इटहरी । कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिज्म क्षेत्रमा सक्रिय युवा उद्यमी तथा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सिजन गुरुङले तरहराको पुरानो चौकीमा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा ल्याउनुभएको छ । स्थानीय उत्पादनलाई उपभोक्ता सम्म प्रत्यक्ष रूपमा पु¥याउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको फ्रेश हाउसले ताजा, स्वस्थ र गुणस्तरीय कृषि तथा पशुजन्य उत्पादनको बिक्री–वितरण गर्ने जनाएको छ। लामो समयदेखि कृषि, पशुपालन, माछापालन र एग्रो टुरिज्म क्षेत्रमा आबद्ध गुरुङले स्थानीय स्रोत र सम्भावनाको सदुपयोग गर्दै उत्पादनमुखी उद्यमशीलताको उदाहरण प्रस्तुत गर्दै आउनुभएको छ । उहाँले स
इटहरी। अविरल वर्षाका कारण धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरुद्ध भएको छ। सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने द्रुतमार्गका रूपमा परिचित यो सडक बिहीबार बिहान करिब ५ः३० बजेदेखि अवरुद्ध भएको हो। पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावा खोलामा पानीको सतह एक्कासि बढेपछि खोलामाथिको सडक डुबानमा परेको र सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार लगातारको वर्षासँगै आएको बाढीका कारण तमोर कोरिडोर तत्कालका लागि अवर
इटहरी । भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न कुटानीपिसानी मिलसहित विभिन्न आयआर्जनमूलक सामग्री वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत ‘व्यावसायिक तथा रोजगार प्रवर्द्धन कार्यक्रम’अन्तर्गत गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा उक्त सामग्री वितरण गरेको हो । स्थानीय तहले लक्षित वर्गको आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गरेको जनाएको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगारतर्फ उन्मुख गराई उनीहरूको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले सामग्री वि
इटहरी । नेपाल सरकारले २०७५ सालमा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा समावेश गरिएका पर्यटकीय स्थलमध्ये धनकुटामा पर्ने नमस्ते झरना र पटेकडाँडा सुनसान छन् । प्राकृतिक विपत्ति, अधुरा पूर्वाधार, बजेट अभाव, स्थानीय तहबिचको समन्वयकारी भूमिका र प्रचारप्रसार नहुँदा ‘सय पर्यटकीय गन्तव्य’ सूचीमा परेका पर्यटकीय स्थल सुनसान बनेका हुन् । नमस्ते झरनालाई स्थापित तथा प्रवर्धन गरिनुपर्ने गन्तव्यमा र पटेकडाँडालाई नयाँ विकास गरिनुपर्ने गन्तव्यमा सूचीकरण गरेको थियो । सूचीकरणपछि यस क्षेत्रको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्धनमा विशेष प्राथमिकता हुने अपेक्षा गरिएको थियो तर झन्डै एक दशक हुन लाग्दासमेत यी पर्यटकीय स्
इटहरी । इलामको माङसेबुङ गाउँपालिकामा आर्थिक वर्ष २०८२र८३ मा छ विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएका छन् । सङ्घीय सरकारको एक करोड २० लाखको लागतमा छ विद्यालयको पक्की भवन निर्माण सम्पन्न भएको शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक विद्यालय भवन २० लाखको लागतमा तीन कोठे एकतले पक्की भवन निर्माण भएका हुन् । यस वर्ष माङसेबुङ–१ स्थित वरभन्ज्याङ आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय, माङसेबुङ–२ स्थित इभाङ आधारभूत विद्यालय, माङसेबुङ–३ स्थित जनकल्याण आधारभूत विद्यलाय, माङसेबुङ–४ स्थित सरस्वती आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित चन्द्रेश्व
इटहरी । लगातारको वर्षापछि मेची राजमार्ग अन्तर्गत इलामको माई खोलास्थित राजदुवाली सडक खण्ड अवरुद्ध भएको छ। माथिबाट जमिन बग्ने समस्या दोहोरिँदै आएको यस क्षेत्रमा सडक चर्किनुका साथै विभिन्न स्थानमा भासिएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको हो। निरन्तर वर्षाका कारण उक्त सडक खण्डमा साना तथा ठुला कुनै पनि सवारी साधन सञ्चालन हुन नसकेको छ।राजदुवाली सडक खण्ड बन्द भएपछि इलामवासी चिन्तित बनेका छन्। वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको सिमलगोला–तिल्केनी सडकमा पनि हिलो र चिप्लोपनका कारण सवारी सञ्चालन गर्न कठिन भएको पूर्वेली जीप तथा ट्याक्सी यातायात प्रालिका अध्यक्ष गृष्म सुब्बाले बताउनुभयो। उहाँका अनु
इटहरी । धनकुटा बजारमा होटलहरुमा छड्के अनुगमन गरीएको गरिएको छ । बुधबार धनकुटा सदरमुकामस्थित हुलाक टोलमा रहेका होटलहरुमा अनुगमन गरी होटललाई जरिवाना तथा म्यान गुज्रीएका खाद्यन्न र तयारी खानेकुरा जफत गरी नष्ट गरिएको हो । अनुगमन जिल्ला प्रशासन कार्यालय धनकुटाको नेतृत्वमा धनकुटा नगरपालिका, घरेलु तथा साना उद्योगको कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, उद्योग बाणिज्य संघ, राष्ट्रिय उपभोक्ता मञ्च र पत्रकार महासंघ धनकुटाको टोलीले संयुक्त रुपमा बजार अनुगम गरिएको थियो । अनुगमनका क्रममा धनकुटामा रहेको काफ्ले होटललाई भान्सा सरसफाई नभएको, पुरानो तेल प्रयोग गरि खानेकुरा बनाएको भन्दै १५ हज
इटहरी । उदयपुरको बेलका नगरपालिका वडा –९ स्थित रामपुर नगरअस्पताल नजिकै विद्युतको पोलमा चढेर मिटर बक्सको तार जोड्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाइँका अनुसार नेपाल विद्युत प्राधिकरण रामपुरमा कार्यरत ४० वर्षका मिलन राईको करेन्ट लागेर बुधवार बिहान मृत्यु भएको हो। करेन्ट लागेर करिब ४ मिटरमाथिबाट जमिनमा खसेर गम्भीर घाइते हुनुभएका राईलाई तत्काल रामपुर नगरअस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिए पनि अस्पतालका चिकित्सकले उपचारको क्रममा मृत्यु भएको घोषणा गर्नुभयो । उक
इटहरी । सत्तारुढ दलभित्र देखिएको असन्तुष्टिकाबीच कोशी प्रदेशसभाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट पारित गरेको छ । सत्तारुढ दलभित्रको आन्तरिक असन्तुष्टि चिर्दै ‘ह्वीप’ जारी गरेर कोशीको बजेट अनुमोदन गराइएको हो । बजेटका केही व्यवस्था विवादमा परेपछि नेकपा ९एमाले० र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भई पक्षमा मतदान गर्न ‘ह्वीप’ जारी गरेका थिए । मुख्यमन्त्री तथा मन्त्रीहरूका निर्वाचन क्षेत्रलाई प्राथमिकता दिइएको भन्दै सत्तापक्षकै सांसदहरूले विरोध जनाउँदै हस्ताक्षर अभियान चलाएका थिए । यही विवादका कारण प्रदेशसभा बैठक पटक पटक स्थगित हुन
इटहरी। प्रहरीले सुनसरीका विभिन्न स्थानबाट भन्सार छली गरी ल्याइएका चार लाख ६२ हजार ९१४ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले कोशी गाउँपालिका–८, भोक्राहा नरसिंह गाउँपालिका–६, देवानगञ्ज गाउँपालिका–२ र इनरुवा नगरपालिका–९ बाट लत्ताकपडा, किराना सामान तथा एउटा मोटरसाइकलसहितका अवैध सामान बरामद गरेको हो। प्रहरीका अनुसार कोशी गाउँपालिका–८ बाट दुई लाख ३७ हजार ६९४ रुपैयाँ बराबरका लत्ताकपडा र किराना सामान बरामद गरिएको छ।भोक्राहा नरसिंह गाउँपालिका–६ बाट ६३ हजार ७२० रुपैयाँ बराबरका किराना सामान बरामद गरिएको प्रहरीले जनाएको छ। देवानगञ्ज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.