समाज

    Showing २,२७१-२,२८० of ९,३५२ items.
  • सुन्दरहरैंचामा खुल्यो टुरीजम होटल एण्ड हसिना खाजा घर

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका ५ स्थित पर्यटकीय, धार्मिक, साँस्कृतिक तथा जैविक विविधताको हिसाबले महत्त्वपूर्ण क्षेत्र हसिना सिमसारमा हसिनापार्क टुरीजम होटल एण्ड हसिना खाजा घर संचालनमा आएको छ । अत्याधुनिक प्रबिधिको तथा गुणस्तरीय सेवा सुबिधाले सु–सम्पन्न भएको टुरीजम होटल एण्ड हसिना खाजा घर स्वेदेशी तथा विदेशी खानाका पारखी पाहुनाहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याईएको होटलका संचालक ज्ञान बहादुर बिष्टले जानकारी दिनुभयो  । बिशेष गरी हसिना सिमसार घुम्न तथा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढीरहेको र यस ठाउँमा सुविधा सम्पन्न होटल नभएकाले घुम्न आ

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २२४ पटक पढिएको
  • टेम्केमैयुङका ७२ महिला स्वास्थ्य स्वयमसेविका सम्मानित

    इटहरी । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले समुदायिक स्वास्थ्य प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका ७२ जना महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । स्थानीयस्तरमा स्वास्थ्य सेवा अभिवृद्धिमा उनीहरूले खेलेको सक्रिय भूमिकाको कदर स्वरूप गाउँपालिकाले कदरपत्र र न्यानो कपडा प्रदान गरेको हो । नागरिकस्तरमा महिला स्वयम सेविकाहरुले पु¥याएको कदरसँगै मनोवल उच्च बनाउने लक्ष्यले नौ वटै वडाका स्वयमसेविकालाई सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो। स्वयमसेविकाहरूले परिवार नियोजन, मातृ स्वास्थ्य, खोप अभियान, पोषण सुधार तथा स्वास्थ्य सचेतनामा देखाएको सक्रियता महत्वपूर्ण रहेक

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • १९० पटक पढिएको
  • वराहक्षेत्र नगर अस्पतालबाट बिशेषज्ञ सहितको दन्त सेवा सुरु , सेवा बढाउदै अस्लताल ग्रामिण क्षेत्रका नागरिकलाई सुविधा

    इटहरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहनुभएका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गर्र्नुुभएको  हो । शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २३५ पटक पढिएको
  • पोखरीमा महिलाको शव फेला

    इटहरी । मोरङको जहदा गाउँपालिका–५ सोहलस्थित एक पोखरीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।  आज (शनिबार) बिहान करिब ८ बजे स्थानीयले पोखरीमा करिब ४५–५० वर्षको महिला डुबेको अवस्थामा देखेपछि घटना सम्बन्धी जानकारी प्रहरी चौकी मझारेमा दिएका थिए। सूचना पाएपछि प्रहरी चौकी मझारेका प्रहरी साहयक निरीक्षक शेखर कार्कीको कमाण्डमा प्रहरी टोली घटना स्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ। थप प्राविधिक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन मोरङ जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमाण्डमा टोली खटिएको प्रहरीले जनाएको छ। कानुनी प्रक्रिया अघि बढाइरहेका बेला मृतकको परिचय खुलेको छ।

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • १४३ पटक पढिएको
  • ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी

    इटहरी। ओखलढुंगाको ढेबुवाका स–साना विद्यार्थी ‘रबरबोट’को भरमा दैनिक सुनकोशी नदी पार गरेर सिन्धुलीका विद्यालयमा पढ्न जान बाध्य छन् ।  ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुंगे  पुल गत वर्ष असोजको बाढीले बगाएपछि ढेबुवाका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् । गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थी छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गंगा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् । बाढीले पुल बगाएपछि विद्यार्थी लामो समय पढाइबाट वञ्चित

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २११ पटक पढिएको
  • भोजपुर कोटमा निःशुल्क स्वास्थ्य शिविर

    इटहरी। जनस्तरसम्म स्वास्थ्य सेवा पु(याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गाउँका सर्वसाधारणलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ श्रीनाथ गणले एकदिने स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको हो । स्वास्थ्य सेवा पहुँचबाट टाढा रहेका ग्रामीण भेगका नागरिकलाई विशेषज्ञ सेवा पु(याउँदै समुदायसँगको आत्मीयता थप मजबुत बनाउनु शिविरको मुख्य लक्ष्य रहेको सेनाले जनाएको छ । शिविरमा नेपाली सेनाको नेतृत्वसँगै, गाउँपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, सिद्धकाली फार्मेसी, जिल्ला आयुर्वेदिक अस्पताल तथा स्थानीय स्वा

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • १६४ पटक पढिएको
  • झापामा श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान गम्भीर घाइते

     इटहरी ।  झापाको शिवसताक्षीमा मध्यराति श्रीमतिको बाम्फोक प्रहारबाट श्रीमान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । शिवसताक्षी नगरपालिका वडा नं। ११ झिलझिलेमा शुक्रबार राति करिब १२ बजे सामान्य घरायसी विवादका क्रममा ४४ वर्षीया श्रीमती कमला तामाङले ३३ वर्षीय श्रीमान टंकबहादुर सुब्बामाथि धारिलो हतियार बाम्फोक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । बाम्फोक प्रहारबाट टंकबहादुरको दाहिने खुट्टामा गहिरो चोट लागेको र बिएण्डसी अस्पता बिर्तामोडमा उपचार भइरहेको प्रहरीको भनाइ छ । घाइतेको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । घटनामा संलग्न श्रीमति कमल

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २३६ पटक पढिएको
  • सेसेलुङ महिला गोल्ड कप, मेरिङदेन र फुङलिङ फाइनल प्रवेश

    इटहरी । ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कपको उपाधिका लागि मेरिङदेन गाउँपालिका र फुङलिङ नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ । शनिबार हुने फाइनल खेलमा मेरिङदेन र फुङलिङ आमने सामने हुने भएको हो । बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा पाथीभरा याङवरक गाउँपालिकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गर्दै मेरिङदेन फाइनलमा प्रवेश गरेको हो । यस्तै फुङलिङले बुधबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा मैवाखोला गाउँपालिकालाई २–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतियोगिताको विजेताले नगद दुई लाख दुई हजार ८२ रुपियाँ र उपविजेताले एक लाख दुई हजार ८२ रुपियाँसहित ट्रफी

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • १९० पटक पढिएको
  • एमाले मोरङले फोटो–भिडियोसहित प्रहरीमा जाहेरी दियो

    इटहरी । गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलनका क्रममा मोरङ जिल्लाभित्रका नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पार्टी कार्यालय, निजी, सार्वजनिक र सरकारी सम्पत्तिको तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै एमाले मोरङले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाललाई एमालेका १४ वटा जनसङ्गठनका अध्यक्षले सामूहिक रूपमा जाहेरी बुझाएका हुन् । आन्दोलनका व्रmममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नको विवरणसहित एमालेले कारबाहीको माग गर्दै जाहेरी दिए

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २४३ पटक पढिएको
  • स्थानीय महिलाको सीप अभिवृद्धि, दिक्तेल बजारमा मुढा बनाउने तालिम

    इटहरी ।  बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिनुभयो । तालिममा सहभागी महिलालाई घर त

    • प्रकाशित मितिः मंसिर २०, २०८२
    • २१३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]