समाज

    Showing ७११-७२० of १०,२८५ items.
  • फौजी किराले धनकुटामा १२ प्रतिशत मकैबाली नष्ट

    इटहरी। धनकुटाको तल्लो भेगका किसान खडेरीसँगै फौजी किराको दोहोरो मारमा परेका छन्। पर्याप्त वर्षा नहुँदा सुक्न थालेको मकैबालीमा फौजी किराको प्रकोप बढेपछि ठुलो क्षति भएको छ।जिल्लाको प्रमुख खाद्यान्न बालीमध्ये मकै पहिलो स्थानमा रहेको छ। यही बालीमा दोहोरो समस्या देखिएपछि किसान चिन्तित बनेका छन्। कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार यस वर्ष जिल्लामा करिब १२ प्रतिशत मकैबाली नष्ट भएको छ। धनकुटामा कुल १३ हजार ४७० हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेकोमा करिब एक हजार ६०० हेक्टर क्षेत्रफलको बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो।उहाँका अनुसार जिल्लाको उच्च भेगमा खडेर

    • प्रकाशित मितिः असार २७, २०८३
    • १७५ पटक पढिएको
  • सुनसरीको चतरा–बराहक्षेत्र सडक खण्डमा पहिरो, मन्दिर जाने बाटो पूर्ण रूपमा अवरुद्ध

    इटहरी। अविरल वर्षासँगै गएको पहिरोका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित ऐतिहासिक बराहक्षेत्र मन्दिर जाने सडक अवरुद्ध भएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शुक्रबार दिउँसो चतरा–बराहक्षेत्र भित्री सडकखण्डको बराहक्षेत्र नगरपालिका–१ स्थित सत्र नम्बर क्षेत्रमा सडकमाथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि बराहक्षेत्र मन्दिरतर्फ हुने सवारीसाधन र सर्वसाधारणको आवतजावत पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले सूचना जारी गर्दै उक्त सडकखण्ड भएर यात्रा नगर्न र वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।प्

    • प्रकाशित मितिः असार २७, २०८३
    • १६१ पटक पढिएको
  • खोटाङमा घरायसी विवादमा खुकुरी प्रहार,३८ वर्षीय अधिकारीको मृत्यु, तीन जनामाथि कर्तव्य ज्यान मुद्दा

    इटहरी । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८ वर्षीय ध्रुव अधिकारीको मृत्य भएपछि हत्या आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् ।घरायसी विवादमा बिहीबार खुकुरी प्रहारबाट अधिकारीको मृत्यु भएपछि सोही ठाउँका ५७ वर्षीय तीलकबहादुर सार्की, उहाँकी श्रीमती ५२ वर्षीया भोटीमायाँ सार्की र छोरी २२ वर्षीया सीता सार्की पक्राउ पर्नुभएको हो  तीलकबहादुरलाई घटना लगत्तै पक्राउ गरिएको थियो भने, श्रीमती र छोरीलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिनुभयो ।अधिकारीको मृत्युपछि तीलकबहादुर आफैँले फोन गरेर प्रह

    • प्रकाशित मितिः असार २७, २०८३
    • ९५ पटक पढिएको
  • मोरङको लेटाङमा सडक अलपत्र पारेर भाग्न खोज्ने निर्माण कम्पनीका गाडी र उपकरण स्थानीयको नियन्त्रणमा

    इटहरी। मोरङको लेटाङ–वारङ्गी सडक अन्तर्गत गुवाबारी–भुवाखोला खण्डको सडक निर्माण सम्पन्न नगरी कम्पनीले भाग्ने प्रयास गरेको भन्दै स्थानीय उपभोक्ताले टिप्परलगायतका निर्माणमा प्रयोग भएका उपकरणको चाबी नियन्त्रणमा लिएका छन् ।यो सडक कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मोरङले भ्याटसहित ९८ लाख ८३ हजार ४४९।०७ रुपियाँमा ठेक्का लगाएको हो । २०८२ साल फागुन २६ गते ठेक्का लगाएको सडक २०८३ असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने थियो तर निर्माणको ठेक्का लिएको प्रतिभा कन्स्ट्रक्सनले सुरुदेखि नै काममा चरम लापर्बाही गरेको स्थानीयको आरोप छ । असार मसान्त आउन साता दिनभन्दा कम समय छ तर निर्माण कम्पनीले आधा

    • प्रकाशित मितिः असार २७, २०८३
    • १०२ पटक पढिएको
  • नवराज काफ्ले नेतृत्वको साझा समूहले सार्वजनिक ग¥यो प्रतिबद्धतापत्र, व्यवसायीमैत्री उद्योग वाणिज्य संघ निर्माण गर्ने घोषणा

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आसन्न निर्वाचनलाई लक्षित गर्दै नवराज काफ्ले नेतृत्वको साझा समूहले व्यवसायीहरूको हितलाई केन्द्रमा राखेर आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी उद्योग वाणिज्य संघलाई कुनै पनि राजनीतिक, सामाजिक, लैङ्गिक वा आर्थिक विभाजनको आधारमा सञ्चालन हुन नदिने स्पष्ट अडान व्यक्त गर्दै सम्पूर्ण व्यवसायीको साझा संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएको हो। विज्ञप्तिमा उद्योग वाणिज्य संघ इटहरीले विगत देखि व्यवसायीहरूको सद्भाव, एकता र व्यावसायिक अधिकारको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरिएको छ । इटहरी पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा

    • प्रकाशित मितिः असार २६, २०८३
    • ४५३ पटक पढिएको
  • रेडिमेड व्यवसायी संघ इटहरीको भेटघाट कार्यक्रममा व्यवसायीका समस्या र समाधानबारे व्यापक छलफल

    इटहरी । रेडिमेड व्यवसायी संघ इटहरीले उद्योगी–व्यवसायीबीच आपसी सहकार्य, समन्वय तथा व्यवसायिक समस्या र समाधानका विषयमा छलफल गर्ने उद्देश्यले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीको अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको अध्यक्षता रेडिमेड व्यवसायी संघ इटहरीका अध्यक्ष दामोधर रिमालले गर्नुभएको थियो। कार्यक्रममा इटहरीका रेडिमेड व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी व्यवसायीहरूले पछिल्लो समय व्यापार क्षेत्रमा देखिएको मन्दी, अनलाइन व्यापार सँगको प्रतिस्पर्धा, बज

    • प्रकाशित मितिः असार २६, २०८३
    • १८७ पटक पढिएको
  • मोरङको जहदाबाट १९ किलो गाँजासहितको कार बरामद, सशस्त्र प्रहरी देखेपछि चालक फरार

    इटहरी ।  मोरङको जहदा गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरिएको कारबाट १९ किलोभन्दा बढी गाँजा बरामद भएको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले कार रोक्न खोजेपछि चालक भने सवारीसाधन छाडेर फरार भएका छन्।सशस्त्र प्रहरी बलका अनुसार जहदा गाउँपालिका–१ नयाँ बस्तीबाट बिहीबार राति करिब ८ः५० बजे बा १२ च ७५५२ नम्बरको कार नियन्त्रणमा लिइएको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ९बीओपी० मधुमल्लाबाट सई भोलाबहादुर कार्कीको नेतृत्वमा खटिएको मोटरसाइकल गस्ती टोलीले कुलरिया नाका हुँदै भारततर्फ जाँदै गरेको कारलाई शंका लागेपछि रोकेको थियो।चालक प्रहरी टोलीलाई देख्नासाथ कार छाडेर फरार भएपछि गरिएको खानतलासीका क्रममा

    • प्रकाशित मितिः असार २६, २०८३
    • १७१ पटक पढिएको
  • झापाको साइनो सहकारीका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ, ६ करोड हिनामिनाको आशंकामा अन्य ७ जनामाथि पनि अनुसन्धान

    इटहरी ।   झापाको शिवसताक्षी नगरपालिका–८, झिलझिलेस्थित साइनो बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताको लाखौं रुपैयाँ हिनामिना भएको आरोपमा संस्थाका अध्यक्ष दिपककुमार मेन्याङ्बो लिम्बू पक्राउ परेका छन्।बचतकर्ताले दिएको उजुरीका आधारमा प्रहरीले असार १० गते लिम्बूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अध्यक्ष लिम्बूसहित सहकारीका आठ जना सञ्चालक तथा कर्मचारीमाथि पनि बचत रकम हिनामिना गरेको आरोप लागेको छ। फरार रहेका उनीहरूको खोजी तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारीबाट करिब ६ करोड रुपैयाँ बराबरको रकम अनियमितता भएको अनुमान गरिएको

    • प्रकाशित मितिः असार २६, २०८३
    • १८५ पटक पढिएको
  • उदयपुरको त्रियुगा नगरपालिकाद्वारा आर्थिक वर्ष २०८२/०८३ मा कुल बजेटको ८४.७६ प्रतिशत खर्च, पुँजीगततर्फ ७९.८६ प्रतिशत प्रगति

    इटहरी । उदयपुरको सदरमुकाम रहेको त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा कुल विनियोजित बजेटको ८४।७६ प्रतिशत खर्च गरेको छ। आर्थिक वर्ष समाप्तिसम्मको वित्तीय विवरणअनुसार नगरपालिकाले चालु तथा पुँजीगत दुवै शीर्षकमा उल्लेखनीय खर्च गर्दै समग्र बजेट कार्यान्वयनमा सन्तोषजनक प्रगति हासिल गरेको छ। नगरपालिकाकी लेखा अधिकृत विनया बस्नेतका अनुसार चालु र पुँजीगत गरी कुल १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार ३७३ रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब २९ करोड ९५ लाख ८२ हजार १९१ रुपैयाँ खर्च भएको छ, जुन कुल बजेटको ८४।७६ प्रतिशत हो।चालुतर्फ १ अर्ब ७ करोड ७० लाख ५४ हजार ५४० रुपैयाँ विनियोजन गरिएकोमा ८९ करोड ८८ लाख ६२ हजार

    • प्रकाशित मितिः असार २६, २०८३
    • १७५ पटक पढिएको
  • झापामा स्कुटी दुर्घटनाः एकको मृत्यु, एक गम्भीर घाइते

    इटहरी । झापाको कमल गाउँपालिकामा बिहीबार साँझ स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार साँझ करिब ७ बजे कमल गाउँपालिका–२ स्थित छलफल चोकको भित्री सडकमा केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे ११ प १६१८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा स्कुटीको पछाडि सवार धादिङको थाक्रे गाउँपालिका–११ स्थायी घर भई हाल कमल गाउँपालिका–६ बस्दै आएका ३० वर्षीय राजन तामाङको उपचारका लागि दमकस्थित निम्स अस्पताल पुर्‍याइएलगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनामा स्कुटी चालक इलामको माई नगरपालिका–१ स्था

    • प्रकाशित मितिः असार २६, २०८३
    • १३७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]