All Posts By कोशी प्रेस

    Showing ४५१-४६० of १२,७०९ items.
  • नेपाल बार एशोसिएशनद्वारा देवानगञ्ज घटनाको अध्ययन गर्न नागरिकस्तरीय समिति गठन

    इटहरी । नेपाल बार एशोसिएशनले सुनसरीको देवानगञ्ज गाउँपालिकामा साउन १० गते भएको घटनाको निष्पक्ष अध्ययन तथा तथ्य संकलन गर्न नागरिकस्तरीय अध्ययन समिति गठन गरेको छ।बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष पदम प्रसाद लिम्बुको  संयोजकत्वमा ११ सदस्यीय अध्ययन समिति गठन गरिएको हो। समितिमा  पत्रकार महासंघ , कानुन व्यवसायी, मानवअधिकारकर्मी  तथा नागरिक समाजका प्रतिनिधिहरूलाई सदस्यका रूपमा समेटिएको छ।समितिलाई घटनास्थलमा पुगेर प्रत्यक्ष अध्ययन गर्ने, पीडित, स्थानीयवासी, सुरक्षा निकाय तथा सम्बन्धित पक्षसँग आवश्यक छलफल गरी घटनाको यथार्थ अवस्था, कारण र प्रभावबारे तथ्य संकलन गर्ने तथा आफ्नो निष्कर्षसहित

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १५९ पटक पढिएको
  • इनरुवामा जनजीवन सामान्य बन्दै, सवारीसाधन र पसलहरू खुल्न थाले

    इटहरी  : सुनसरीको सदरमुकाम इनरुवाको जनजीवन बिस्तारै पूर्ववत् हुन थालेको छ। केही दिनयता देखिएको असहज अवस्था तथा बन्द–हडतालको प्रभाव कम हुँदै जाँदा बजार क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको हो।  बजारमा रोकिएका सवारीसाधनहरू पुनः सञ्चालनमा आएका छन्। लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनमा आएपछि आवागमन सहज बन्दै गएको छ।  त्यसैगरी, बजारका मुख्य चोक तथा सडक किनारमा रहेका पसल, व्यापारिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरू पनि क्रमशः खुल्न थालेका छन्।पसलहरू सञ्चालनमा आएपछि किनमेल गर्ने उपभोक्ताको चहलपहल पनि बढ्दै गएको स्थानीय व्यवसायीहरूले बताएका छन्।  जनजीवन सा

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ११७ पटक पढिएको
  • सुनसरीको देवानगन्जमा फेरि तनाव, घाँस काट्न गएकी महिलामाथि ढुंगा प्रहार

    इटहरी । सुनसरीको देवानगन्ज गाउँपालिका–४ कप्तानगन्जमा आइतबार घाँस काट्न गएकी एक महिलामाथि ढुंगा प्रहार भएको घटनापछि प्रहरीले सुरक्षा सतर्कता बढाएको छ।  ढुंगा लागेर देवानगन्ज–४ की ३३ वर्षीया सरस्वतीकुमारी मेहता घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएको छ।प्रहरीका अनुसार आइतबार बिहान करिब ११ः३० बजे घाँस काटिरहेका बेला माथिबाट आएको ढुंगा उनको टाउकोमा लागेको थियो। स्थानीयले ग्याँटिसबाट ढुंगा प्रहार भएको आशंका गरेका छन्। तर, ढुंगा कसले प्रहार गर्‍यो भन्ने विषय अझै पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ।घटनापछि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • २३७ पटक पढिएको
  • इटहरीमा बृहत् सद्भाव ¥याली सम्पन्न, सामाजिक एकता र सहअस्तित्वको सन्देश

    इटहरी । सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान तथा सहअस्तित्वलाई प्रवद्र्धन गर्ने उद्देश्यले इटहरीमा आयोजना गरिएको बृहत् सद्भाव ¥याली उत्साहजनक सहभागिता सहित सम्पन्न भएको छ।छोटो समयको तयारीका बाबजुद पनि ¥यालीमा २८ भन्दा बढी सामाजिक, धार्मिक तथा सामुदायिक संघ–संस्थाको सक्रिय सहभागिता रहेको थियो। विभिन्न जातजाति, धर्म, भाषा र समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले इटहरीमा सामाजिक सद्भावप्रति रहेको प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ । ¥यालीका सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नार

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ७८ पटक पढिएको
  • सुदर्शन सेक्युरिटी सर्भिसेजको २७ औँ वार्षिकोत्सवमा वृहत् रक्तदान, ४५ भन्दा बढी युनिट रगत संकलन

    इटहरी । सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात् गर्दै सुदर्शन सेक्युरिटी सर्भिसेज प्रा.लि., इटहरी–९, सुनसरीले आफ्नो २७ औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ४५ भन्दा बढी युनिट रगत संकलन भएको छ । ओसियन पार्क एण्ड रिसोर्ट प्रा.लि.मा आयोजित कार्यक्रममा विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पताल, बुढीगंगा, मोरङले प्राविधिक सहयोग गरेको थियो। रक्त अभावका कारण उपचाररत बिरामीलाई सहयोग पु¥याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा कम्पनीका कर्मचारी, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्साहजनक सहभागिता जनाउँदै रक्तदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै क

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ९८ पटक पढिएको
  • पूर्वाञ्चल पब्लिक स्कुलमा ‘प्रि–स्कुल ग्राजुएसन’ः ५६ बालबालिकाले चढे नयाँ शैक्षिक यात्राको खुड्किलो

    इटहरी । मोरङको सुन्दरहरैंचा स्थित पूर्वाञ्चल पब्लिक स्कुलले आयोजना गरेको ‘प्रि–स्कुल ग्राजुएसन–२०८३’ समारोहमा ५६ जना बालबालिका औपचारिक रूपमा दीक्षित भएका छन्। रंगीन बेलुनले सजिएको मञ्च र स्नातक पोशाकमा सजिएका बालबालिकाको उत्साहले कार्यक्रमलाई भावुक र अविस्मरणीय बनाएको थियो। विद्यालयका प्रिन्सिपल सन्तोष कुमार राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुन्दरहरैंचा–५ का वडा अध्यक्ष गणेश चौधरी प्रमुख अतिथि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन प्रसाद ढकालको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रिन्सिपल राईले बालबालिकालाई अक्षरका साथै राम्रो संस्कार, अनुशासन र आत्मविश्वास सिकाएर जि

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ८५ पटक पढिएको
  • लायन्स क्लब अफ बाँसबारी, बलिया र लियो क्लब अफ बाँसबारीको पदस्थापना सम्पन्न

    इटहरी । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत लायन्स क्लब अफ बाँसबारी, लायन्स क्लब अफ बलिया तथा लियो क्लब अफ बाँसबारीको लायन्स वर्ष २०२६÷२७ को इन्डक्सन एण्ड इन्स्टलेसन समारोह शनिबार सम्पन्न भएको छ । शनिबार सुन्दरहरैंचा–४ स्थित गोदावरी रिसोर्टमा आयोजित समारोहमा लायन्स वर्ष २०२५÷२६ का लायन्स क्लब अफ बाँसबारीकी अध्यक्ष पुष्पा ढुङ्गेल र लायन्स क्लब अफ बलियाकी अध्यक्ष मञ्जु बस्नेतको कार्यकाल सम्पन्न भएसँगै नयाँ नेतृत्वलाई पदस्थापना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर लायन लिला प्रसाद चिमरिया  रहनुभएको थियो । उहाँले लायन्स क्लब अफ बाँसबारीको वर्ष २०२६÷२७

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १६१ पटक पढिएको
  • सहयोगी मनहरू सुन्दरहरैंचाको दोस्रो वृहत् भेला सम्पन्न

    इटहरी । सहयोगी मनहरू सुन्दरहरैंचाले सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले दोस्रो वृहत् भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । ‘सुसंस्कृत समाज, सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रममा करिब १५० जना सामाजिक व्यक्तित्व तथा सहयोगी मन भएका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो । संस्था दर्ता गरी सामाजिक सेवाका विभिन्न क्षेत्रमा

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ७४ पटक पढिएको
  • इटहरीमा ब्राउनसुगरसहित युवक पक्राउ

    इटहरी : इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।  कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ करिब ७ बजेतिर लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा चेकजाँच गर्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल सोही क्षेत्रमा डेरा गरी बस्ने २५ वर्षीय अनिश लामालाई पक्राउ गरेको हो।प्रहरीले उनको साथबाट ३ ग्राम ३६० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।  बरामद लागूऔषधसहित लामालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर लागूऔषध सम्बन्धी कसुरमा थप

    • प्रकाशित मितिः साउन १७, २०८३
    • ६० पटक पढिएको
  • उर्लाबारीमा बेपत्ता पुरुष मृत फेला

    विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित राम्री खोलामा बेपत्ता भएका एक पुरुष आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ।  मोरङ प्रहरीका अनुसार उर्लाबारी–१ का अन्दाजी ४७ वर्षीय लक्ष्मण माझीको शव खोलाभित्र घोप्टो परेर डुबिरहेको अवस्थामा फेला परेको हो। बिहान करिब ६ः४५ बजे स्थानीयबाट सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्स्पेक्टर नवीन वलीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर पठाएको जनाएको छ। परिवारका

    • प्रकाशित मितिः साउन १७, २०८३
    • १०२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]