इटहरी। ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ । प्रतियोगिताको फाइलनमा पुग्नलाई पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ एफसीबिच खेल हुने भएको हो ।फिदिम स्पोर्टिङ क्लब र झापा ११ को सेमिफाइनल खेल दिउँसो ३ बजे हुने आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । समितिका अध्यक्ष सागर मादेनका अनुसार काठमाडौँको चित्लाङ फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा चार–तीन गोलअन्तरले पराजित गर्दै फिदिम सेमिफाइनलमा पुगेको थियो । यस्तै, नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै झापा ११ सेमिफाइनल पुगेको हो । फिदिम र झापा ११ बिच हुने खेल
इटहरी । इटहरीस्थित फुजिसन सगरमाथा बोर्डिङ स्कुलको आयोजनामा तीनदिने ‘संघीय नमुना संसद २०८३’ कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई संसदीय व्यवस्था, लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासबारे व्यावहारिक ज्ञान दिने उद्देश्यले आयोजित कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाल बहादुर श्रेष्ठले यसको महत्त्वमाथि प्रकाश पार्नुभयो। कार्यक्रममा कोशी प्रदेशका सांसद तथा पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारी प्रमुख अतिथि तथा कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्ती विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। नमुना संसदमा विद्यार्थीहरूले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्
इटहरी । मिक्लाजुङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सहायक सामग्री वितरण गरेको छ। गाउँपालिकाको आयोजनामा पालिकाभरिका ४० जना अपाङ्गता भएका व्यक्तिहरूलाई उनीहरूको आवश्यकता पहिचान गरी विभिन्न सहायक सामग्री वितरण गरिएको हो। गाउँपालिका अध्यक्ष बबीकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष राईले अपाङ्गता भएका व्यक्तिहरूलाई स्थानीय सरकार सहयोगीका रूपमा रहेको अनुभूति हुने गरी पालिकाले काम गरिरहेको बताउनुभयो । शारीरिक असहजताका कारण कुनै पनि नागरिक आधारभूत अधिकार तथा अवसरबाट वञ्चित हुन नहुने उल्लेख गर्दै अध्यक्ष राईले आवश्यकता पहिचानका आधारमा अपाङ्गता भएका व्यक्तिहरूका लागि वि
इटहरी। कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार कोशीका पाँच जिल्लामा कुपोषणको दर उच्च पाइएको हो ।कार्यालयका अनुसार सुनसरीमा परीक्षण गरिएका १० हजार ३८१ बालबालिकामध्ये १३ प्रतिशतमा शीघ्र कुपोषण देखिएको छ । त्यस्तै, मोरङमा १६ हजार ७८९ बालबालिकाको परीक्षण गर्दा ९ दशमलव ९ प्रतिशत, खोटाङमा ६ हजार ४६ मध्ये ७ दशमलव २० प्रतिशत, उदयपुरमा ७ हजार ९१२ मध्ये ६ दशमलव ८८ प्रतिशत र झापामा २७ हजार ६४१ मध्ये ६ दशमलव ३६ प्रतिशत बालबालिकामा कुपोषण पाइएको छ । यस्तै, संखुवासभामा ५ दशमलव ८० प्रतिशत, धनकुटामा
इटहरी। मोरङको रंगेली नगरपालिका–५ धनापट्टीस्थित नेपाल–भारत सीमा नाकाबाट कस्मेटिक सामानभित्र लुकाएर भारतबाट नेपाल ल्याउँदै गरेको ५ हजार क्याप्सुल लागुऔषध मंगलबार बरामद भएको छ ।सशस्त्र प्रहरी बल नेपाल बीओपी (बोर्डर आउट पोस्ट) धनापट्टीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका एक जना व्यक्तिलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो । मन्दिरको साइटतर्फको बाटो हुँदै टाउकोमा झोला बोकेर नेपाल प्रवेश गर्दै गरेका ती व्यक्ति प्रहरीलाई देखेपछि झोला छाडेर भारततर्फ फरार भएका थिए ।सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीका अनुसार प्रहरीले उक्त झोला खोलेर चे
इटहरी । सुनसरीको दुहबीमा उद्योगको निर्माणाधीन भवनबाट खसेर मंगलबार बिहान एक जना मजदुरको मृत्यु भएको छ।मृत्यु हुनेमा दुहबी नगरपालिका–६ का ३६ वर्षीय महेश्वर मण्डल रहेका छन्। उनी दुहबी–८ सोनापुरस्थित अरिहन्त ओम एग्रो लिमिटेडको निर्माणाधीन भवनमा मजदुरका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार मंगलबार बिहान करिब १०ः४५ बजे फलामको तार बोकेर भवनको सिँढीबाट माथिल्लो तलामा जाने क्रममा मण्डल अचानक चिप्लिएर करिब २० फिट तल भुइँमा खसेका थिए।गम्भीर घाइते भएका मण्डललाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। घटनाबारे इलाका प्रहरी कार्
इटहरी। धनकुटास्थित धनकुटा नगरपालिका–६, अमलेटारमा स्थानीय कच्चापदार्थमा आधारित घरेलु तथा साना उद्योगको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले औद्योगिक ग्राम निर्माण गरिएको हो ।नेपालमै पहिलोपटक धनकुटामा औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यसहित २०३६ सालमा ५८ रोपनी क्षेत्रफल जग्गा अधिग्रहण गरिएको थियो । उक्त क्षेत्रमा उद्योग सञ्चालनका लागि हाल १४ वटा ब्लक निर्माण गरिएका छन् । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचनासमेत निर्माण गरिए पनि हाल १४ मध्ये ८ वटा उद्योग मात्र सञ्चालनमा रहेका छन् ।औद्योगिक ग्रामको पूर्ण क्षमतामा उपयोग हुन नसक्दा स्थानीय कच्चापदार्थमा आधारित उद्योगको विकास तथा रोजगारी सिर्
इटहरी : मोरङका विभिन्न खोलाबाट ढुंगा तथा बालुवा उत्खनन र ओसारपसार गरिरहेको अवस्थामा पाँचवटा ट्र्याक्टर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस उर्लाबारीबाट खटिएको गस्ती टोलीले उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिकाका विभिन्न क्षेत्रमा सोमबार गरेको निगरानीका क्रममा ती ट्र्याक्टर नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार उर्लाबारी नगरपालिका–२ स्थित सुनझोडा खोलाबाट ढुंगा लोड गरी ल्याउँदै गरेको प्रदेश १–०४–००१ त ०३४२ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिइएको छ। उर्लाबारी नगरपालिका–१ सिमानाको बस्तीस्थित मावा खोलाबाट बालुवा उत्खनन गरिरहेको अवस्थामा प्
इटहरी । पाँचथरमा २०८३ वैशाखदेखि साउनसम्म चार महिनाको अवधिमा विपद्का ४८ घटना भएका छन् । ती घटनाबाट जिल्लामा १३ करोड ८१ लाख ४७ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समिति पाँचथरले जनाएको छ ।समितिको तथ्याङ्कअनुसार चार महिनाको अवधिमा बाढी, पहिरो, आगलागी र हावाहुरीका घटनाबाट उक्त क्षति भएको हो । विपद्का कारण एक जनाको मृत्यु भएको छ भने २७१ चौपाया मरेका छन् । सबैभन्दा बढी क्षति बाढी र पहिरोबाट भएको तथ्याङ्कमा उल्लेख छ ।वैशाखदेखि असारसम्म बाढीबाट मात्रै १२ करोड १२ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको छ । बाढीले चारवटा जलविद्युत् आयोजना, सडक, झोलुङ्गे पुल र मकैबालीमा क्षति पुर्याएक
इटहरी : झापाको बुद्धशान्ति गाउँपालिका –५ डाँडागाउँस्थित बहुवन सामुदायिक वन क्षेत्रमा सशस्त्र प्रहरीलाई देखेपछि भ्यान र त्यसमा रहेको सामान छाडेर चालकसहितका व्यक्ति फरार भएका छन्। भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको ८ कार्टुन हुक्का फ्लेवरसहित भारतीय नम्बर प्लेटको भ्यान सशस्त्र प्रहरीले बरामद गरेको छ।सशस्त्र प्रहरी बल, टिमाईबाट खटिएको टोलीले भारतीय नम्बर प्लेट डब्लूबी ७४ एस ३३६५ को मारुती सुजुकी भ्यान र त्यसमा लोड गरिएको हुक्का फ्लेवर बरामद गरेको हो। नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डमा १० जना सशस्त्र प्रहरीको मोबाइल टोली भदौ १४ गते बिहान ७ः१० बजे ड
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.