इटहरी। सप्तकोशी नदीको पूर्वी तटबन्ध क्षेत्रको नदी किनारभित्र ‘प्रोकोपाइनको पिल्लर’ लगाउन थालिएको छ । कटान हुने सम्भावित स्थानमा प्रोकोपाइनमा झिक्रासहितको बाँस बाँधेर गत वर्ष पानीको चाप परेको ठाउँमा प्रोकोपाइन हाल्न थालिएको छ । पूर्वी तटबन्धको राजावास क्षेत्रका स्परहरूमा बढी पानीको चाप नदी किनारमा पर्ने हुँदा बाँसको झिक्रासहित प्रोकोपाइन बाँधेर हाल्न थालिएको राजावास सबडिभिजनले जनाएको छ । उच्चस्तरीय प्राविधिकको स्थलगत अनुगमनपछि कटानको सम्भावित क्षेत्रमा मर्मत तथा रोकथामका काम गरिँदै आएको बताइएको छ । कोशी प्रोजेक्ट अन्तर्गत भारतको जलसंसाधन विभागले पानीको चाप पर्ने स्थानको हिउँदमै पहिचान
इटहरी । धनकुटाको हिले मा सम्पन्न जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा ए डिभिजनतर्फ नारायण विश्वकर्मा र विशाल पराजुली तथा बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले उपाधि जितेका छन् ।सिर्जनशील सांस्कृतिक समूह हिले को आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा ए डिभिजनतर्फ नारायण–विशालको जोडीले विमल श्रेष्ठ र रोहित कट्टेलको जोडीलाई २१–९ र २१–१५ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो ।त्यस्तै बी डिभिजनतर्फ रमेश श्रेष्ठ र उत्सव कट्टेलको जोडीले पेम्बा लामा र पवन लिम्बूको जोडीलाई २१–१६ र २१–१२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका छन् ।ए डिभिजनतर्फ विजेताले ११ हजार रुपिया
इटहरी । रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो ।भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ ।बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
इटहरी। मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको ।कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गर्नुभएन । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कट
इटहरी। प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डी प्रतियोगिताअन्तर्गत सुनसरीको इनरुवामा जारी पाँचौँ खेलमा कोशी प्रदेश कबड्डी टोली विजयी भएको छ ।कोशी प्रदेशले बागमती प्रदेश कबड्डी टोलीलाई ४०–२५ अंकले पराजित गरेको हो । खेलको ‘म्यान अफ द म्याच’ रोमान्स कर्ण घोषित हुनुभएको आयोजकले जनाएको छ । त्यसैगरी सोमबार भएको छैटौँ खेलमा एपीएफ क्लब विजयी भएको छ । एपीएफले मधेश प्रदेश कबड्डी टोली लाई ३६–१८ अंकले हराएको हो । उक्त खेलको ‘म्यान अफ द म्याच’ मनिषा जोशी घोषित हुनुभयो ।यसअघि भएको खेलमा सुदूरपश्चिम प्रदेश कबड्डी टोलीले मधेश प्रदेशलाई ५१–२१ अंकले पराजित गरेको थियो भने त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशल
इटहरी । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित मुसहर बस्तीमा केही दिनअघि भएको भीषण आगलागीबाट घरबारविहीन बनेका पीडित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । हर्ड नेपालले अमेरिकी संस्था एल.डी.एस च्यारिटिज सँग सहकार्य गरी बुढीगंगा गाउँपालिकाको समन्वयमा आगलागी पीडित परिवारलाई आवश्यक राहत सहयोग उपलब्ध गराएको हो । आगलागीबाट प्रभावित १३ घरपरिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा तथा दैनिक उपभोग्य सामग्री वितरण गरेको छ । गाउँपालिकाका अनुसार पीडित परिवारको तत्कालको आवश्यकतालाई मध्यनजर गर्दै प्रतिपरिवार ५० केजी चामल र खाने तेल सहितको खाद्यान्न, लत्ताकपडा एवं सरसफाइ र घरायसी प्रयोजनका लागि आवश्यक दै
इटहरी । ताप्लेजुङमा सेवा निवृत शिक्षकलाई सम्मानसहित बिदाइ गरिएको छ । शिक्षण पेसामा आबद्ध भएर सेवा निवृत हुनुभएका शिक्षकलाई शिक्षा विकास तथा समन्वय एकाइले सम्मानसहित बिदाइ गरेको हो । उमेर हदका कारण सेवा निवृत भएका तथा स्वेच्छिक अवकास हुन चाहेका शिक्षकहरूलाई एकाइले आइतबार सम्मानसहित बिदाइ गरेको हो । शैक्षिक सत्र २०८२ मा सेवा निवृत अर्थात अनिवार्य अवकास हुने र स्वेच्छिक अवकासमा जानेसमेत विभिन्न तहका ३२ जना शिक्षकको बिदाइ भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार माध्यमिक तहका एक जना राहतसमेत छ जना शिक्षकलाई बिदाइ गरिएको छ । बिदाइ हुने मावि तहका शिक्ष
इटहरी । रतुवामाई नगरपालिका–२, घररुचोक सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारतीय रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल का अनुसार ५०० दरका ४० बण्डल बराबरको भारतीय रुपियाँ सीमा सुरक्षा गुल्म बरडंगा र बिओपी डोरियाले बरामद गरेको हो । भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूलाई शङ्का लागेपछि जाँच गर्ने क्रममा पछाडि सवार व्यक्तिले बोकेको झोला सोही स्थानमा फालेर फरार भएको प्रहरीले जनाएको छ । बरामद रकम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
इटहरी। कोशी प्रदेश सरकारका इन्द्रमणि पराजुलीले सीमित स्रोत, साधन र जनशक्तिका बीच पनि जिल्ला प्रहरी कार्यालय धनकुटाले उल्लेखनीय कार्य गरिरहेको भन्दै प्रशंसा गर्नुभएको छ।जिल्ला प्रहरी कार्यालय धनकुटाको कार्यालय भवन तथा समग्र कार्यालयले सञ्चालन गरेका गतिविधिहरूको अनुगमन, निरीक्षण र मातहतका प्रहरी कार्यालयहरूको अवस्थाबारे जानकारी लिँदै मन्त्री पराजुलीले शान्ति सुरक्षा कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।उहाँले प्रहरी प्रशासनले नागरिकसँगको सम्बन्धलाई अझ विश्वासिलो बनाउनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रभावकारिता, अनुशासन र उत्तरदायित्वलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो।कार्
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सुनसरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अशोक कुमार चौधरीले आफ्नो सचिवालयलाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले विभिन्न पदमा सल्लाहकार तथा सदस्यहरू नियुक्त गर्नुभएको छ । जनताको समस्या छिटो र प्रभावकारी रूपमा सम्बोधन गर्ने लक्ष्य सहित सचिवालय मार्फत काम अघि बढाइएको जनाइएको छ । सांसद चौधरीको सचिवालय प्रमुख नविन थापाले नियुक्ति गर्नुृभएको हो । सचिवालय सदस्यमा आशिष कुमार गुप्ता र सरोज सिंह लाई जिम्मेवारी दिइएको हो । प्राविधिक क्षेत्रलाई सुदृढ बनाउने उद्देश्यले ईश्वर कुमार तामाङलाई इन्जिनियर पदमा नियुक्त गरिएको छ । स्वास्थ्य सम्बन्ध
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.