राजनीति

    Showing ११-२० of २,२९९ items.
  • कोशी प्रदेश बजेटमा असन्तुलन देखिएपछि सत्ता गठबन्धनमै चर्को असन्तुष्टि,मन्त्री भीम पराजुलीद्वारा चार विकल्प प्रस्ताव

    इटहरी । आफ्नै बजेटको बचाउ गर्न नसक्ने अवस्थामा कोशी प्रदेश सरकार पुगेको छ। आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमा गम्भीर कमजोरी रहेको स्वीकार गर्दै सरकारकै नेतृत्व र मन्त्रीहरूले सुधारको संकेत दिएपछि संसद्मा दर्ता भइसकेको बजेट संशोधन गर्ने विषयले राजनीतिक र संवैधानिक बहसको रूप लिएको छ।विपक्षी मात्र होइन, सरकारमै रहेका मन्त्री, सत्तारुढ सांसद र मुख्यमन्त्री स्वयंले बजेट निर्माण प्रक्रियामा कमजोरी भएको स्वीकार गरेपछि बजेट संशोधन सम्भव छ वा छैन भन्ने विषय प्रदेश राजनीतिको केन्द्रमा पुगेको हो। बजेटमा पहुँचका आधारमा सीमित निर्वाचन क्षेत्रमा योजना केन्द्रित गरिएको, मन्त्रालयले सिफारिस गरेका आयोजना हटाइ

    • प्रकाशित मितिः असार १८, २०८३
    • २१२ पटक पढिएको
  • खेतीयोग्य जमिन बाँझो राखेर युवाहरू विदेशिँदा कृषि क्षेत्र सङ्कटमा, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा कृषिको आधुनिकीकरणमा जोड

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो बाँझो जमिन र युवाको वैदेशिक पलायनका कारण कृषि क्षेत्र संकटतर्फ धकेलिँदै गएको भन्दै उत्पादनमुखी कृषि प्रणालीमा रूपान्तरण आवश्यक रहेको बताउनुभएको छ।राष्ट्रिय धान दिवस तथा असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले खेतीयोग्य जमिन बाँझो रहनु प्रदेशको कृषि उत्पादनका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्नुभयो। उहाँले आधुनिक प्रविधि, यान्त्रिकीकरण र वैज्ञानिक खेतीको विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।मुख्यमन्त्री कार्कीले युवाको वैदेशिक पलायन र बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन प्रयोगविहीन

    • प्रकाशित मितिः असार १५, २०८३
    • ७३ पटक पढिएको
  • इटहरीमा ७५औँ मदन भण्डारी जयन्ती विविध कार्यक्रमसहित मनाइयो

    इटहरी, असार १४ — ७५औँ मदन भण्डारी जयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसन इटहरीको आयोजनामा नेकपा एमाले इटहरी उपमहानगर कमिटीको कार्यालयमा विविध सांस्कृतिक कार्यक्रम तथा दही–चिउरा खाने कार्यक्रम सम्पन्न भएको छ।मदन भण्डारी फाउन्डेसन इटहरीका अध्यक्ष उमेश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा प्रदेश सभा सदस्य मिना श्रेष्ठ, मदन भण्डारी फाउन्डेसन सुनसरीका अध्यक्ष प्रहलाद पहरेदार, फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरू, नेकपा एमालेका प्रदेश, जिल्ला र नगर कमिटीका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उ

    • प्रकाशित मितिः असार १४, २०८३
    • ६१ पटक पढिएको
  • विराटनगरमा कोशी मिडिया सम्मेलन सुरुस पूर्वअध्यक्षहरू सम्मानित, नागरिक अधिकार रक्षाका लागि आवाज उठाउन मुख्यमन्त्रीको आह्वान

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कार्य शुरु भएकाले प्रखर रुपमा आवाज उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार विराटनगरमा आयोजना गरिएको कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो केही समय बोल्ने, लेख्ने र विरोध गर्न पाउने संविधान सम्मत नागरिक अधिकार हनन गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नागरिक स्वतन्त्रता र अधिकार हनन भए लोकतन्त्र नै धरापमा पर्ने भएकाले पत्रकारहरु झन शसक्त रुपमा आवाज उठाउने माध्यम भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आ

    • प्रकाशित मितिः असार १२, २०८३
    • १७१ पटक पढिएको
  • इटहरी उद्योग वाणिज्य संघको निर्वाचनः स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीसहितको टोलीद्वारा मनोनयन दर्ता

    इटहरी  । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको समूहले बुधबार मनोनयन दर्ता गराएको छ ।संघको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिरहेका बेला भण्डारी समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्दै चुनावी प्रतिस्पर्धामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो । भण्डारीले आफूलाई अनुभव, ऊर्जा र स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको साझा हितका लागि नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले उद्योग वाणिज्य संघलाई अझ समावेशी, व्यवसायीमैत्री र प्रभावकारी संस्थाका रूपमा विकास गर्न

    • प्रकाशित मितिः असार ११, २०८३
    • २२० पटक पढिएको
  • चियाको समस्या तत्काल समाधान गर्न आङ्देम्बेको आग्रह

    इटहरी। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको अर्थतन्त्रमा मुुख्य भूमिका खेल्ने नेपाली चियाको तत्काल समस्या समाधान गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।पछिल्लो समय नेपाली भारत बन्द भएपछि असार १ देखि एक सय बढी चिया उद्योगहरुनै बन्द अवस्थामा छन् । दैनिक रुपमा करोडौं मुुल्य बराबरको लाखौं किलो किसानको हरियो पत्ती नस्ट भइरहेको भन्दै नेता आङ्देम्बेले तत्काल यो समस्या सरकारले सुुल्झाउन लाग्नुु पर्ने बताउनुुभयो । इलाम नगरपालिकाको १८औँ अधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै आङ्देम्बेले चिया जस्तो अर्थतन्त्रको सम्वेदनशील विषयलाई यति लामो समय बेखबर बनाइनुु दुु’ खद रहेको बताउनुुभयो

    • प्रकाशित मितिः असार ८, २०८३
    • १९४ पटक पढिएको
  • कोशी प्रदेशमा कानुनविपरीत अस्थायी लाइसेन्स छाप्दा ४७ लाख खर्च, सार्वजनिक लेखा समितिद्वारा छानबिन गर्ने निर्णय

    इटहरी  । कोशी प्रदेश सरकारले कानुनमै व्यवस्था नभएको अस्थायी चालक अनुमतिपत्र छपाइको नाममा प्रदेश सरकारको लाखौँ रुपियाँ खर्चिएर अनावश्यक व्ययभार थपेको भन्दै संसदीय समितिमा प्रश्न उठेको छ । कोशी प्रदेश सार्वजनिक लेखा समितिको बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक वर्ष २०८०–८१ को लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुँदा यो विषयले मुख्य चर्चा पाएको हो ।महालेखा परीक्षकको प्रतिवेदन अनुसार, मन्त्रालयले ४७ लाख १३ हजार रुपियाँ खर्च गरेर एक लाख ८७ हजार पाँच सय थान अस्थायी लाइसेन्स कार्ड छापेको थियो । त्यसमध्ये २१ हजार थान मात्र वितरण गरी बाँकी एक लाख ६६ हजारभन्दा बढी कार्ड कार्यालयमै थन्क्य

    • प्रकाशित मितिः असार ३, २०८३
    • १२५ पटक पढिएको
  • प्रदेश कानुनको उत्तरविधायिकी परीक्षणको माग

    इटहरी । कोशी प्रदेशमा हालसम्म ९२ वटा कानुन निर्माण भए पनि तिनको कार्यान्वयन पक्ष फितलो देखिएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । संसदीय पत्रकार मञ्च कोशी प्रदेशद्वारा विराटनगरमा आयोजित ‘प्रदेश कानुन र कार्यान्वयनको अवस्था’ विषयक बहुसरोकार अन्तव्रिर्mयामा वक्ताले कानुन निर्माण सङ्ख्यात्मक रूपमा उत्साहजनक भए पनि जनताले त्यसको यथोचित लाभ पाउन नसकेको औँल्याएका हुन् ।  कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले प्रदेशले बनाएका कानुनको प्रभावकारिता मापन गर्न अब ‘उत्तरविधायिकी परीक्षण’ गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेश सभाका उपसभामुख सिर्जना दनुवारले प्रदेश स्थापनाको सुरुवा

    • प्रकाशित मितिः जेठ २९, २०८३
    • १५१ पटक पढिएको
  • रास्वपा पाँचथरको नेतृत्वमा प्रकाश गुरुङ चयन

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० पाँचथरले प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले सबै पदाधिकारी, सदस्य तथा समिति संयोजकहरूलाई सर्वसम्मत रूपमा चयन गर्दै नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो ।नवनिर्वाचित जिल्ला सभापतिमा प्रकाश गुरुङ चयन हुनुभएको छ । उपसभापतिमा सहरसिंह तामाङ, सचिवमा कुशल जवेगू र कविहाङ सेलिङ तथा कोषाध्यक्षमा सिर्जना रिजाल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ ।यस्तै, सदस्यहरूमा ज्ञानेन्द्र रसाइली, रुद्र चम्लागाईं, रेखा लावती, सविना राई, ईश्वरी प्रसाद निरौला, खगेन्द्र सिग्देल, प्रयागराज सुवेदी ,खगेन्द्र सिग्देल र इन्द्र लावती चयन हुनुभएको छ । अधिवे

    • प्रकाशित मितिः जेठ २४, २०८३
    • २२१ पटक पढिएको
  • रास्वपा सुनसरी अधिवेशनमा प्रतिनिधि छनोट विवाद ः केन्द्रको निर्देशन विपरीत मनोमानी गरिएको आरोप

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको जिल्ला अधिवेशन सुरू हुन लाग्दा प्रतिनिधि छनोट प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ । पार्टीका केही नेता तथा कार्यकर्ताले सांसद लालविक्रम थापा र जिल्ला संगठन विभाग प्रमुख मोहन निरौलाको निर्देशनमा मनोमानी ढंगले प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् । आरोप अनुसार पार्टी केन्द्रले वैशाख २७ गतेभन्दा अगाडि गठन भएका विभागहरूलाई मात्र अधिवेशन प्रतिनिधि चयन गर्ने अधिकार दिने स्पष्ट निर्देशन जारी गरेको थियो। तर उक्त निर्देशनलाई बेवास्ता गर्दै इटहरी नगर समितिले जेठ १ गते सूचना प्रकाशित गरी पछि गठन भएका विभागबाट समेत प्रतिनिधि छनोट गरेको दाबी गरिएको

    • प्रकाशित मितिः जेठ २३, २०८३
    • २७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]