इटहरी । झापाका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई युवकको मृत्यु भएको छ।कचनकवल गाउँपालिका–३ पाँचबिगेका २४ वर्षीय कमल गदाइलीको जंगली हात्ती रोकथामका लागि आफ्नै बारीमा राखिएको विद्युतीय तारमा करेन्ट प्रवाह हुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार गएराति करिब ९ बजे अचानक करेन्ट लागेर गम्भीर घाइते भएका गदाइलीलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। अस्पतालमा चिकित्सकले परीक्षण गर्दा उनको मृत्यु भइसकेको घोषणा गरेका थिए। उनको शव हाल प्रादेशिक अस्पतालमै राखिएको छ। घटनाबारे प्रहरी चौकी पथरियाको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।य
इटहरी । हुलाकी राजमार्गमा भएको सवारी दुर्घटनाले मोरङको एउटै गाउँका दुई परिवार शोकमा डुबेका छन्।झापाको गौरीगन्ज–२ कृष्ण खोला नजिक शुक्रबार कार र मोटरसाइकल ठोक्किँदा मोरङको रतुवामाई नगरपालिका–५ गोविन्दपुरका दुई जनाको ज्यान गएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक ३० वर्षीय मोहमद नुर स्लाम र पछाडि सवार ३५ वर्षीय एनबी मोजाबुल हक रहेका छन्। दुवै एउटै स्थानका बासिन्दा हुन्।प्रहरीका अनुसार पूर्वतर्फ जाँदै गरेको प्र।१–०२–००२ च ५१०१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ३८ एच ५५४७ को मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १ बजेतिर ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका स्लामक
इटहरी । सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योग नौ दिनदेखि प्रशासनिक नेतृत्वविहीन अवस्थामा छ । गत असार २४ बाट निमित्त महाप्रबन्धक कोविद काफ्ले अनिवार्य अवकाशमा गएको र उद्योग मन्त्रालयद्वारा नयाँ कार्यालय प्रमुख नियुक्त नहुँदा उद्योगको उत्पादन बिक्री र दैनिक सम्पादन गर्नुपर्ने प्रशासनिक र आर्थिक कामसमेत ठप्प भएको छ । उद्योगका सातौँ तहका कर्मचारी वीरबहादुर कार्कीका अनुसार आठौँ तहका वरिष्ठ कर्मचारी वैद्यनाथ झाले खानी नवीकरणका लागि अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण लगानी व्यवस्था कार्यालयले दिने ऋण तमसुकमा हस्ताक्षर गर्ने अख्तियारी पाउनुभएको छैन । पछिल्लो समय चरम आर
इटहरी । कोशी प्रदेशमा यस वर्ष समयमै मनसुन सक्रिय भएसँगै धान रोपाइँ उत्साहजनक रूपमा अघि बढे पनि जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढ्दै गएको सरोकारवालाले बताएका छन्।उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार हालसम्म धान रोप्न योग्य क्षेत्रफलमध्ये ५४ प्रतिशतमा रोपाइँ सम्पन्न भएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा करिब दुई प्रतिशत बढी हो। समयमै वर्षा भएकाले बाँकी क्षेत्रमा पनि रोपाइँले तीव्रता लिने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको खाद्य सुरक्षा महाशाखाका प्रमुख प्रकाश मरासिनीले पछिल्ला वर्षहरूमा धान भित्र्याउने समयमा हुने असमयको वर्षाका कारण किसानले उत्पादन र गुणस्तर
इटहरी । अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको वर्षाका कारण फुरुम्बुको ओठेखोला क्षेत्रमा पहिरो जाँदा सडक र विद्युत अवरुद्ध बनेको हो ।फुरुम्बुका वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार सडकभन्दा माथिबाट झरेको पहिरो ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध बनेको छ । फुरुम्बुस्थित आठे, निभारे, कार्कीचौक हुँदै वैशाखे जोड्ने ग्रामीण सडक पहिरोका कारण अवरुद्ध बनेपछि शनिबार बिहानदेखि यातायात सेवा ठप्प भएको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।पहिरोले सडकसँगै विद्युत सेवा पनि अवरुद्ध भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहा
इटहरी । काठमाडौंस्थित इस्लिङ्टन कलेजको नाट्यगृहमा सफलतापूर्वक मञ्चन भई दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलेको नाटक ‘पापशाला’ अब इटहरीमा मञ्चन हुने भएको छ। विश्व आदर्श कलेजको ला. भा. तथा एस. क्यु. सि. ग्रुपको आयोजनामा आगामी आइतबार र सोमबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे र दिउँसो ३ बजे गरी दुई-दुई शो प्रस्तुत गरिनेछ। काठमाडौंमा भएको मञ्चनमा चर्चित अभिनेत्री रिचा शर्मा, वरिष्ठ कलाकार हेमन्त बुढाथोकी, साहित्यकार सुरज सुबेदी लगायत साहित्य, कला र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। नाटकले दर्शकबाट समेत अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरी उल्लेखनीय
इटहरी । मोरङको गछियास्थित सेश नारायण दिव्यधाम तथा आचार्य सेवा गुरुकुलमा लायन्स÷लियो क्लब अफ इटहरी पाथीभरा र लायन्स÷लियो क्लब अफ इटहरी एक्टिभको संयुक्त आयोजनामा वृक्षरोपण तथा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम अन्तर्गत विभिन्न प्रजातिका १०० वटा बिरुवा रोपिनुका साथै दिव्यधामलाई कापी, कलम, चिउरा, चामल लगायत खाद्यान्न तथा शैक्षिक सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी का सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन उदय नारायण बराल रहनुभएको थियो। विशिष्ट अतिथिमा डिष्ट्रिक्ट एडिसनल क्याबिनेट ट्रेजरर लायन लोकेन्द्र प्रसा
इटहरी । होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै युवालाई रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले इटहरीमा सञ्चालन भइरहेको २१ दिने निःशुल्क बारिस्टा तालिम प्रभावकारी रूपमा अघि बढिरहेको छ । नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा असार १४ गतेदेखि सुरु भएको उक्त तालिम साउन ८ गतेसम्म सञ्चालन हुनेछ। सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टले दुई चरणमा सञ्चालन गरिरहेको तालिममा ३० जना युवाको सहभागिता रहेको छ । तालिममा सहभागीहरूले कफी तयारी, बारिस्टा सीप, ग्राहक सेवा तथा कफी व्यवसाय सञ्चालन सम्बन्धी व्यावहारिक प्रशिक्षण प्राप्त गरिरहेका छन् । अनुभवी प्र
इटहरी । सुनसरी र झापामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ।सुनसरीको बराहक्षेत्र नगरपालिका–६ आइतबारेमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले राति छापा मारेको थियो। खोजतलासका क्रममा बराहक्षेत्र–६ का ३२ वर्षीय अशोक राई र ४६ वर्षीय ईश्वरकुमार कार्कीको साथबाट १।६७ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ।यस्तै, झापाको कचनकवल
इटहरी। झापाका स्थानीय तहमध्ये सबैभन्दा बढी रकमको बेरुजु देखिएको मेचीनगर नगरपालिकाले बेरुजु फछ्र्योटका लागि सम्बन्धित व्यक्ति तथा संस्थालाई ३५ दिनभित्र रकम दाखिला गर्न वा प्रमाणसहित फछ्र्योट गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र बेरुजु फछ्र्योट नगरे सरकारी बाँकीसरह जायजेथाबाट असुल गरिने नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले सूचना जारी गर्दै नगरपालिकाको बेरुजु लगतमा नाम उल्लेख भएका व्यक्ति, संघ–संस्था, उपभोक्ता समिति, निर्माण व्यवसायी तथा अन्य सरोकारवालालाई ३५ दिनभित्र आर्थिक प्रशासन शाखा वा आन्तरिक लेखा परीक्षण शाखामा उपस्थित भई बेरुजु रकम दाखिला गर्न वा फछ्र्योटको प्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.