समाज

    Showing १,९११-१,९२० of १०,३४३ items.
  • ताप्लेजुङमा विपन्न परिवारलाई जस्तापाता वितरण

    इटहरी ।  ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । पालिकाभित्र बसोबास गर्ने अति विपन्न परिवारलाई गाउँपालिकाले जस्तापाता वितरण गरेको हो । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार पालिकाका सात वटै वडाका ६० घर विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । वटा १ कालिखोलामा सात परिवार र वडा २ सादेवामा आठ परिवारलाई जस्तापाता वितरण भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी वडा ३ आङ्खोप, वडा ४ साब्लाखु, वडा ५ लिम्बुदिन, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा विपन्न नौ–नौ परिवारलाई जस्तापाता वितरण गरिएको छ । घरको छाना छाउ

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १२० पटक पढिएको
  • पक्राउपछि ओली त्रिवि अस्पतालमा भर्ना

    काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

    • प्रकाशित मितिः चैत १४, २०८२
    • १६३ पटक पढिएको
  • भोजपुर र खोटाङको सिमानामा रहेको तावाभञ्ज्याङ्गलाई स्थानीय सरकारले संरक्षण गर्ने

    इटहरी । भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको तावाभञ्ज्याङ्ग पर्यटकीय क्षेत्र बन्दै गएको छ ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिका वडा नम्बर –३ मा रहेको तावाभञ्ज्याङ्ग  किराती सभ्यता सँग जोडिएको मान्यता रहेको छ । यहीँ सहिद स्तम्भ पार्क र चिन्डो पोखरी समेत निर्माण गरिएको छ । चिन्डो पार्कको निर्माण २०७३ सालमा निर्माण गरिएको हो । मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो । यहाँ साकेला सिलि नाच समेत नाचिन्छ । नजिकैको सेल्मे डाँडामा बसन्त ऋतुमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ ।  तावाभञ्ज्याङमा निर्माण गरेको सहिद पार्क र चिन्डो पोखरीले पर्यटकको आकर्षक केन्

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५८ पटक पढिएको
  • झापाको कन्काई नगरपालिकालाई रामनवमी कपको उपाधि

    इटहरी । धनकुटाको हिलेमा जारी १८ औँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाको कन्काइ नगरपालिकाले जितेको छ ।हिले भलिवल क्लवको आयोजनामा सम्पन्न कोशी प्रदेश स्तरीय अन्तरपालिका स्तरिय भलिवलको शुक्रबार सम्पन्न फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा कन्काइ नगरपालिकाले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई २५—१७, २५—२२, २५—१८ को सेटले पराजित गर्दै उपाधि उचालेको हो। प्रतियोगिताको विजेता कन्काइ नगरपालिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले नगद

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १९८ पटक पढिएको
  • नेपालमा एथर ‘रिज्टा एस’ औपचारिक रूपमा सार्वजनिक

    इटहरी । नेपालमा इलेक्ट्रिक दुई–पहिया बजारलाई थप विस्तार गर्ने उद्देश्यका साथ वैद्य एनर्जी प्रा. लि. ले नयाँ स्कुटर एथर ‘रिज्टा एस’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । भारतीय कम्पनी एथर एनर्जी लिमिटेडद्वारा उत्पादित यो स्कुटर परिवार लक्षित प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । एथर ‘रिज्टा एस’  को मूल्य  २ लाख ९४ हजार ९ सय तोकिएको छ । तर, लन्च अफर अन्तर्गत पहिलो १५० ग्राहकले २० हजारसम्मको छुट पाउनेछन्, जसले प्रभावकारी मूल्य  २ लाख ७४ हजार ९ सय ९९ पुग्नेछ । साथै, ग्राहकलाई ०% ब्याजदरमा फाइनान्सिङ, एक्सचेन्ज र नगद छुटको सुविधा पनि उपलब्ध गराइएको छ । एथर ‘रिज्टा एस’ मा अटो होल

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५० पटक पढिएको
  • ताप्लेजुङमा सुक्खा पहिरोले मेची राजमार्ग अवरुद्ध, सयौं सवारी साधन रोकिए

    इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार ९आज० मध्यान्ह १२ः३० बजेतिर माथिबाट झरेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो ।ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चट्टानसहित सुक्खा पहिरो झरेर मेची राजमार्गको काबेली–मेवाखा–ल्याङ्बा–फुङ्लिङ खण्ड अवरुद्ध बनेको छ । राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रिने यातायातका साधन रोकिएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।उहाँका अनुसार सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको खबर हुनासाथ तत्काल तमोर कोरिडोर

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १६७ पटक पढिएको
  • ताप्लेजुङबाट निर्वाचित सांसद थेबेको पहिलो पारिश्रमिक विद्यालयलाई

    इटहरी ।  ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने हुनुभएको छ । प्रतिनिधिसभा सदस्यको रूपमा बिहीबार शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गर्नुभएको हो । विद्यालयका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वासका साथ आफ्नो पारिश्रमिक सहयोग गर्ने उहाँले बताउनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार थेबे एक मात्र निर्वाचन क्षेत्र रहे

    • प्रकाशित मितिः चैत १३, २०८२
    • २४९ पटक पढिएको
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन

    इटहरी । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको सपथ गराउनुभयो । सो अवसरमा डा। स्वर्णिम वाग्ले अर्थमन्त्री, सुधन गुरूङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री, सुनील लम्साल भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री, विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, खड्गराज पौडेल संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधि एवं खेलकुदमन

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १८४ पटक पढिएको
  • कांग्रेसले आफ्ना सांसदका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

     इटहरी । नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ मा बसेको बैठकले गरेको निर्णयानुसार पार्टी शनिबार बिहान ११ बजे उक्त कार्यक्रम आयोजना गरिएको हो । पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिवले विज्ञप्ति जारी गरी शनिबार कार्यक्रम हुने कार्यक्रममा अनिवार्य सहभागिताका लागि प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यहरूलाई आग्रह गरिएको बताउनुभयो ।

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १४८ पटक पढिएको
  • सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

    इटहरी। सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइएको छ। चैत्रशुक्ल नवमीको अवसरमा भगवान् श्रीरामको जन्म भएको सम्झनामा पूजा–अर्चना र मेला आयोजना गरिएको हो।रामनवमी पर्व त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्रीरामको जन्म भएको दिनको सम्झनामा मनाउने गरिन्छ। हिन्दु समुदायका स्थानीयहरूले घरघरमा रामको मूर्ति बनाएर पूजा–अर्चना गरेका छन्। सुनसरीको कोशी गाउँपालिका–१, लौकहीमा रामजानकी मन्दिरमा भव्य पूजाआजा र रामजानकी रथ यात्रा निकालिएको छ। यसैगरी, रामधुनी मन्दिरमा नेपाल, भुटान र भारतबाट आएका भक्तजनहरूको ठूलो सहभागि

    • प्रकाशित मितिः चैत १३, २०८२
    • १५९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]