काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ । १४ चैतमा पक्राउ परेका ओलीलाई बिहीबार रिहा गरिएको हो। पक्राउ परेलगत्तै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मा भर्ना भएका उनलाई प्रहरीले परिवारको जिम्मा लगाएर मुक्त गरेको जनाएको छ। यसैगरी, ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस का नेता रमेश लेखक पनि पक्राउ परेको १३ औँ दिनमा रिहा भएका छन्। लेखकलाई अनुसन्धानका लागि आवश्यक पर्दा उपस्थित हुने सर्तसहित हिरासतबाट मुक्त गरिएको हो। यसले उनको रिहाइ पूर्ण स्वतन्त्रता नभई कानुनी निगरानीभित्र रहेको संकेत गर्दछ। नेपाल प्रहरीको नियन्त्रणमा रहेका लेखकलाई अन्ततः उनक
इटहरी। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपसभामुखमा चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुखमा आफ्नो पार्टीको दाबी रहेको बताउँदै आएको अध्यक्ष साम्पाङले बार्गेनिङ नभई चुनाव हुनुपर्ने बताएका छन्। उपसभामुख पदका लागि ११ बजेदेखि २ बजेसम्मको लागि समय तोकिएको छ। श्रम संस्कृतिसहित कांग्रेस, नेकपा र राप्रपाले पनि दाबी गर्दै आइरहेको छ। सत्तारुढ दल रास्वपाको झन्डै दुई तिहाइ बहुमत भएकाले जसले समर्थन गर्ने दलले नै जित्नेछ। रास्वपाले श्रम संस्कृति र राप्रपामध्ये एउटा दललाई सघाउने सम्भावना छ।
इटहरी । कोशी प्रदेशको प्रवेशद्वार मेचीनगर–१० काँकडभिट्टा क्षेत्रको विकासमा सरकारी स्वामित्वकै ‘राष्ट्रिय आवास कम्पनी’ (साविकको बस्ती विकास कम्पनी) मुख्य बाधक देखिएको छ । तीन दशकभन्दा लामो समयदेखि जग्गा व्यवस्थापनको नाममा स्थानीयलाई सास्ती दिएको र सार्वजनिक पूर्वाधार निर्माणमा अवरोध पुर्याएको भन्दै प्रदेश सांसद गोपाल तामाङले उक्त कम्पनी खारेजीको माग गर्नुभएको छ । सांसद तामाङले यस विषयलाई कोशी प्रदेशसभामा पनि गम्भीरतापूर्वक उठाउनुभएको थियो । वि।सं। २०४९ सालमा जग्गा व्यवस्थापनका लागि आएको तत्कालीन ‘बस्ती विकास कम्पनी’ अहिले मेचीनगरको समृद्धिका लागि समस्या बनेको भन्दै उहाँले ३३ वर्ष ब
इटहरी । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले पर्यटकीय क्षेत्रको बिकासमा काम गर्ने बताउनुभएको छ । बुधबारदेखि धनकुटाको भेडेटारमा पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा पर्यटन पत्रकारिता तालिमको उद्घाटन गर्दै मन्त्री पराजुलीले यस्तो बताउनुभएको हो।उहाँले पर्यटकीयस्थलको थप पहिचान गर्दै प्रदेश सरकारले कार्यक्रम बनाएर पर्यटन क्षेत्रको बिकास गर्ने बताउनुभयो । जुन प्रभावकारी ढंगले गर्नुपर्ने थियो, त्यो नभएकले प्रतिवद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । आगामी पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकाले निजी लगानीसँग समन्वय गरेर
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा। आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरु विरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले बताएको छ। हाल देउवा दम्पत्ति विदेशमा छन् । २१ फागुनको चुनाव अघि देउवा दम्पत्ति स्वास्थ्य उपचार गराउन भन्दै देउवा सिंगापुर गएका थिए । उनीहरु त्यहाँबाट हङकङ तर्फ लागेको समाचार पनि सार्वजनिक भएको थियो । यसअघि जेनजी आन्दोलन हुँदा शेरबहादुर देउवा र उनकी पत्नी आरजु माथि कुटपिट भएको थियो । बुढानीलकण्ठस्थित घरमा आगज
इटहरी । कोशी प्रदेश सरकारका बन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुलीलाई टेम्केमैयुङ गाउँपालिकाको तर्फबाट मुन्दुम पदमार्ग सहित विभिन्न विकास सम्बन्धी मागहरू प्रस्तुत गरिएको छ । भोजपुरमा आयोजना गरिएको प्रथम अल्ट्रा ट्रेल रेसको समापन कार्यक्रममा सहभागी हुन आउनुभएका मन्त्री पराजुलीलाई आइतबार गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले आधिकारिक रूपमा मागपत्र हस्तान्तरण गर्नुभएको हो। सो अवसरमा मुन्दुम पदमार्ग अन्तर्गत टेम्के क्षेत्रमा रहेको जीर्ण अवस्थामा पुगेको बेस क्याम्पको समेत मन्त्री पराजुलीलाई अवलोकन गराइएको थियो। उक्त बेस क्याम्पको पुनर्निर्माण तथा मर्मतका लागि करिब एक करोड रुपैयाँ बजेट विनियोजन गर्
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आइतबार सिंहदरबारस्थीत संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष राईले दलबाट छुटिएर एउटा साझा अभिभावकको रूपमा सवैलाई न्याय हुनेगरि नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाले अहिले पुरानो नभइ नयाँ खालको जनमत आएकाले सवै दललाई समान व्यवहार हुने उल्लेख गर्नुभयो । संसदमा फरक खालको व्यवहार भए प्रतिपक्षीको हैसियतमा आफुहरुले आवाज उठाउने उहाको भनाइ छ । अध्यक्ष राईले प्रतिनिधिसभा उपसभामुखमा आफ्नो पार्टीको पनि दावी र
इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङ राईले जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष राईले भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्नुभएको हो । उहाँले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिनुभयो । मुलुकमा सुशासन कायम गरी भ्रष्टचार अन्त्य गर्न सबै लाग्नुपर्ने उल्लेख गर्दै राईले सार्वभौमसत्ता र स्वाभिमानमा प
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका युवालाई लक्षित गरी ‘उदय परियोजना’ सञ्चालन गर्न लागिएको बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिका–३, बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमूर्तिसहितको पार्क बुधबार उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले नवप्रवर्तन कार्यक्रममार्फत युवा उद्यमीलाई लक्षित गरी उक्त परियोजना सुरु गर्न लागिएको जानकारी दिनुभएको हो ।मुख्यमन्त्री कार्कीले बिहीबार सुनसरीको इटहरीमा आयोजना हुने विशेष कार्यक्रममार्फत परियोजनाको शुभारम्भ गरिने बताउनुभयो । परियोजना अन्तर्गत प्रदेशका विभिन्न बैँकहरूको छनोट कार्य सम्पन्न भइसकेको र साना तथा मझौला युवा उद्यमीले ३० लाखद
काठमाडौँ । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।रिजालमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनमा दमन गरेको आरोप छ । आन्दोलनमा दमन गरेको भन्दै गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेको थियो । यसअघि सोही सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।यता, काठमाडौंका तत्कालीन सीडीओ रिजालले जेनजी आन्दोलनमा आफूले घुँडाभन्दा तल लक्षित रबरको गोली चलाउने मौखिक आदेश दिएको तर सिधै गोली चलाउने आदेश भने नदिएको बताएका छन् । जाँचबुझ आयोग
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.