समाज

    Showing ९४१-९५० of १०,२९० items.
  • भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा बिर्तामोडका एक युवकको मृत्यु

    इटहरी । भारतको बागडोग्रामा भएको कार दुर्घटनामा परी झापा  बिर्तामोडका एक युवकको मृत्यु भएको छ । भारतको सिलिगुडीबाट फर्किंदै गर्दा बाग्मती प्रदेश ०१०३२ च। १६८० नम्बरको कार शनिबार दिउसो करिब ५ बजे बागडोग्राको सन्यासी स्थानको चिया बगानमा अनियन्त्रण भई रुखमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अलैची व्यवसायी बिर्तामोड(५ निवासी भरत चौधरीका छोरा अन्दाजी वर्ष २३ का अमित चौधरीको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घाइते चौधरीको बागडोग्रा ग्यालेक्सीस्थित अस्पतालमा उपचारको क्रममा शनिबार साँझ ८ बजे मृत्यु भएको थियो । कारमा उहाँ मात्र एक्लै रहेको बताइएको छ । तीब्र गतिका कारण कार रुखमा ठोक

    • प्रकाशित मितिः असार ७, २०८३
    • १६८ पटक पढिएको
  • ओखलढुङ्गामा बाढी–पहिरोको कहर , ६ चौपाया बेपत्ता

    इटहरी। अविरल वर्षापछि आएको बाढी र पहिरोले चिशङ्खुगढी गाउँपालिकामा भौतिक संरचना तथा चौपायाको क्षति गरेको छ । शनिबार अपरान्हदेखि परेको वर्षाका कारण गाउँपालिकाको वडा ३ र ५ जोड्ने खानी खोला माथिको पक्की पुल बाढीले आंशिक रूपमा बगाएको छ । पुलमा क्षति पुगेपछि स्थानीय आवत–जावत प्रभावित भएको छ । यस्तै, वडा १ र २ को सिमानामा रहेको बाङ्गे खोलामा आएको बाढीले स्थानीय टीका भुजेल, मननारायण श्रेष्ठ र मनबहादुर सार्कीका गोठ पूर्ण रूपमा बगाएको छ । घटनामा १ भैँसी र ५ गोरु बेपत्ता भएका छन् । पहिरोका कारण स्थानीय रामकुमार राई र जनकबहादुर मगरको घरमा आंशिक क्षति पुगेको छ । घर जोखिममा परेपछि दुवै परिवार आफन्तको घ

    • प्रकाशित मितिः असार ७, २०८३
    • २०३ पटक पढिएको
  • मोरङको कानेपोखरीमा पुनः चर्कियो भूमि समस्या

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिकामा भूमि सम्बन्धी समस्या पुनः चर्चामा आएको छ । करिब पाँच दशकअघि देखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाले पटक–पटक भूमि विवादका कारण आफूहरू त्रसित बन्दै आएको बताएका छन्। शनिबार आयोजित पत्रकार सम्मेलनमा भूमि, सुकुम्बासी तथा अव्यवस्थित बसोबास समाधान आयोग मोरङका पूर्व अध्यक्ष नवीन पौडेल, पूर्व गाविस अध्यक्ष तारा बहादुर काफ्ले तथा स्थानीय पीडितहरूले रमाइलो, बयरवन, कानेपोखरी बजार लगायतका क्षेत्रमा वर्षौंदेखि भूमि समस्या समाधान हुन नसकेको गुनासो गरे । कानेपोखरी–६ रमाइलोका वडाध्यक्ष मोहन अधिकारी, नारायण श्रेष्ठ, शिव पन्थी लगायत १४ परिवार प्रत्यक्ष रूपमा प्रभावित रहेका

    • प्रकाशित मितिः असार ७, २०८३
    • २१४ पटक पढिएको
  • नेसनल प्याब्सन सुन्दरहरैँचाद्वारा आधारभूत तहका शिक्षकलाई निरन्तर मूल्याङ्कन प्रणाली सम्बन्धी तालिम सम्पन्न

    इटहरी । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) सुन्दरहरैँचा नगर समितिको आयोजनामा कक्षा ५ सम्मका शिक्षक–शिक्षिकाहरूका लागि ‘निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली’ सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा सुन्दरहरैँचा नगरपालिकाका शिक्षा शाखा प्रमुख तेज आचार्यले मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। विशिष्ट अतिथि नेसनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालले शिक्षकहरू नयाँ शैक्षिक अवधारणा र मूल्याङ्कन प्रणालीसँग अद्यावधिक हुन जरुरी रहेकोमा जोड दिनुभयो। नगर समितिका अध्यक्ष भीम अधिकारी

    • प्रकाशित मितिः असार ७, २०८३
    • ११७ पटक पढिएको
  • विश्व योग दिवसको अवसरमा पथरी शनिश्चरेमा वृक्षारोपण कार्यक्रम आयोजना

    इटहरी । १२ औँ विश्व योग दिवसको अवसरमा मोरङको पथरी शनिश्चरेस्थित जीवनयोग प्रयोगशालाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । दिवसको सन्देशलाई वातावरण संरक्षणसँग जोड्दै प्रयोगशालाले १२ वटा ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपेको हो। शनिबार बिहान नियमित योग साधना सम्पन्न गरेपछि पञ्चायत माध्यमिक विद्यालयको बोटानिकल गार्डेन परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रम पथरी शनिश्चरे नगरपालिका वडा नं. २ का वडाध्यक्ष नैना साम्पाङ राईको प्रमुख आतिथ्यतामा भएको हो । सडक किनार तथा सार्वजनिक क्षेत्रलाई हरियाली र सौन्दर्ययुक्त बनाउने उद्देश्यले फूल फुल्ने ‘पिंक सावर’ प्रजातिका बिरुवा रोपिएको आयोजक

    • प्रकाशित मितिः असार ७, २०८३
    • ११३ पटक पढिएको
  • करणी मुद्दामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका सुन्दरहरैँचाका ७० वर्षीय दाहालको मृत्यु

     इटहरी । मोरङ जिल्ला कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक जना वृद्ध कैदीको उपचारका क्रममा विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु भएको छ ।सुन्दरहरैँचा नगरपालिका–६ निवासी ७० वर्षीय रामप्रसाद दाहालको आइतबार बिहान २ बजेतिर मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । जिल्ला कारागार मोरङका प्रशासक राजन घिमिरेका अनुसार दाहाललाई अचानक चक्कर लाग्ने र सास फेर्न कठिनाइ हुने समस्या देखिएपछि शनिबार बिहान करिब ११ः३० बजे उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहँदा उनको स्वास्थ्य अवस्था थप जटिल बनेको र आइतबार बिहान २ बजेतिर मृत्यु भएको घिमिरेले बताए । कारागार प्रशासनले दाहाल बिराम

    • प्रकाशित मितिः असार ७, २०८३
    • २४० पटक पढिएको
  • सुनसरीमा ६ लाख बढीका भन्सार छलीका सामान बरामद

    इटहरी ।  सुनसरीमा भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका ६ लाख रुपैयाँभन्दा बढी मूल्यका विभिन्न सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतबाट खटिएको प्रहरी टोलीले पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न स्थानमा चेकजाँचका क्रममा लत्ताकपडा, किराना सामान, इलेक्ट्रिक तथा मेसिनरी पार्टपुर्जा, पाउडर दूध र सुन राख्ने बट्टालगायत करिब ६ लाख ७८ हजार ६ सय ३८ रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । उनका अनुसार अस्थायी प्रहरी चौकी पुष्पलालचोकले इटहरी–१० बाट १ लाख २० हजार

    • प्रकाशित मितिः असार ७, २०८३
    • १५१ पटक पढिएको
  • हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति

    इटहरी ।  अविरल वर्षासँगै आएको बाढी–पहिरोका कारण पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिकाका विभिन्न संरचनामा क्षति पुगेको छ । बिहीबार राति परेको वर्षापछि हिलिहाङ गाउँपालिका–५ स्थित सुभाङ खोलामा आएको बाढीले तमोर करिडोर सडक खण्डमा एपेक्स कम्पनीले बालुवा–गिटी सञ्चालनका लागि राखेको क्रसरका सम्पूर्ण सामग्री बगाएको जिल्ला प्रशासन कार्यालयले पाँचथरले जनाएको छ । त्यसैगरी, बाढी–पहिरोको जोखिम बढेपछि हिलिहाङ गाउँपालिका–५ का आठ वटा घर उच्च जोखिममा परेका छन् । जोखिमकै कारण स्थानीय सर्णकुमार केरुङको परिवारका पाँच जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष बिर्खबहादुर सुहाङले जानकारी दिनुभयो । बाढीका

    • प्रकाशित मितिः असार ७, २०८३
    • ८६ पटक पढिएको
  • चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण

    इटहरी । भोजपुको पौवादुङमा गाउँपालिका–३ च्याङ्गेस्थित निर्माणाधीन पञ्चकन्या मन्दिर परिसरमा करिब चार हजार किलोग्राम तौलको शिलाबाट निर्मित गौमाताको प्रतिमा अनावरण गरिएको छ । धार्मिक किंवदन्तीअनुसार पाँचथुने गाईले पञ्चकन्या देवीलाई दूध चढाउँदै गरेको प्रतीकात्मक आकृतिमा उक्त प्रतिमा निर्माण गरिएको हो । एउटै शिलाबाट तयार गरिएको यो गाईको मूर्ति नेपालकै ठूलो भएको दाबी गाउँपालिकाले गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार करिब रु १२ लाख लागतमा उक्त प्रतिमा निर्माण गरिएको हो । पञ्चकन्या मन्दिर निर्माणका लागि आयोजना गरिएको महायज्ञबाट सङ्कलित रकमबाट मन्दिर निर्माण समितिमार्फत ग

    • प्रकाशित मितिः असार ७, २०८३
    • १४२ पटक पढिएको
  • दुहबीको ९७ करोड ६६ लाखको बजेट सार्वजनिक

    इटहरी ।  सुनसरीको दुहबी नगरपालिकाको १९ औँ नगर सभाबाट ९७ करोड ६६ लाख रुपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ । दुहबीमा सुरु भएको नगर सभामा आर्थिक वर्ष २०८३र८४ को बजेट, नीति तथा कार्यव्रmम प्रस्तुत गर्दै उपप्रमुख मेनुका पोखरेल खतिवडाले कुल ९७ करोड ६६ लाख रुपियाँ बजेटसहितको नीति तथा कार्यव्रmम सार्वजनिक गर्नुभएको हो । नगर सभामा असार १० गतेभित्र बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । गत आवको भुक्तानी गर्न बाँकी दायित्व करिब १६  करोड  रहेको छ । यो बजेट गत वर्षको भन्दा करिब चार करोड रुपियाँ बढी हो । आव २०८२र८३ मा दुहबी नगरपालिकाले ९३ करोड ६५ लाख रुपियाँ बजेट सार्वजनि

    • प्रकाशित मितिः असार ७, २०८३
    • १०६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]