इटहरी / नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले मुलुकमा गठबन्धन सरकारको अव्यवहारिक कार्यसैलिका कारण देसआर्थिक संकटतर्फ अघि बढिरहेको, युवामा निराशा बढि विदेश पलायन बढिरहेको र मध्य पहाडबाट ब्यापक बसाइसराई बढि रहेको अवस्थामा नेकपा एमालेको ‘उज्यालो भविष्यको खोजीमा मंसिर १४ देखि पुस १ गतेसम्म झुलाघाट–चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्रा ले युवाको निराशलाई आशामा बदल्न यात्रा सफल भएको बताउनुभयो।मुलुकलाई आर्थिक र सामाजिक विकास को दिशामा अघि बढाउनका लागि संकल्प यात्रा आयोजना फलदायी भएको खेलकुद महासंघ अध्यक्ष बस्नेतले बताउनुभयो।खेलकुद महा
ताप्लेजुङ / ताप्लेजुङको दोभानमा लाग्दै आएको पुषे मेला स्वर्ण महोत्सवको अवसरमा आयोजित अन्तर जिल्ला क्लव स्तरीय आमन्त्रित पुरुष भलिवल प्रतियोगिताको उपाधि पाथीभरा टाइगर भलिवल क्लव (PTVC) दमक झापाले हात पारेको छ । फाइनल खेलमा मुकेश मेमोरियल क्लव ताप्लेजुङलाई ३- १ को सोझो सेटमा हराउँदै PTVC दमक झापाले उपाधी जितेको हो । उपाधि सॅगै विजेताले रू ३ लाख र उपविजेताले रू १ लाख ५१ हजार पुरस्कार प्राप्त गरेका छन ।
सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा पाँचौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुको सहभागिता रहने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले एक कार्यक्रमका विच सुन्दरहरैचाको रंगशालामा गरेका हुन । नगर खेल विकास समिति सुन्दरहरैचाको आयोजनामा सुरु भएको खेलकुदले सुन्दरहरैचा क्षेत्रका विद्यार्थीहरुको क्षमतालाई उज्जागर गर्ने भएकाले नगरपालिकाले प्रतियोगिताका लागि निरन्तर सहयोग उपलव्ध गराउने सुन्दरहरैचा नगरपालिका प्रमुख केदार प्रसाद गुरागाईले जानकारी गराए । नगरप्रमुख गुर
उदयपुर । पानीसंग सम्वन्धी विभिन्न सिपहरु सिकाउने उद्धेश्यले नेपालमै पहिलो पटक ग्रिन होराजन प्राइभेट लिमिटेडले तालिमको सुरुवात गरेको छ । सिटिइभीटीबाट सम्वन्ध प्राप्त साहकसिक सिप विकास विद्यालयले पानी जन्य सिप सहित खेलकुदका विभिन्न विद्याहरुलाई समेटेर तालिम सुरुवात गरेको हो ।कोशी नदीमा पानी जन्य सिप सिकाउने उद्धेश्यले उदयपुरको वेलका नगरपालिका वडा नम्बर ८ मा एक कार्यक्रमको प्रमुख अतिथी बेलका नगरपालिका प्रमुखअशोक कार्कीले तालिमको उदघाटन गरे । ग्रिन होराजन प्रालिका अध्यक्ष सुरेश बस्नेतको अध्यक्षतामा ६ महिने तालिमको उदघाटन गरियो। तालिमा राफ्टिङ ,क्यानोनिङ लगायतका पानी जन्य सिप तथा साहसिक खेलकु
इटहरी / नेकपा एमाले केन्द्रीय कमिटीद्वारा मंसिर १४ गतेदेखि सुरु भएको ‘झुलाघाट-चिवाभन्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारीका लागि नेपाल खेलकुद महासंघ कोशी प्रदेशको दोस्रो सचिवालय बैठक इटहरीमा सम्पन्न भएको छ ।बैठकले मंसिर २८ गते तेर्ह्रथुमको बसन्तपुरमा साथै चिवाभन्ज्याङमा हुने जनसभा कोशी प्रदेशबाट व्यापक जनसभागिता गराउने निर्णय गरेको छ । कोशी प्रदेशका कमिटीका अध्यक्ष राजकुमार थापाको अध्यक्षता, केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको प्रमुख आतिथ्यता र नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।बैठकमा नेपाल खेलकुद महासंघ कोशी प्रदेशको केन्द्रीय कम
संखुवासभा / संखुवासभाको मादी नगरपालिकामा प्रथम ल्होसार कप नक आउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नव सृजना प्रगतिशील युवा क्लबले पौस १२ गतेदेखि मादीको वडा नम्बर ७ बाघामा प्रतियोगिता सञ्चालन गर्ने भएको छ । गुरुङ समुदायको विशेष पर्वको रुपमा रहेको तमु ल्होसार, पुर्वी पहाडी जिल्लाहरुमा, विभिन्न कार्यक्रमहरु गरी, मनाइदै आएको छ ।तमु ल्होसारको अवसरमा आयोजन गर्न लागिएको फुटबल प्रतियोगितामा प्रतियोगिताको विजेता टोलीले नगद रु १ लाख ११ हजार १ सय एघार हात पार्नेछ । दोस्रो स्थान हाँसिले गर्ने टोलीले ६६ हजार ६ सय ६६ सेमिफाइनल पुग्ने अन्य दुई टोलीलाई प्रति टोली २० हजार नगद
पाँचथर / पाँचथरको फिदिममा जारी प्रथम वाईवाई अन्तराष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगितामा झापाको बिर्तामोड युनाईटेड फुटबल क्लब सेमीफाइनल पुगेको छ ।फिदिम माविको मैदानमा आईतबार भएको खेलमा इलामको रेड हर्ष फुटबल क्लबलाई १–० गोलले पराजित गर्दै बिर्तामोडले सेमी फाइनलको स्थान पक्का गरेको हो ।बिर्तामोडको संघर्षपूर्ण जितका लागि श्याम मुर्मुले एक गोल गरे । खेल सुरु भएको २० औँ मिनेटमा मुर्मुले गोल गरेर टिमलाई जित दिलाए । निकै प्रतिस्पर्धात्मक गोल गर्न नसक्दा पहिलो चरणको खेलबाटै इलाम बाहिरिनुप¥यो ।आईतबारको खेलमा बिर्तामोडका गोलकर्ता श्याम मुर्मु म्यान अफ दी म्याच घोषित भए । उनलाई कार्यक्रमका
धनकुटा / धनकुटाको चौविसे गाउपालिकाको राजारानीमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण प्रथम रारा भेट्रान गोल्डकप फुटबलको उपाधि हाम्रो इटहरी भेट्रान सुनसरीले हात पारेको छ ।फाइनलमा बरमिओक–नामफिङ भेट्रान, सिक्किम, भारतलाई शून्यका विरुद्ध १ गोलले हराउँदै हाम्रो इटहरी च्याम्पियन बनेको हो । राजारानी खेलमैदानमा भएको उपाधि भिडन्तमा हाम्रो इटहरीका लागि ११औं मिनटमा दिपेन राईले गरेको एक मात्र गोल निर्णायक गोल बनेको हो ।विजेता बनेको हाम्रो इटहरी भेट्रानले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता बरमिओक–नामफिङ भेट्रानले ५१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।फाइनल खे
सुनसरी / धनकुटाको पर्यटकीय क्षेत्र राजारानीमा प्रथम ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति रारा अन्तराष्टिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । सोमबार राजारानीमा पत्रकार सम्मेलन गर्दै रारा भेट्रान फुटवल क्लव राजारानी धनकुटाको आयोजनामा यहीँ मंसिर ११ गते देखि १४ गतेसम्म राजारानीमा प्रथम रारा अन्तराष्टिय आमन्त्रण भेट्रान फुटबल हुने प्रतियोगिता हुने भएको छ । १४ गते साँझ राष्ट्रिय कलाकारहरूको प्रस्तुतीसँगै नृत्य प्रतियोगिता हुने भएको छ ।Bermiok-Namphing v Fc Sikkim, Damak Lakhanpur v Fc Jhapa, Hamro Itahari v Fc , Hamro Dharan v Fc ,Megha Biratnagar v fc , Dudhe v
काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनाेटमा पूर्वविजेता अर्जेन्टिना र ब्राजिल पराजित भएका छन् ।आज शुक्रवार बिहान घरेलु मैदानमा भएकाे खेलमा अर्जेन्टिना उरुग्वेसँग २–० गाेलले पराजित भयाे । उरुग्वेका लागि रोनाल्ड अराउजोले खेलकाे ४१ र डार्विन नुजेजले ८७ मिनेटमा गोल गरे ।उरुग्वेसँग हारे पनि अर्जेन्टिना ५ खेलमा १२ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा छ । उरुग्वे उति नै खेलमा १० अङ्कसहित दाेस्राे स्थानमा उक्लिएकाे छ ।यस्तै आजै बिहान घरेलु मैदानमा भएकाे खेलमा ब्राजिल काेलम्बियासँग २–१ गाेलले पराजित भयाे । ब्राजिलले शुरुवाती गाेल गर्दै अग्रता लिए पनि काेलम्बियाले उत्कृष्ट पुनरागमन गर्दै जि
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.