विराटनगर : कोशी प्रदेशमा सभाध्यक्षको भूमिकामा रहेका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापाको पक्षमा मतदान गरेपछि एमालेले त्यसको कानुनी उपचार खोज्ने भएको छ ।सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि एमालेले अदालत जाने तयारीमा रहेको छ ।प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।अध्यक्षता गर्ने ब्यक्ति परिवर्तन गरेर मतदान गरेपछि मुख्यमन्त्री थापाक
विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज (सोमबार) विश्वासको मत दिने सम्भावना टरेको बताएका छन् ।भदौ ४ गते सोमबार (आज) १ बजे उपसभामुख सृजना दनुवारले विश्वासको मतका लागि समय दिएपनि उनी काठमाडौँ तिर लागेपछि विश्वासको मत लिने सम्भावना टरेको थापाले बताएका हुन् ।‘आज विश्वासको मत लिने सम्भावना देखिएन । सरसल्लाह गरेर अर्को दिन निश्चित गर्छौं,’ मुख्यमन्त्री थापाले भने, उपसभामुखले ‘आफैंले तोकेको बैठकमा उपस्थित नहुनु सरासर गलत हो, उहाँले संसदीय परम्परालाई तोड्ने काम गर्नु भएको छ ।’उपसभामुख दनुवार भने आज बिहानै काठमाडौँ लागेपछि प्रदेशसभा बैठक अनिश्चित बनेको छ ।
विराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिनुहुनेभएको छ । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नुहुनेछ । उपसभामुख सिर्जना दनुवारले स्वास्थ्यमा अचानक समस्या आइ प्रदेश बाहिर जानु परेको भन्दै बैठक सञ्चालनको जिम्मेवारी इस्राइल मन्सुरीलाई दिए ।उपसभामुख दनुवारले सचिवालयमार्फत लेखेको पत्रमा भदौ ४ गते र तत्काल सोभन्दा पछिको सभाको बैठकको अध्यक्षता गरी सभाको बैठक सञ्चालन गर्न असमर्थ भएको उल्लेख गर्नुभएको थियो ।कोशी प्रदेशसभामा सभामुख
विराटनगर । कोशी प्रदेशकी उप सभामुख सृजना दनुवारले आफू बिरामी भएको भन्दै प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै जानकारी गराएकी छन् । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभाको बैठकमा दनुवारले आफू बिरामी भएका कारण सभामा उपस्थित हुन नसक्ने जानकारी गराएकी हुन् । ५ बजेपछि गराइएको जानकारी कार्यावस्था शाखाले दर्ता भने गरेको छैन । उनले कोशी प्रदेश सभा नियमावलीको नियम ११ बमोजिम सभा सञ्चालन गर्न समेत अनुरोध गरेकी छन् । नियमावलीको नियम ११ मा अध्यक्ष मण्डलको व्यवस्था रहेको छ । सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४
इटहरी । उपमहानगरपालिकाका कर्मचारीहरुलाई मनपरी सरुवा गरेको भन्दै कार्यपालिका सदस्यहरुले सरुवा बदर गर्न माग गरेका छन् । नेकपा एमाले सम्बद्ध कार्यपालिका सदस्यहरुले ज्ञापनपत्र बुझाउँदै उपमहानगरपालिकाले गरेको कर्मचारीहरुको आन्तरिक सरुवा बदर नगरे संघर्षमा उत्रिने चेतावनी दिएका छन् । राजनीतीक पूर्वाग्रहका आधारमा मापदण्डविपरीत सरुवा गरिएको र यस्तो कार्यले कर्मचारीहरुलाई हतोत्साहि बनाएको सदस्यहरुको आरोप छ । दुई दुई वर्षमा सरुवा गर्ने सामान्य नियमसमेत पालना नगरी प्रत्येक वर्ष कर्मचारी सरुवा गर्दा नयाँ ठाउँको अवस्था बुझ्न समय लाग्ने र त्यसले विकास निर्माण कार्य प्रभावित बनाएको दावी गरिएको छ । य
सुनसरी / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एमाले र राप्रपालाई चिठ्ठी लेखेका छन्।सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै मुख्यमन्त्री थापाले आइतबार प्रतिपक्षद्धय पार्टी एमाले र राप्रपालाई चिठ्ठी लेखेका हुन्। पत्रमा उनले विश्वासको मत दिनका लागि आग्रह गरेका छन्।कोशी प्रदेश सरकारको प्रतिपक्षमा एमालेका ३९ र राप्रपाका ६ सांसद रहेका छन्।
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐनलाई संशोधन गरेर सरकार अगाडि बढ्ने बताएका छन् । पर्यटक प्रहरीका जवान तथा जुनियर प्रहरी अधिकृतको प्रथम समूहको तालिम समापनमा बोल्दै उहाँले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन ऐनलाई संशोधन गर्न मन्त्रालय लागेको बताए । पर्यटनमन्त्री किरातीले स्रोतसाधनको अभावकाबीच पनि पर्यटक प्रहरीले उत्कृष्ट रुपमा कार्यसम्पादन गरे , पर्यटन क्षेत्रले मात्र देशको विकास र आर्थिक उन्नती हुने उनको भनाइ थियो ।उनले अथाह पर्यटकीय सम्भावना भएको मुलुक नेपालको पर्यटनलाई विश्व बजारमा लैजानका लागि पर्यटक प्रहरीले खेलेको भूमिका सराहनीय रहेको बताए ।
इटहरी । कार्यपालिका सदस्य प्रमोद शेर्पालाई संसदीय दलको उपनेताबाट हटाउन नेकपा एमाले १६ नं. वडा कमिटिले माग गरेको छ। पार्टीको हित विपरीतको गतिविधि गरेको भन्दै उनलाई फिर्ता गर्न कमिटिले पार्टीसँग माग गरेको हो । पार्टीको वडा कमिटि अध्यक्ष तथा सो वडाका वडाध्यक्षसमेत रहेका तेजनारायण चौधरीले शेर्पालाई कारवाहीका लागि सिफारिस गरेको पुष्टि गरेका छन् । शेर्पालाई अल्पसंख्यक कोटाबाट कार्यपालिका सदस्य बनाइ पार्टीले संसदीय दलको उपनेतासमेत बनाएको थियो । उनी नेकपा एमाले प्रदेश सचिवालय सदस्यसमेत हुन् । तर कार्यपालिकामा सहभागि उनले लगातार पार्टी हितविपरीत काम गरेको आरोप लागेको छ । पछिल्लो समय शेर्
विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले निजी क्षेत्रसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन र जलविद्युत्को विकास प्रदेश सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् ।नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको ११ औँ वार्षिक साधारणसभा तथा सातौँ वार्षिक अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेशमा २० हजारभन्दा बढी मेगावाट विद्युत् उत्पादन हुने विश्वास व्यक्त गर्दै त्यसको सदुपयोग गर्ने टिप्पणी गरे ।मुख्यमन्त्री थापाले निजी क्षेत्र जलविद्युत्मा लगानी गर्न तयार रहेको आफूले पाएको उल्लेख गर्दै आवश्यक कानुन निर्माण गरी यस क्षेत्रमा लगानी गर्न प्रोत्साहन गरिने विश्वास दिलाए ।क
सुनसरी / नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणको छानविनका लागि सिआइवीलाई ढुक्कसँग काम गर्ने वातावरण बनाइदिनु पर्ने बताए ।कार्यकर्ता प्रशिक्षणका कार्यक्रमा धनकुटामा बोल्दै नेता शर्माले भूटानी शरणर्थी र ललिता निवास जग्गा प्रकरणमा जस्तै सुन काण्डको छानविनका नेपाल प्रहरी सक्षम रहेको बताए ।राज्य र संविधानले चिनेको निकाय लाई काम गर्न नदिएर अन्य कसैले गर्छु भन्नु उचित नहुने समेत उनको भनाई थियो । कसैले आफ्ना मान्छे जोगाउँन कुनै किसिमको समिति बनाउनु पर्छ भन्ने आशय राख्न नहुने भन्दै नेता शर्माले नेकपा एमालेले भनेझै कुनै पनि उच्चस्तरिय समिति आवश्यक नपर्ने समेत टिप्पणी गरे ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.