समाज

    Showing ८२१-८३० of ११,१४१ items.
  • एभरेष्टको इन्ट्रा स्कुल पौडी प्रतियोगिता सम्पन्नः उत्कृष्ट खेलाडीलाई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने

    इटहरी। शनिबारदेखि सुरु भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलको इन्ट्रा स्कुल पौडी प्रतियोगिता आइतबार सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई नियमित प्रशिक्षण गराई राष्ट्रिय प्रतियोगिताको लागि तयार गरिने विद्यालयकी अतिरिक्त कृयाकलाप इन्चार्ज सुधा डंगोलले बताउनुभयो । उहाँका अनुसार प्रतियोगिताको पहिलो दिन शनिवार विभिन्न स्पर्धामा खुला प्रतिष्पर्धा गराइएको थियो भने आइतबार विभिन्न समूहबिच प्रतिष्पर्धा गराइएको हो । आइतबार भएका विभिन्न २४ वटा इभेन्टबाट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० का धावा तामाङ छात्र तर्फ सर्वाधिक गोल्ड मेडल जित्दै खेलको म्यान अफ द म्या

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • २१३ पटक पढिएको
  • उदयपुरका दुई पालिकामा निःशुल्क रगत उपलब्ध गराइने

    इटहरी । नेपाल रेडक्रस सोसाइटी उदयपुरले जिल्लाका दुईवटा नगरपालिकाका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।रेडक्रस सोसाइटी उदयपुरका अध्यक्ष मदनराज कटुवालका अनुसार त्रियुगा नगरपालिका गाईघाट र चौदण्डीगढी नगरपालिका बेल्टारका स्थानीय बासिन्दाहरूलाई रेडक्रस उदयपुरले निःशुल्क रूपमा रगत उपलब्ध गराउने भएको हो । प्रति युनिट एक हजार पाँच सय रुपियाँ मूल्य पर्ने रगत रेडक्रसमार्फत निःशुल्क उपलब्ध गराइदैँ आएको थियो । यसबारे रेडक्रस उदयपुरका अध्यक्ष मदनरान कटुवालले चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा र त्रियुगा नगरपालिकाका नगर प्रमुख वसन्तकुमार बस्नेतसँग सहमति पत्रमा हस्ताक्षर गरी निःशुल्क

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १६० पटक पढिएको
  • बाढीपीडितका लागि अन्तर्राष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

    इटहरी। भोटेकोशी बाढीपीडितको राहत तथा पुनः स्थापनाका लागि अन्तर्राष्ट्रिय झापाली समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख सहयोग गर्ने भएको छ । शनिबार समाजका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले उक्त रकम प्रदान गर्ने निर्णय गरेको महासचिव चिरन खवासले जानकारी दिनुभयो । समाजले बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितको उद्धार, राहत र पुनः स्थापनामा निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ । समाजका राष्ट्रिय समिति विश्वका ४० भन्दा बढी मुलुकमा सक्रिय छन् । 

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १७९ पटक पढिएको
  • पानीको बहाव बढेपछि सप्तकोसी किनारमा सतर्कता

    इटहरी। काभ्रे र सिन्धुली जिल्लामा परेको अविरल वर्षाका कारण सुनकोसी नदीमा पानीको बहाव करिब १ दशमलभ ५ मिटर बढेपछि सप्तकोसी नदि किनारका बस्तीमा प्रहरीले सतर्कता अपनाउन माइकिङ गरेको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोसी नदीमा आइतबार बिहान ६ बजे सप्तकोसी नदिको चतरामा १ लाख ९ हजार ४ सय क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरिएको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । आइतबार दिउँसो १२ बजे भने १ लाख २८ हजार क्यूसेक प्रति सेकेन्ड पानीको जलसतह मापन गरिएको कन्ट्रो रुमका कर्मचारी मुरली सिंहले बताउनुभयो । अहिले ब्यारेजको १७ वटा ढोका खोलिएको छ ।  ब्योजमा भने आइतबार बिहान ६ बजे १ लाख ६० हजार

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १६८ पटक पढिएको
  • विराटनगरमा मध्यराति चोरीको प्रयास, भाग्न खोज्दा तीन तलाबाट खसेर मृत्यु

    इटहरी  :  विराटनगरमा मध्यराति चोरीको प्रयास भएको छ । चोरी गर्न गएका एक जना पुरुषको भाग्ने क्रममा मृत्यु भएको छ । चोरी गर्न घरभित्र प्रवेश गरेका पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–४ गणेश चोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५ देखि ४० वर्षका पुरुषको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले बताए । उनका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्ति छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेको देखिन्छ । उनी घरको तीन तलामाथि पुगेपछि घरधनीले थाहा पाएका थिए ।घरधनीले थाहा पाएर होहल्ला गर

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १६७ पटक पढिएको
  • सुनसरीका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगरसहित ६ जना पक्राउ

    इटहरी स् सुनसरी प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित ६ जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट इनरुवा बसपार्कबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शनिबार इनरुवा नगरपालिका–४ बसचोकस्थित महेन्द्र राजमार्गमा शङ्कास्पद अवस्थामा पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३८ वर्षीय खिलाराज राई र सोही नगरपालिकाको वडा नम्बर ९ का ३४ वर्षीय विनोद लिम्बुलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ४ दशमलव ११ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ। यसैगरी, इनरुवा नगरपालिका–४ बसचोकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–०४६ प २२६५ नम्बरको स्

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ११० पटक पढिएको
  • विराटनगरमा चोरी गर्न पुगेका पुरुष घरधनीको होहल्लापछि तीन तलाबाट हाम्फाल्दा मृत्यु

    इटहरी स् विराटनगरमा चोरी गर्न घरभित्र प्रवेश गरेका एक पुरुषको तीन तलामाथिबाट हाम्फाल्दा मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।विराटनगर महानगरपालिका–४ गणेशचोकस्थित पुरुषोत्तम न्यौपानेको घरमा आइतबार मध्यराति चोरी गर्न पुगेका अन्दाजी ३५–४० वर्षीय पुरुषको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती पुरुष छिमेकीको अर्को घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। घरको तीन तलामाथि पुगेपछि घरधनीले उनलाई देखेर होहल्ला गरेका थिए। होहल्लापछि छरछिमेकीसमेत जम्मा हुन थालेपछि उनी भाग्ने क्रममा तीन तलामाथिबाट हाम्फालेका थिए। गम्भीर घाइते भएका उनको राति करिब १२ः२० बजेतिर घटनास्थलमै मृत्य

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १०१ पटक पढिएको
  • पहिचान नखुलेका शव गाड्न हतार नगर्न सचिव निरौलाको सुझाव

    इटहरी स्  भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवार अझै आफन्तको खोजीमा छन्। कोही जीवित भेटिने आशामा छन्, कोही कम्तीमा शव भेटिए अन्तिम संस्कार गर्न पाइयोस् भन्ने प्रतीक्षामा।यही अवस्थामा पहिचान नखुलेका शव धमाधम गाड्न थालेपछि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कोशहरि निरौलाले प्रश्न उठाएका छन्। चितवनको नारायणी नदीमा भेटिएका बेवारिसे शव व्यवस्थापनका लागि देवघाट क्षेत्रको वनमा खाडल खनेर शव गाड्ने तयारी भइरहेका बेला निरौलाले सामाजिक सञ्जालमार्फत सरकारलाई शव व्यवस्थापनमा हतार नगर्न आग्रह गरेका हुन्। उनको प्रश्न छ( ‘बाढीमा बेपत्ताका आफन्त सास वा लास खोज्दैछन्, शव गाड्न किन हतार र

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ५६ पटक पढिएको
  • आगलागीपछि बन्द बिर्तामोडको भाटभटेनी फेरि सञ्चालनमा

    इटहरी । आगलागीका कारण करिब एक वर्षदेखि बन्द रहेको झापाको बिर्तामोडस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ।पुनर्निर्माण तथा आवश्यक व्यवस्थापनको काम पूरा भएपछि स्टोर आइतबारदेखि ग्राहकका लागि खुला गरिएको हो। गत वर्ष भदौ २४ गते भएको आगलागीबाट स्टोरमा क्षति पुगेपछि सेवा बन्द गरिएको थियो। लामो समयको पुनर्निर्माणपछि भाटभटेनीले पुरानै स्थानबाट कारोबार पुनः सुरु गरेको हो। भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले विज्ञप्तिमार्फत बिर्तामोड स्टोर पुनः सञ्चालनमा आएको जानकारी दिएका छन्। उनले ग्राहकको सुविधालाई केन्द्रमा राख्दै आधुनिक सेवा र गुणस्तरीय सामग्री उपलब्ध गराउ

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • ९५ पटक पढिएको
  • भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन

    इटहरी स्  भोटेकोशीमा आएको बाढीपछि रोजगारीका क्रममा रसुवा पुगेका भोजपुरका चार जना सम्पर्कविहीन भएका छन्। बाढीपछि उनीहरू परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई छन्। दङ्गाल रसुवाको मैलुङस्थित सैनिक पोस्टमा कार्यरत थिए। राई र शेर्पा दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत रहेको प्रहरीले जनाएको छ। त्यस्तै गोपी राई तु

    • प्रकाशित मितिः भदौ १४, २०८३
    • १०० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]