सुनसरी / अखिल नेपाल महिला सङ्घ वडा नम्बर ५ समितिले नाचगानसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गरेको छ ।इटहरी वडा - ५ स्थित सत्सङ्ग मन्दिर परिसरमा अखिल नेपाल महिला सङ्घ वडा नम्बर ५ समितिले तीजका अवसरमा नाचगानसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ केन्द्रीय सल्लाहकार मिथिला पोखरेलले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै तीजको नालीबेली विस्तार गर्दैै यस पर्वलाई महिला जागरण तथा चेतना अभिवृद्धि गर्ने रचनात्मक क्रियाकलापका साथ सम्पन्न गर्नुपर्ने बताइन् ।उनले शिव पार्वतीको प्रणयको उच्च महत्त्व रहेको उल्लेख गर्दै यो विवाहमा अन्तर्जात
सुनसरी / इँटा उद्योगीहरूले सरकारसँग सहुलियतको माग गरेका छन् । आर्थिक मन्दीको असर इँटा उद्योगमा समेत नराम्ररी परेको भन्दै उनीहरूले सङ्घीय तथा प्रदेश सरकारले औद्योगिक विकासका लागि महत्त्वपूर्ण भूमिका रहेको इँटा उद्योगलाई नहेरेको गुनासो गरेका छन् ।सुनसरीको इटहरीमा शनिबार भएको नेपाल इँटा उद्योग महासङ्घ कोशी प्रदेश समितिको प्रथम साधारण सभामा बोल्दै उद्योगीहरूले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धि र बैङ्कको चर्को ब्याजदरका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए ।सरकारले कोइला आयात र विद्युतमा सहुलियत नदिनु तथा बिमा कम्पनीको सिन्डिकेटको कारण इँटा व्यवसायी मारमा परेको उनीहरूको गुना
सिताराम चन्द्रवंशी (समीर)बराहक्षेत्र / राष्ट्रिय युवा संघ नेपाल बराहक्षेत्र नगर कमिटीले बराहक्षेत्रले नगरपालीका वार्ड न .१० मा पर्ने रामधुनि सामुदायिक बन क्षेत्रमा बृक्षरोपण गरेको छ । कार्यक्रमको उद्घाटन बराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार र राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य रेशु तामाङले संयुक्तरुपमा गर्नु भएको हो । बराहक्षेत्र धार्मिक तथा सांस्कृतिक पर्यटकीयक्षेत्र रहेकोले यस्ता क्षेत्रको प्राकृतिक सौन्दर्यता बढाउनका साथै राष्ट्रिय युवा संघ नेपालको देशब्यापी अभियान १ युवा ५ विरुवा अन्तर्गत बृक्षरोपण कार्यक्रम गर्न लागिएको राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य र
इटहरी / नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा योजना तथा विकास निर्देशनालय नक्साल काठमाडौंमा रहेर कार्य गरिरहेका सरोज पौडेलले कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुखको जिम्वेवारी पाएका छन् । प्रहरी प्रसासनमा राम्रो काम गरेर उत्कृष्ट प्रहरी समेत हुनुभएका पौडेल तीनबर्ष अघि पनि प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीमै प्रहरी नायव उपरीक्षक (डिएसपी) भएर कोशी प्रदेशमा राम्रो सहजिकरण गर्दै सबैको मन जित्न सफल रहेको र कोशी प्रदेशसमा उल्लेखनीय र उदाहरणीय काम गर्ने कुरामा बिस्वस्त रहेको सडक सुरक्षाको क्षेत्रमा कृयासिल संस्था हेल्पिङ युथ फर रोड सेफ्टीका सचिव अन्जना घिमिरेले बता
सुनसरी / धनकुटा नगरपालिकाले सहकारी ऐन उल्लंघन गर्ने १७ वटा सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।ऐनको प्रावधान कार्यान्वयन गर्न पटक–पटक ताकेता गर्दा पनि अटेर गर्ने बचत तथा ऋण, उपभोक्ता, कृषि, दुग्ध र विद्युत् सहकारीको दर्ता खारेज गरिएको हो । धनकुटा नगरपालिकाको सहकारी ऐनमा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र लेखापरीक्षण गराउनु पर्ने, छ महिनाभित्र संस्थाको साधारण सभा बोलाउनु पर्ने र यसको विवरण नगरपालिकामा बुझाउनु पर्ने प्रावधान छ ।योे प्रावधान विपरीत चार वर्षभन्दा अघिदेखि लेखापरीक्षण र साधारण सभा नगरेका र कार्यालयमा विवरण नबुझाउने सहकारी संस्थाहरूको दर्ता खारेज गरिएको नगरपालिका
इटहरी / इटहरी उपमहानगरपालिकाले भोलि आइतबारदेखि मुख्य राजमार्ग क्षेत्रमा तीन पाङ्ग्रे ई–रिक्सा (सिटी सफारी) चलाउन रोक लगाउने भएको छ । इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सन्चालकका नेतृत्व बिच सहमतिमा इटहरीमा अत्याधिक सिटी सफारीहरुले दुर्घटना निम्त्याएको भन्दै मुख्य हाइवेमा भोलि देखि प्रतिवन्ध लगाउने गरि निर्णय भएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । अबदेखि सिटी सफारीहरु मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावि यात्रु चढाउन तथा ओराल्न भने पाउने छैनन मेयर पौडेलले भने । बाटोमा जाम गरेको र दुर्घटना बढाएको भन्दै इटहरीका मु
इटहरी / नेपाल युवा उद्यमी मंच संस्था (एनवाईइएफ) सुनसरी शाखाको सम्झौता ज्ञापनपत्र हस्ताक्षर समारोह कार्यक्रम सम्पन्न भएको छ ।इटहरीमा पत्रकार सम्मेलन गर्दै नेपाल युवा उद्यमी मंच (एनवाईइएफ) सुनसरी शाखाले इटहरीका ६ वटा कलेजका विद्यार्थीलाई प्रतिस्पर्धा गराएर नयाँ उद्यमशीलताको योजना सङ्कलन गरिन सम्झौता हस्ताक्षर सहकार्य पत्रमा ६ वटै विद्यालयका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । सम्झौतामा ज्ञापनपत्र हस्ताक्षर समारोह गरेको छ । यस संसथा २००३ सालमा स्थापना सुरू गरेको संस्था कुल १२ वटा ठाउँमा च्यापटर रहेको छ । जुन काठमाडौं, पोखरा, ललितपुर, चितवन, रुपन्देही, सुर्खेत, कैलाली. बिरगंज, जनकपु
काठमाडौँ / पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य बढेको जनाएको हो।पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ।निगमले मूल्य वृद्धि बिहीबार राति १२ बजेदेखि लागू हुने जनाएको छ। इण्डियन आयल कर्पोरेशनबाट मूल्य वृद्धि भएर आएको निगमले जनाएको छ।
सुनसरी : उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा आज देखि भदौ १७ गते सम्म महिला उद्यमशिलता प्रदर्शनी मेलाको सुरू भएको छ ।इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवको भवनमा मेला लागिरहेको छ । दैनिक उपभोग्य वस्तु, कृषिजन्य तथा जडिबुटी, हस्तकला, सौन्दर्य कलासँग सम्बन्धित स्टलहरु मेलामा राखिएको छ ।मेलामा कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्पादित वस्तुका ८० वटा स्टल भन्दा बढी रहेको छ । मेलमा कोशी प्रदेश र मधेस प्रदेशबाट मेलामा भर्न स्टल राखिएको छ । नेपाल युवा उद्यमी मञ्चका तर्फबाट उत्कृष्ट तीन स्टललाई १५ हजारका
सुन्दरहरैंचा / नेपाल शिक्षक महासंघ बेलबारीको नगर समितिको अधिवेशनबाट अध्यक्षमा नरप्रसाद भण्डारी निर्बाचित भएका छन । बुधबार सम्पन्न दोस्रो अधिवेशनमा बेलबारी नगरपालिका - ४ स्थित कसेनी माविका प्रधानध्यापक रहेका भण्डारी अध्यक्षमा चयन भएका हुन । यसैगरी सचिवमा महेन्द्र माविका शिक्षक तुलसी बहादुर थापा निर्वाचित भएका छन ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.