इटहरी । भन्सार विन्दुमा आउने तथा स्वदेश मै उत्पादन हुने सबै वस्तुमा अनिवार्य रुपमा एमआरपी अर्थात अधिकतम खुद्रा मुल्य उल्लेख गर्नुपर्ने सरकारी निर्देशनको कारण विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व संलकन प्रभावित भएको छ । गत बैशाख १५ गते देखि एमआरपी अनिवार्य गरिएपछि विराटनगर भन्सार नाका र भारतीय सीमा क्षेत्रमा करिब ३ सय ५० वटा ट्रक कन्टेनरहरु रोकिएको विराटनगर भन्सार एजेण्ट संघले जनाएको छ । भन्सार जाँचपास नभएपछि विराटनगर भन्सार कार्यालयको भन्सार राजस्व पनि प्रभावित भएको छ । दैनिक करिब ११ करोड ३३ लाख रुपैया भन्सार राजस्व संकलन गर्नुपर्ने विराटनगर भन्सार कार्यालयले बैशाख १६ गते ५ करोड १९ ला
इटहरी। फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सुनसरीको दुहवीमा आयोजित साधारणसभा पूर्वमन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सो अवसरमा बोल्दै लघुवित्तकर्मी समेत रहनु भएकी पूर्वमन्त्री चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड०ले तीन दशकदेखि सुरुवात गरेको लघुवित्त कार्यक्रममा आबद्ध भएका महिला दिदीबहिनीको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिनु नै यस कार्यक्रमको सफलता भएको बताउनुभयो। राज्यले कहिल्यै ऋण मिनाहा गर्न नसक्ने भएकाले गलत तत्वका पछि नलाग्न लघुवित्त सदस्यलाई सुझाव दिँदै
इटहरी । पाँचथरको फिदिम नगरपालिका–१, शनिबारेमा चट्याङ लागेर आगलागी हुँदा एक घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार सोमबार राति करिब १० बजे स्थानीय भगवती ढुङ्गेलको घरमा अचानक आगलागी भएको हो । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक चित्रबहादुर थेबेको कमान्डमा खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा करिब ११ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो ।हिलिहाङ गाउँपालिका–५ का ४५ वर्षीय क्षोमाया तामाङले सञ्चालन गरेको दुग्ध डेरीका दुई वटा फ्रिज, एक वटा ग्यास चुलो र चार वटा ग्यास सिलिन्डरसहित करिब तीन लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै, फिदिम नगर
इटहरी / पछिल्लो समय स्थानीय तहहरूमा भुक्तानी प्रक्रियामा गम्भीर समस्या देखिन थालेको छ। स्थानीय निकायहरूले प्रयोग गर्दै आएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (SUTRA) प्रभावकारी रूपमा नचल्दा दैनिक सेवा प्रवाह प्रभावित भएको हो।विशेषगरी जेन्जी आन्दोलन पश्चात् प्रणालीमा देखिएको प्राविधिक अवरोधका कारण भुक्तानी प्रक्रिया सुस्त मात्र होइन, कतिपय स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको स्थानीय तहहरूले बताएका छन्। यसले गर्दा सेवाग्राहीहरू आवश्यक भुक्तानी नपाएर हैरानीमा परेका छन्।लेखा शाखामा दैनिकजसो सेवाग्राहीको भीड बढ्दै गएको छ भने ढिलाइका कारण उनीहरू आक्रोशित हुँदै कर्मचारीसँग विवाद गर्ने, रिसाउने जस्ता
इटहरी । कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाको आन्तरिक आयको मुख्य स्रोत मानिएको घरबहाल तथा सम्पत्ति कर संकलनमा चुनौती देखिएको छ । सर्वोच्च अदालतले संस्थागत घरबहाल कर स्थानीय तहले नै उठाउन पाउने गरी स्पष्ट फैसला गरे पनि यहाँका ठुला व्यावसायिक प्रतिष्ठान र सरकारी निकायले नै कर बुझाउन आनाकानी गर्दा महानगरको वार्षिक आय अनुमान नै प्रभावित हुने गरेको छ । ठुला करदाताको अटेरीपनका कारण राजस्व संकलन गत वर्षको तुलनामा घटेको महागनरले जनाएको छ । चालू आर्थिक वर्ष २०८२र८३ को वैशाख १६ गतेसम्म महानगरले ३७ करोड रुपियाँ मात्र आन्तरिक राजस्व संकलन गरेको छ । गत वर्षको सोही अवधिमा ३८ करोड ५० लाख रुपिया
इटहरी । मेची भन्सार कार्यालय मातहतका छवटा छोटी भन्सार कार्यालयमध्ये एउटामात्र सञ्चालनमा छ ।राजस्व असुली र सीमापार व्यापारको सहजीकरणका लागि सरकारले सीमावर्ती नाकाहरूमा स्थापना गरेको अरु पाँचवटा छोटी भन्सार बन्द अवस्थामा छ । मेची भन्सार कार्यालयअन्तर्गत गौरीगन्ज–२ मा आठमौजा छोटी भन्सार, मेचीनगर–२ मा गाडागल्ली छोटी भन्सार, मेचीनगर–४ मा बाहुनडाँगी छोटी भन्सार, मेचीनगर–५ मा नकलबन्दा छोटी भन्सार, मेचीनगर–७ मा सतिघट्टा छोटी भन्सार र गौरीगन्ज–१ मा महाभारा छोटी भन्सार स्थापना भएका थिए । हाल गौरीगन्ज–२ स्थित आठमौजाबाहेक अरु छोटी भन्सार कार्यालय बन्द रहेको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अ
इटहरी। कोशी प्रदेश सरकारले इटहरी उपमहानगर पालिका वडा नम्बर ५ मा बनाएको ‘काव्य बाटिका फन पार्क’ हराएको छ । प्रदेश सरकारको पर्यटन बन तथा वातावरण मन्त्रालयले ६० लाख रुपैयाँ खर्च गरेर बनाएको काव्य बाटिका फन पार्क हराएको हो । निर्माण गरिएको स्थानमा अहिले फन पार्कको कुनै पनि अस्तित्व छैन । प्रदेश सरकारले उपभोक्ता समिति आर्थिक वर्ष ७६र७७ मा काव्य बाटिका फन पार्क बनाएको थियो । तत्कालीन प्रदेश नम्बर १ सरकारले उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालय अन्तरगतको पर्यटन विकास आयोजना मार्फत हालेको ६० लाख रुपैयाँ र उपभोक्ता समितिले श्रमदान बापत गरेको ६ लाख ९३ हजार २७१ रुपैयाँमा बनेको पार्कको अहिले कुनै पनि अस्
इटहरी । भोजपुरको अरुण गाउँपालिका–३, प्याउलीमा अवस्थित अरुण बहुमुखी क्याम्पस को शैक्षिक गुणस्तर सुधार र भौतिक पूर्वाधार विकासका लागि बृहत् आर्थिक सहयोग सङ्कलन अभियानको औपचारिक सुरुवात गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसलाई यस क्षेत्रकै नमुना शैक्षिक केन्द्र बनाउने लक्ष्यका साथ गाउँपालिका अध्यक्षको संयोजकत्वमा सातै वडामा अभियान थालिएको हो। अभियानको पहिलो दिनमै स्थानीय दाताहरूबाट उत्साहजनक सहयोग प्राप्त भएको छ। सहयोग गर्नेहरूमा कुमार कार्की, शिवराज सापकोटा, नारायण प्रसाद खनाल, केशर बहादुर कार्की, रुद्र बहादुर पुलामी र दिवस राईले ५१ हजार रुपैयाँभन्दा बढी य
इटहरी । तमोर कोरिडोर सडक अन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेश चोकसम्म ११० किलोमिटर सडकमध्ये ७३ किलोमिटर कालोपत्रे भइसकेको छ । बाँकी सडक पनि कालोपत्रेका लागि तयार गरिएको छ । सडक निर्माणको काम द्रुत गतिमा अघि बढे पनि सडकमा पर्ने पुल निर्माण भने निक्कै सुस्त गतिमा भइरहेको छ । ताप्लेजुङ–तराई जोड्ने तमोर कोरिडोर सडकमा पर्ने पुल निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । पुल नहुँदा खोलामा आउने आकस्मिक बाढीका कारण सवारीसाधन बिच बाटोमै अलपत्र पर्ने गरेका यात्रु अनुप निरौला बताउनुहुन्छ । यो सडकखण्डमा पर्ने आठ वटा पुल अहिलेसम्म निर्माण सम्पन्न हुन सकेका छैनन् । तमोर कोरिडोर सडकम
मोरङ | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग ले मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित रोयल कृषि फार्मलाई व्यवसायिक रूपमा बँदेल प्रजातिको वन्यजन्तु पालन तथा प्रजनन गर्न अनुमति दिएको छ।विभागले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० अनुसार मिति २०८१ चैत २६ गतेको विभागीय निर्णयका आधारमा उक्त अनुमति प्रदान गरेको हो।सुन्दरहरैँचा नगरपालिका–३ (साविक दुलारी–९/घ) मा रहेको निजी जग्गामा सञ्चालन हुने फार्मका सञ्चालक सानु कार्की रहेका छन्। अमृत कार्की, सानु कार्की, आरोन कार्की र पदमावती नेउपानेको नाममा दर्ता रहेको कि.नं. ९५३, ८८८,
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.