इटहरी । सुनसरीको इटहरीलाई लामो समय आफ्नो रङ्गमञ्चीय कर्मथलो बनाएका कलाकार डेभिड बिष्ट अब नेपाली फिल्म क्षेत्रमा बलियो उपस्थितीको तयारीमा छन् । उनी निर्देशक प्रकाश कर्णको आगामी बहुप्रतिक्षित फिल्म ‘जुबा’मा निकै महत्त्वपूर्ण भूमिकाका लागि छनौट भएका छन् । यतिबेला उनी काठमाडौंमा सोही फिल्मको ‘वर्कसप’मा व्यस्त छन् । अडिसन पार गर्दै ‘जुबा’मा छनोट भएका डेभिड आफ्नो भूमिकालाई लिएर निकै उत्साहित छन् । फिल्ममा आफ्नो चरित्र मुख्य पात्र सरह नै प्रभावशाली रहेको उनले बताएका छन् । डेभिडको अभिनय क्षमताबाट फिल्मका निर्देशक प्रकाश कर्ण पनि निकै प्रभावित बनेका छन् । डेभिडको कामको प्रशंसा गर्दै निर्देशक कर्णले भने
इटहरी । आजदेखि कोशी प्रदेशमा तीन दिने इस्टर्न ट्राभल मार्ट हुने भएको छ । नेपाल पर्यटन बोर्ड र इटहरी उपमहानगरको आयोजनामा हुन लागेको मार्टमा नेपाल, भारत र भुटानका पर्यटन व्यवसायीहरू सहभागी हुने कार्यक्रम संयोजक पुण्य भट्टराईले जानकारी दिए ।उनका अनुसार मार्टमा पहिलोपटक तीन देशका पर्यटन व्यवसायीहरूबीच आ–आफ्नो व्यवसाय अनुभवको आदानप्रदान हुनेछ । हालसम्म विदेशबाट ८० जनाभन्दा बढी व्यवसायीले सहभागिताका लागि नाम दर्ता गराएको भट्टराईले जानकारी दिए । इटहरीको होटल सोल्टीमा हुने उद्घाटन समारोहमा पूर्व क्षेत्रका पर्यटन व्यवसायी, सरोकारवाल निकायहरूको उपस्थिति हुनेछ । नेपालको पर्यटकीय क्षेत्रको विकास र प्रवर्द
इटहरी । धनकुटा नगरपालिका वडा नम्बर ६, परिचयमोडमा निर्माणाधीन घरको जग खन्ने क्रममा एक कामदार माटोको ढिस्कोले पुरिएका छन्। शनिबार बिहान सुमन श्रेष्ठको घर निर्माणका क्रममा काम गरिरहेका धनकुटा नगरपालिका वडा नम्बर १०, पारिपात्ले बस्ने करिब ३५ वर्षीय राम बहादुर तामाङलाई माटोको ढिस्कोले पुरेको हो। केही समयपछि उहाँको जिवितै उद्धार गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामाग्रीसहित घटनास्थलमा खटिएको थियो। टोलीले माटो पन्छाएर गम्भीर अवस्थामा रहेका तामाङलाई उद्धार गरेको हो। उद्धारपछि उहाँलाई उपचारका लागि जिल्ला अस्पताल धन
इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । पालिकाभित्र बसोबास गर्ने अति विपन्न परिवारलाई गाउँपालिकाले जस्तापाता वितरण गरेको हो । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार पालिकाका सात वटै वडाका ६० घर विपन्न परिवारलाई जस्तापाता वितरण गरिएको छ । वटा १ कालिखोलामा सात परिवार र वडा २ सादेवामा आठ परिवारलाई जस्तापाता वितरण भएको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी वडा ३ आङ्खोप, वडा ४ साब्लाखु, वडा ५ लिम्बुदिन, वडा ६ मेहेले र वडा ७ सुरुम्खिममा विपन्न नौ–नौ परिवारलाई जस्तापाता वितरण गरिएको छ । घरको छाना छाउ
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्पतालमा भर्ना भएका छन् । अध्यक्ष ओलीलाई त्रिभुवन विश्वविद्यालय शिक्षणको ‘एनेक्स वान’ को ५०१ नम्बर बेडमा भर्ना गरिएको हो ।शनिबार बिहान पक्राउ परेका ओलीलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो । शुक्रबार बालेन शाह नेतृत्वको पहिलो मन्त्रिपरिषद्ले ओलीलाई फौजदारी मुद्दा चलाउने आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
इटहरी । भोजपुर र खोटाङ जिल्लाको सिमानामा रहेको तावाभञ्ज्याङ्ग पर्यटकीय क्षेत्र बन्दै गएको छ ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका र खोटाङको साकेला गाउँपालिका वडा नम्बर –३ मा रहेको तावाभञ्ज्याङ्ग किराती सभ्यता सँग जोडिएको मान्यता रहेको छ । यहीँ सहिद स्तम्भ पार्क र चिन्डो पोखरी समेत निर्माण गरिएको छ । चिन्डो पार्कको निर्माण २०७३ सालमा निर्माण गरिएको हो । मुन्धुम पदमार्गको सुरूवात बिन्दु पनि तावाभञ्ज्याङ्ग हो । यहाँ साकेला सिलि नाच समेत नाचिन्छ । नजिकैको सेल्मे डाँडामा बसन्त ऋतुमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ । तावाभञ्ज्याङमा निर्माण गरेको सहिद पार्क र चिन्डो पोखरीले पर्यटकको आकर्षक केन्
इटहरी । धनकुटाको हिलेमा जारी १८ औँ रामनवमी कप भलिबल प्रतियोगिताको उपाधि झापाको कन्काइ नगरपालिकाले जितेको छ ।हिले भलिवल क्लवको आयोजनामा सम्पन्न कोशी प्रदेश स्तरीय अन्तरपालिका स्तरिय भलिवलको शुक्रबार सम्पन्न फाइनल खेलमा भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो । फाइनल खेलमा कन्काइ नगरपालिकाले भोजपुरको रामप्रसाद राई गाउँपालिकालाई २५—१७, २५—२२, २५—१८ को सेटले पराजित गर्दै उपाधि उचालेको हो। प्रतियोगिताको विजेता कन्काइ नगरपालिकाले नगद २ लाख २ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको रामप्रसाद राई गाउँपालिकाले नगद
इटहरी । नेपालमा इलेक्ट्रिक दुई–पहिया बजारलाई थप विस्तार गर्ने उद्देश्यका साथ वैद्य एनर्जी प्रा. लि. ले नयाँ स्कुटर एथर ‘रिज्टा एस’ औपचारिक रूपमा सार्वजनिक गरेको छ । भारतीय कम्पनी एथर एनर्जी लिमिटेडद्वारा उत्पादित यो स्कुटर परिवार लक्षित प्रयोगकर्तालाई ध्यानमा राखेर डिजाइन गरिएको छ । एथर ‘रिज्टा एस’ को मूल्य २ लाख ९४ हजार ९ सय तोकिएको छ । तर, लन्च अफर अन्तर्गत पहिलो १५० ग्राहकले २० हजारसम्मको छुट पाउनेछन्, जसले प्रभावकारी मूल्य २ लाख ७४ हजार ९ सय ९९ पुग्नेछ । साथै, ग्राहकलाई ०% ब्याजदरमा फाइनान्सिङ, एक्सचेन्ज र नगद छुटको सुविधा पनि उपलब्ध गराइएको छ । एथर ‘रिज्टा एस’ मा अटो होल
इटहरी । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ । शुक्रबार ९आज० मध्यान्ह १२ः३० बजेतिर माथिबाट झरेको सुक्खा पहिरोले राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको हो ।ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चट्टानसहित सुक्खा पहिरो झरेर मेची राजमार्गको काबेली–मेवाखा–ल्याङ्बा–फुङ्लिङ खण्ड अवरुद्ध बनेको छ । राजमार्ग अवरुद्ध हुँदा ताप्लेजुङबाट बाहिरिने र भित्रिने यातायातका साधन रोकिएका सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।उहाँका अनुसार सुक्खा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको खबर हुनासाथ तत्काल तमोर कोरिडोर
इटहरी । ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने हुनुभएको छ । प्रतिनिधिसभा सदस्यको रूपमा बिहीबार शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गर्नुभएको हो । विद्यालयका बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा सकारात्मक आधार तयार पार्ने विश्वासका साथ आफ्नो पारिश्रमिक सहयोग गर्ने उहाँले बताउनुभएको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेका उम्मेदवार थेबे एक मात्र निर्वाचन क्षेत्र रहे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.