माेरङ, सुन्दरहरैँचा । माेरङको सुन्दरहरैँचामा अवस्थित सुकुना बहुमुखी क्याम्पसले फेरि पनि देशकै उत्कृष्ट शैक्षिक गन्तव्यको प्रमाण प्रस्तुत गरेको छ। हालै प्रकाशित BBA पाँचौँ सेमेस्टरको नतिजामा सो क्याम्पसकी छात्रा प्रभा थापाले 4 SGPA ल्याउँदै नेपाल उत्कृष्ट अङ्क ल्याउन सफल भएकी छन्।त्यस्तै, अर्चना रिजालले 3.99 SGPA ल्याउन सफल भइन्। यसैगरी, योवी गुरुङ, स्मृति बस्नेत र प्रकृति लुइटेलले 3.98 SGPA ल्याउँदै उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।क्याम्पसको सफलता सार्वजनिक भएपछि क्याम्पस प्रशासनले सम्पूर्ण विद्यार्थी, अभिभावक र शिक्षकप्रति आभार प्रकट गरेको छ। क्याम्पस प्रमुख अर्जुन अधिकारीका अनुसार, “सुकुना
प्रेेक्षा आचार्य इटहरी/ LOLA इटहरी च्याप्टरले मानसिक स्वास्थ्यसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मोरङको सुन्दरहरैचास्थित सुकेना बहुमुखी क्याम्पसमा आयोजित उक्त कार्यक्रममा २५ भन्दा बढी युवतीहरूको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रममा प्रशिक्षकका रूपमा मौसाम कोइरालाले सहजीकरण गरेका थिए । उनले मानसिक स्वास्थ्यको परिभाषा, यसको महत्व, दैनिक जीवनमा देखिने चुनौतीहरू र समाधानका सम्भावित उपायहरूबारे विस्तृत प्रस्तुति दिएका थिए । साथै सहभागी युवतीहरूलाई आत्मविश्वास अभिवृद्धि, भावनात्मक सन्तुलन कायम गर्ने तरिका, तनाव व्यवस्थापन, समय व्यवस्थापन र सामाजिक परिवेशमा मानसिक स्वास्थ्यक
इटहरी । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–६, मामाङखेको लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । समाजसेवी देउकुमार माबो लगायतका परिवारले लक्ष्मी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो । विद्यालयमा स्व। खडकदेवी माबो (लिम्बू) स्मृति अक्षयकोष स्थापना गरिएको प्रधानाध्यापक लक्ष्मी माबोले जानकारी दिनुभयो । उहाँका अनुसार स्व. लिम्बूको स्मृतिमा उहाँका दाजु देउकुमार माबो लगायतका परिवारले ५० हजार ५ सय रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको हो । सोमबार एक कार्यक्रमका बिच अक्षयकोष स्थापनासँगै अक्षयकोषको रकम विद्यालयलाई प्रदान गरिएको प्रधानाध्यापक माबोको भनाइ छ । यसअघि पनि सो परिवारले
इटहरी / २०८२ साल भाद्र २२ गते सोमबार प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिकाले भाद्र २४ देखि २६ गतेसम्म इटहरीका सम्पूर्ण विद्यालय, शैक्षिक संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएको छ।राष्ट्रव्यापी रूपमा भइरहेको जेनजीको आन्दोलन शान्तिपूर्ण तरिकाले आन्दोलन गरेर आफ्ना माग राख्ने प्रदर्शन गर्ने अधिकार हुँदाहुँदै इटहरीमा हिंसात्मक तरिकाले उपमहानगरपालिका प्रवेश गरी तोडफोड तथा आगजनी गर्ने सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसात्मक गतिविधि को घोर भत्सना गर्दै अराजक सार्वजनिक सम्पत्तिको तोडफोड, आगगजनी गर्ने गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गर्न मा
सुनसरी | हिमशिखा ई.बो. स्कुल भमरिद्वारा आयोजित "Himshika Quiz–2082" कार्यक्रम मंगलबार भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। Quizzing Today, Leading Tomorrow नारासहित सम्पन्न उक्त क्विज प्रतियोगितामा गढी गाउँपालिकाभित्र रहेका निजि विद्यालयहरूका जम्मा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए।कार्यक्रमको समापन समारोहमा गढी गाउँपालिकाका अध्यक्ष श्री आरा नारायण चौधरीज्यू प्रमुख अतिथि रहनु भएको थियो भने, हिमशिखा ई.बो. स्कुलका प्रिन्सिपल श्री भुप नारायण भगत समाध्यक्ष रहनु भएको थियो।प्रतियोगितामा हिमशिखा ई.बो. स्कुल, भमरीले प्रथम स्थान हासिल गर्न सफल भयो। दोस्रो स्थान : पूर्वा ई.बो. स्कुल, अराबनी,तेस्रो स्था
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत आठ जना विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी हाल अमेरिकामा रहेका इटहरी वडा नं. २ का रामकुमार घिमिरेले ३५ हजार रुपैयाँ सहयोग गरेका हुन् । पूर्व विद्यार्थी रामकुमारले पठाएको सो रकम कक्षा ६ मा अध्ययनरत निस्मा चौधरी, आस्मा माझी, अञ्जली सार्की, दिव्या केसी, सन्तोष राई, नवीन कार्की, मिडेन लिम्बु र रुपक बुढाथोकीलाई प्रदान गरिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले बताए । उनका अनुसार जनही चार हजार ३७३ रुपैयाँका दरले रकम प्रदान गरिएको हो । सो रकम रामकुमारका बाबुआमा इटहरी व
सुनसरी / सुनसरीको इटहरीस्थित श्री ज्योति माध्यमिक विद्यालयले पछिल्लो समय सामुदायिक विद्यालय पनि निजी विद्यालय सरह गुणस्तरीय शिक्षा प्रदान गर्न सक्ने उदाहरण प्रस्तुत गरेको छ। विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ईश्वर विक्रम शाहको नेतृत्व आएसँगै विद्यालयले शिक्षादेखि पूर्वाधारसम्मको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै आफ्नो पहिचान नवीकरण गर्न सफल भएको हो।विद्यालयले कक्षा १२ मा सिभिल इन्जिनियरिङ संकाय सुरु गरेर फिजिक्स, क्यामेस्ट्री र गणितजस्ता कठिन विषयमा उत्कृष्ट नतिजा हासिल गरेको छ भने साइन्स संकायका विद्यार्थीहरूले शतप्रतिशत नतिजा ल्याएका छन्। यसले सामुदायिक विद्यालय पनि गुणस्तरीय शिक्षा
विराटनगर। विराटनगरमा सम्पन्न अन्तर कलेज वक्तृत्वकला प्रतियोगितामा इटहरीस्थित सुष्मा गोदावारी कलेजकी छात्रा श्रेयासी भट्टराई प्रथम बनेकी छन् ।सडक दुर्घटनामा परी मृत्यु भएका लियो क्लब अफ विराटनगर योङ हर्टका पूर्वअध्यक्ष पुष्पकुमार चौधरी (पुष्पे थारू) को स्मृतिमा शुक्रबार आयोजित प्रतियोगितामा प्रथम बनेकी उनले १० हजार रुपैयाँ नगद साथै मेडल, ट्रफी, प्रमाणपत्र, १ वर्षको लाइफ इन्स्योरेन्स, ३ महिनाको जिम सब्सक्रिप्सन निःशुल्क र ३/४ वटा क्याफेबाट फुड कुपन समेत प्राप्त गरेकी छिन् ।यसैगरी, प्रतियोगितामा दोस्रो हुँदै सुकुना बहुमुखी क्याम्पसका कुसुम नेपालले नगद रु ५ हजार, मेडल, ट्रफी, प्रमाणपत्र र फुड कुपन
सुन्दरहरैचा । नेपाल शिक्षक महासङ्घ केन्द्रीय समितिको आह्वानअनुसार शुक्रबार देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू आन्दोलित भएका छन्। सोही क्रममा नेपाल शिक्षक महासङ्घ सुन्दर हरैचा नगर समितिले पनि नगरस्तरीय धर्ना कार्यक्रम सम्पन्न गरेको छ।महासङ्घ सुन्दर हरैचा नगर अध्यक्ष ठाकुर प्रसाद सुबेदीको नेतृत्वमा आयोजित कार्यक्रममा सुन्दर हरैचा नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयका शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। धर्ना कार्यक्रममा सहभागी शिक्षकहरूले हालै सरकारले ल्याएको शिक्षासम्बन्धी नीति तथा व्यवस्थाप्रति आपत्ति जनाउँदै त्यसको पुनर्विचार गर्न माग गरे।शिक्षक महासङ्घले केन्द्रदेखि स्थानीय तहस
इटहरी । शैक्षिक गुणस्तर सुधारका लागि मेरिङदेन गाउँपालिकाले विद्यालय अनुगमनको कार्य सुरु गरेको छ । गाउँपालिका अध्यक्ष डम्बर हाङ्गामले शैक्षिक गुणस्तर सुधारका लागि प्रत्येक विद्यालयमा अनुगमनको कार्य थालनी गर्नुभएको हो । ३६ वटा विद्यालय रहेको पालिकाको पहिलो चरणमा १ नम्बर वडा थिङ्लाबुको श्री सिंहकाली माध्यमिक विद्यालय र ४ नम्बर वडा लिङ्तेपको श्री देवी आधारभुत विद्यालयमा अनुगमन गरिएको पालिकाका सूचना अधिकारी जितेन लिम्बूले जानकारी दिनुभयो । अनुगमनको क्रममा पालिकाको टोलीले प्रत्यक्ष विद्यार्थीसँग साक्षात्कार गरी पढाइको विषयमा प्रतिक्रिया लिएको थियो ।त्यस्तै, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.