काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । शनिबार काठमाडौैंको सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर उहाले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । सो क्रममा प्रधानमन्त्री कार्कीले घाइतेको उपचारमा कुनै पनि कमि हुन नदिन आग्रह गर्नुभएको थियो । युवाहरुको आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेको छ भने १७ सय भन्दा बढि घाइते भएका थिए । अहिले पनि २५० भन्दा बढि घाइतेको बिभिन्न अस्पतालमा भर्ना गरेर उपचार भइरहेको छ ।
भोजपुर । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अरुण गाउँ कार्य समितिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै हालै सम्पन्न Gen-Z आन्दोलनका क्रममा शहीद भएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।भदौ २३ र २४ गते देशभर भएको सुशासन र भ्रष्टाचार अन्त्यको मागमा केन्द्रित Gen-Z आन्दोलनलाई नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व घटनाको रूपमा स्मरण गर्दै, उनीहरूले ज्यान गुमाउने युवाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा संवेदना व्यक्त गरेका छन्। साथै, घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्।संयुक्त विज्ञप्तिमा आन्दोलनका मूल
इटहरी । देशव्यापी आन्दोलनमा उत्रेको जेनजी पुस्ताले ताप्लेजुङमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड गरेका छन् । सो समूहले सदरमुकाम फुङ्लिङमा रहेको कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालय मङ्गलबार राति तोडफोड गरेका हुन् । भ्रष्टाचार र सामाजिक सञ्जाल निस्क्रिय गरेको विरोधमा सोमबारदेखि प्रदर्शन सुरु भएको थियो । प्रदर्शनका क्रममा १९ जना युवाहरूको मृत्यु भएपछि जेनजी पुस्ताले आन्दोलनलाई थप उग्र बनाएका छन् । ताप्लेजुङमा पनि मङ्गलबार दिउँसो फङ्लिङमा प्रदर्शन र साँझ फङ्लिङ बजारको वीरेन्द्रचोकमा दीप प्रज्ज्वलन गरी मृतकप्रति श्रद्धाञ्जली व
काठमाडौँ । जेनजी पुस्ताका नाममा भएको आन्दोलनका क्रममा घरभित्र थुनेर जिउँदै आगो लगाइएकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती राज्यलक्ष्मी चित्रकारको निधन भएको छ । डल्लुस्थित घरभित्रै रहेको अवस्थामा आन्दोलनकारीले आगो लगाइदिएका थिए । आगोका कारण घरभित्रै जलेकी उनको गम्भीर अवस्थामा उपचारका क्रममा ज्यान गएको हो । उनलाई उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उनको नाजुक अवस्थामा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनुभएको छ । हिजोदेखि शुरू भएको ुजेन जीु युवा पुस्ताको आन्दोलन चर्किएपछि ओलीले राष्ट्रपति रामचन्द्र पोडेललाई राजीनामा बुझाउनुभएको हो । उहाँको सचिवालयले राजीनामा सार्वजनिक गरेको छ । ओली गएको वर्ष असारमा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । ुजेन जीु प्रदर्शनमा भएको अत्यधिक बल प्रयोग र एकैदिनमा ठूलो सङ्ख्यामा मानिसहरू मारिएपछि विपक्षीसहित सत्ता साझेदार कांग्रेसका नेताहरूले समेत प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए । चार जना सङ्घीय मन्त्रीले सरकार छोडेपछि प्रधानमन्त्री ओलीले राजीनामा दिनुभएको हो । जेन जीु प्रदर्शनकारीहरूले प्रधानमन्त्रीक
मधेस । मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा दिएका छन् । जनमतका अध्यक्ष डा। सीके राउतको निर्देशनमा उनले राजीनामा दिएका हुन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन्। जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो। मंगलबार जारी विज्ञप्तिमा रास्वपाले निहत्था युवामाथि भएको आमहत्याको घोर निन्दा गर्दै वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको निष्कर्ष निकालेको छ।रास्वपाले पाँच बुँदे प्रस्ताव अघि सारेको छः१० प्रधानमन्त्रीको तत्काल राजीनामा,२० निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन,३० सर्वपक्षीय नागरिक सरकार गठन,४० प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री तथा काठमाडौंका प
काठमाडौँ । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले कोटेश्वर स्थित माधव कुमार नेपालको घरमा आगजनी गरेका छन् । पूर्व प्रधानमन्त्री नेपालको घरमा आन्दोलनकारीहरूले तोडफोड पछि आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
काठमाडौँ। राप्रपाको सङ्घ र प्रदेशका ४२ सांसदले राजीनामाको तयारी थालेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजीनामा दिनका लागि उच्चस्तरीय परामर्श थालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले संविधानको औचित्य नै समाप्त भएकाले सांसद रहिरहन उचित नदेखिएकाले राजीनाको तयारी थालिएको बताए । सम्भवतः आजै राजीनामा हुने बताइएको छ।
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उपत्यका लगायत देशभर यात्रुवाहक र मालवाहक सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन नगर्नरनगराउन निर्देशन दिएको छ। आज एक विज्ञप्ति जारी गर्दै महासंघले नेपाल सरकारबाट शान्ति सुरक्षाको प्रत्याभुति भए पश्चात मात्र यातायात सेवा सुचारू गर्न समेत भनेको छ। ‘नेपाल सरकारबाट विभिन्न स्थानमा कर्फ्यु आदेश भएको हुँदा उपत्यका लगायत देशभर सञ्चालित सार्वजनिक यातायात र ढुवानी मालवाहक सवारी साधनहरू सञ्चालन गर्न असहज परिस्थिति सृजना भएको’ विज्ञप्तिमा उल्लेख छ। नजिकिँदै गएको चाडपर्वहरूमा सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने वातावरण बनाई सरकार समक्ष
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.