समाज

    Showing २,३५१-२,३६० of ९,३५२ items.
  • इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु

    इटहरी । सुनसरीको सदरमुकाम इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको छ । स्थानीय नागरिकहरुले तीन दशकदेखि राजनीतिक मुद्धा बनेको तर सडक नबनेको भन्दै इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी चौकबाट आन्दोलन सुरु गरेको हो । सदरमुकाम इनरुवादेखी सीमावर्ती कप्तानगञ्जसम्मको करिव २४ किलोमिटर सडक इनरुवा–कौवाखोच सडक तत्काल निर्माण गर्न दबाबका लागि आन्दोलन सुरु गरेको नागरिक अगुवा दिलिपचन्द साहुले जानकारी दिनुभयो । साहका अनुसार इनरुवा–कौवाखोच सडक निर्माण सर्घष समिति गठन भेला सहित आन्दोलन सुरु गरेको हो । पूर्व संघीय प्रतिनिधि सभा सदस्य असोक चौधरी सहित स्थानीय तहका

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २७२ पटक पढिएको
  • जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी स् पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ

    इटहरी ।  जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी घटनामा संलग्न भएको आरोपमा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पक्राउ परेका छन् । अन्सारीसँगै नेपाली कांग्रेस र नेकपा एमाले निकट स्थानीय कार्यकर्ता पनि पक्राउ परेका छन् । मोरङ प्रहरीका अनुसार आवास पौडेल, अरुण साह, राजीव यादव र महेश नेपाल पनि पक्राउ परेका छन् । मोरङ प्रहरीले पाँचै जनालाई आइतबार साँझ पक्राउ गरेको हो । उनीहरू मोरङ जिल्ला अदालतसहितका सरकारी कार्यालयमा आगजनी र तोडफोडमा आबद्ध भएको आरोप छ । अन्सारी घटना भइरहँदा तत्कालीन माओवादी केन्द्र ९हाल नेकपा०का सांसद अमनलाल मोदीका स्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २४८ पटक पढिएको
  • सुनसरीको रामधुनीबाट शैक्षिक भ्रमण गएको गाडी दुर्घटना

    इटहरी । सुनसरीको रामधुनीबाट विद्यार्थी बोकेर शैक्षिक भ्रमणमा गएको गाडी दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । शैक्षिक भ्रमणमा तेह्रथुम पुगेर सुनसरीतर्फ फर्किदैँ गरेको को १ ख ५३१३ नम्बरको बस कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आफैं अनियन्त्रित भएर आइतवार दिउँसो ४ः२५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त बस सुनसरीको रामधुनी नगरपालिका–५ स्थित पिंक लोटस इङ्लिस बोर्डिङ स्कुलले भ्रमणमा लगेको हो । बसमा चालकसमेत गरेर अन्दाजी ४१ जना रहेको जनाइएको छ । सडकबाट तल खसेको बसमा सवार व्यक्तिहरू घाइते भएपनि मानवीय क्षति भने भएको छैन । दुर्घटनामा परेर घाइते भएकालाई

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • १८६ पटक पढिएको
  • मोरङ कारागारमा पाँच महिनामा १४ थुनुवाको मृत्यु

    इटहरी । मोरङको जिल्ला कारागारमा अर्का थुनुवाको मृत्यु भएको छ। लागूऔषध मुद्दामा थुनामा रहेका उर्लाबारी–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको शनिबार दिउँसो कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। शरीर सुन्निने र सास फेर्न कठिन भएको उनीलाई मंसिर ७ गते आईसीयूमा भर्ना गरिएको थियो। साउन ३० देखि पुर्पक्षका लागि कारागारमा राखिएका दर्जीको मुद्दा अझै विचाराधीन थियो। यससँगै वैशाखयता मोरङ कारागारमा मृत्यु हुने कैदी–थुनुवाको संख्या १४ पुगेको छ। दुई दिनअघिमात्रै तेजबहादुर राई र हर्कजंग लिम्बूको पनि उपचारका क्रममा मृत्यु भएको थियो। कारागारमा कैदी–थुनुवामध्ये शरीर सुन्निने, सास फेर्न गाह्रो हुने र छाती दुख्न

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • १९९ पटक पढिएको
  • धनकुटाबाट छानिए १३ जना महाधिवेशन प्रतिनिधि

    इटहरी। नेकपा ९एमाले० को ११ औं राष्ट्रिय महाधिवेशनका लागि धनकुटाबाट १३ जना प्रतिनिधि छनौट भएका छन् । सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट प्रतिनिधि छनौट गरिएको हो । खुल्लातर्फ शिव आङ्ला, चिन्तन तामाङ, पर्शुराम नेपाल, निरन राई, खजिन्द्र राई, शान्तिराम गौतम र अर्जुन छाराहाङ निर्वाचित भएका छन् । महिलातर्फ तुलसी राई, निर्मला इवाहाङ, गोमा कार्की र सम्झना आले निर्वाचित हुनुभयो। युवातर्फ सरोज राई निर्वाचित हुनुभयो भने दलिततर्फ नैन विश्वकर्मा सर्वसम्मत हुनुभएको एमाले धनकुटाका प्रचार विभाग प्रमुख रविन कटेलले जानकारी दिनुभयो । यसैबिच, निर्वाचित प्रतिनिधिहरूलाई आज साँझ प्रमाणपत्र वितरण गरिएको छ । एमाले

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • २०२ पटक पढिएको
  • पूर्वी नाकाबाट १६ अर्बको सामान आयात, आठ अर्बको निर्यात

    इटहरी । पूर्वी नाका काँकरभिट्टाबाट चालु आर्थिक वर्षको चार महिनामा १६ अर्ब रुपियाँ बढीको मालवस्तु आयात हुँदा ८ अर्बको निर्यात भएको छ । चालु आव २०८२(८३ को साउन महिनादेखि कात्तिक मसान्तसम्म १६ अर्ब दुई करोड पाँच लाख तीन हजार बराबरको मालवस्तु आयात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो ।  गत आवको सोही अवधिको तुलनमा आयातमा १२।१२ प्रतिशत वृद्धि भएको छ भने निर्यात ४।१२ प्रतिशतले घटेको छ । चालु आवको चार महिनामा ८ अर्ब ९६ करोड सात लाख ३३ हजार बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ । गत आवमा सोही अवधिमा ८ अर्ब ३० करोड २७ लाख ८७ हजार बराबरको सामान

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • १७४ पटक पढिएको
  • भूमि अधिकार तथा श्रमिक संगठन सुनसरीद्वारा भूमि आयोग खारेजीविरुद्ध प्रधानमन्त्रीलाई ज्ञानपत्र

    सुनसरी | भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध भूमि अधिकार तथा श्रमिक संगठन नेपाल, जिल्ला कमिटी सुनसरीले प्रधानमन्त्रीका नाममा  जिल्ला प्रशासन कार्यलय सुनसरीलाई ज्ञानपत्र बुझाएको छ। संगठनका प्रतिनिधिहरूले आइतबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मनत्रपरिषद् कार्यलयका लागि जिल्ला प्रशासन कार्यलय सुनसरी सिडिओ बासुदेश घिमिरेलाई  ज्ञानपत्र हस्तान्तरण गरेका हुन्।२०८२ असोज २३ गते मन्त्रिपरिषद्ले आयोग खारेज गर्ने निर्णय गरेपछि भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको अधिकारमाथि प्रत्यक्ष प्रहार भएको संगठनको आरोप छ। संगठनका अनुसार आयोग खारेजी जनविरोधी, असंवै

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ५७६ पटक पढिएको
  • अन्तर्राष्ट्रिय सम्मेलनको प्रचारप्रसार गर्न विद्यार्थीद्धारा पदयात्रा

    इटहरी । नवप्रवर्तन, अनुसन्धान र उच्च शिक्षाको दिगोपनका लागि इटहरीमा सञ्चालित जनता बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन पुस ५ र ६ गते गर्ने भएको छ । अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनको प्रचारप्रसारका लागि पूर्वको नाम चलेको धार्मिक स्थल बराहक्षेत्रसँगै आसपासका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा विद्यार्थीहरुले शनिबार बिहानदेखि साँझसम्म पदयात्रा गरे ।  जनता बहुमुखी क्याम्पस पूर्वकै महत्वपूर्ण शैक्षिक केन्द्रको रुपमा स्थापित भइरहँदा शैक्षिक, व्यवस्थापन, आर्थिक, सामाजिक, साँस्कृतिक, विज्ञान तथा प्रविधि क्षेत्रमा ज्ञानको खोजी गर्नका निम्ति सम्मेलन गर्न लागिएको हो । यसका

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ४०३ पटक पढिएको
  • फिक्कल बजारमा कपडा बैँक स्थापना

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारमा कपडा बैँक स्थापना गरिएको छ । “हुनेले दिने, नहुनेले लिने” नारासहित आइतबार सिनियर टीम फिक्कलको पहलमा कपडा बैँक स्थापना गरी उद्घाटन गरिएको हो । कपडा बैँकको कार्यक्रमबिच सूर्योदय नगरपालिकाका नगर उपप्रमुख दुर्गाकुमार बरालले उद्घाटन गर्नुभयो । जाडोयाममा लुगा अभावमा कठिनाइ भोगिरहेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको बैँकमा घरमा प्रयोग नभएका कपडा डोनेसन गर्न आह्वान गरिएको छ । कार्यक्रममा नगर उपप्रमुख बरालले गरिबीको रेखामुनी रहेका नागरिकलाई कपडा बैँक स्थापना भएपछि सहज भएको बताउनुभयो । कार्यक्रमका संयोजक राजन प्रधानले बैँकलाई चाँडै कानुनी

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • २८४ पटक पढिएको
  • गुफापोखरीमा तीन जिल्लाका सुरक्षा अधिकारीको संयुक्त छलफल

    इटहरी ।  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन र शान्ति–सुरक्षाका विषयमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको छ । ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभा जिल्लाका सुरक्षा निकायका प्रमुखबीच गुफापोखरीमा छलफल भएको हो ।फागुन २१ को निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले अपनाउनुपर्ने रणनीतिका विषयमा तीनै जिल्लाका सुरक्षा अधिकारीबीच छलफल भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंले बताउनुभयो ।  छलफलमा ताप्लेजुङबाट प्रमुख जिल्ला अधिकारीसहित सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोद प्रकाश पाठक, प्रमुख अनुसन्धान अधिक

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • १९९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]