यवस्तुको उत्पादन तथा उपभोगले स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याउने बताइन्।सुनसरीको बरा
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २, आयुर्वेदिक टोलस्थित ‘माया घर नेपाल’को नवनिर्मित ३ तले पक्की भवनको सोमबार एक विशेष समारोहका बिच औपचारिक समुद्घाटन तथा हस्तान्तरण सम्पन्न भएको छ।सडक मानव, असहाय, मानसिक स्वास्थ्य समस्या भएका तथा बेवारिसे व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पुनस्र्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको माया घर नेपाल केन्द्रीय कार्यालय इटहरीको प्राङगणमा नव निर्मित भवनको उदघाटन र हस्तान्तरण एकै साथ सम्पन्न भएको हो । लायन्स क्लब्स इन्टरनेसनल फाउन्डेसन एलसिआइएफको वित्तीय सहयोग तथा स्थानीय लायन्स क्लबहरूको पहलमा निर्माण सम्पन्न भएको ‘लायन्स माया घर’ भवन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.