समाज

    Showing १,७८१-१,७९० of ११,१८४ items.
  • विराटनगरमा कोशी मिडिया सम्मेलन सुरुस पूर्वअध्यक्षहरू सम्मानित, नागरिक अधिकार रक्षाका लागि आवाज उठाउन मुख्यमन्त्रीको आह्वान

    इटहरी ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कार्य शुरु भएकाले प्रखर रुपमा आवाज उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार विराटनगरमा आयोजना गरिएको कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो केही समय बोल्ने, लेख्ने र विरोध गर्न पाउने संविधान सम्मत नागरिक अधिकार हनन गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नागरिक स्वतन्त्रता र अधिकार हनन भए लोकतन्त्र नै धरापमा पर्ने भएकाले पत्रकारहरु झन शसक्त रुपमा आवाज उठाउने माध्यम भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आ

    • प्रकाशित मितिः असार १२, २०८३
    • २६५ पटक पढिएको
  • पथरी शनिश्चरेको अनुसन्धानमूलक ‘लेखमाला–१’ लोकार्पण, पत्रकार सम्मानित

    इटहरी । स्थानीय इतिहास, विकास, सामाजिक रूपान्तरण र समसामयिक विषयहरूको अध्ययन–अनुसन्धानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पथरी शनिश्चरे नगरपालिकाले प्रकाशन गरेको ‘पथरी शनिश्चरे लेखमाला–१’ शुक्रबार एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ । नगरपालिकाले पहिलोपटक प्रकाशनमा ल्याएको यस महत्वपूर्ण लेखसङ्ग्रहमा नगरभित्र कार्यरत १० जना सञ्चारकर्मीका खोजमूलक तथा विश्लेषणात्मक लेखहरू समावेश गरिएका छन्। पुस्तकमा शिक्षा, स्वास्थ्य, कृषि, बसाइँसराइ, सिमसार संरक्षण र लागूऔषध दुव्र्यसन जस्ता स्थानीय जनजीवनका विविध पाटा र चुनौतीहरूलाई तथ्यगत रूपमा प्रस्तुत गरिएको छ। नगरपालिकाका सूचना संयोजक सन्तोष राईले

    • प्रकाशित मितिः असार १२, २०८३
    • १९६ पटक पढिएको
  • तेह्रथुमको छथर गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक, १७ औँ गाउँसभा सम्पन्न

    इटहरी । तेह्रथुमको छथर गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै १७ औँ गाउँसभा अधिवेशन सम्पन्न गरेको छ । गाउँपालिका–३ स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ५२ ढोके घर, बराह मन्दिर तथा योमुइ चङखासिङ गढी परिसरमा आयोजित अधिवेशनले आगामी वर्षका लागि ४७ करोड २७ लाख ९९ हजार ६ सय ३४ रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको हो। गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रमले कृषि, पशुपालन, रोजगार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राखेको छ। स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै उत्पादनमूलक र रोजगारी सिर्जना गर्ने कार्

    • प्रकाशित मितिः असार १२, २०८३
    • २२६ पटक पढिएको
  • भोजपुरको हतुवागढी गाउँपालिकाद्वारा ५४ करोड ७९ लाख ३८ हजारको बजेट सार्वजनिक

    इटहरी  । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागी ५४ करोड ७९ लाख ३८ हजार रुपैयाँको बजेट पेश गरेको छ । गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा सम्पन्न १९ औं अधिवेशनको पहिलो बैठकबाट वार्षिक नीति तथा कार्यक्रम र आर्थिक विधेयक, विनियोजन विधेयक २०८३ सर्वसम्मत पारित गरिएको हो । सभामा उपाध्यक्ष सुनिता किरातीले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकमा किसानको उत्पादन वृद्धि, बजारीकरण तथा आयआर्जनमा टेवा पु¥याउने उद्देश्यका साथ भौतिक पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिका भित्रको आर्थिक पारदर्शिता र सुशासनलाई थप सुदृ

    • प्रकाशित मितिः असार १२, २०८३
    • १९९ पटक पढिएको
  • युवा पत्रकार विकल रेग्मी रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित

    इटहरी । युवा पत्रकार विकल रेग्मी प्रतिष्ठित रोटरी जर्नो अवार्ड–२०२६ बाट सम्मानित भएका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले प्रदान गर्ने उक्त अवार्डअन्तर्गत रेग्मीले खानेपानी, सरसफाइ तथा स्वच्छता विधामा उत्कृष्ट पत्रकारिताका लागि सम्मान प्राप्त गरेका हुन्।काठमाडौंमा आयोजित विशेष समारोहमा डिस्ट्रिक्ट गभर्नर रोटेरियन बिनोद कोइरालाले रेग्मीलाई प्रमाणपत्रसहित नगद रु। ५१ हजार प्रदान गर्दै सम्मान गरेका थिए। पत्रकारितामा व्यावसायिक उत्कृष्टता, जनहितका विषयको प्रभावकारी उठान तथा खानेपानी, सरसफाइ र स्वच्छतासम्बन्धी मुद्दालाई निरन्तर प्राथमिकताका साथ प्रस्तुत गरी समाजमा सकारात्मक प्रभाव पुर्‍याएको य

    • प्रकाशित मितिः असार १२, २०८३
    • १५३ पटक पढिएको
  • इटहरी र रामधुनीबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ

    इटहरी । सुनसरीको  इटहरी र रामधुनीका विभिन्न स्थानमा प्रहरीले सञ्चालन गरेको लागू औषध नियन्त्रण अभियानका क्रममा ६४।५७ ग्राम ब्राउन सुगर सहित पाँच जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय पकली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार दिउँसो ३ः३० बजे इटहरी उपमहानगरपालिका–१७ पकलीमा चेकजाँच गर्ने क्रममा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का युवराज बस्नेत र मोरङको सुन्दरहरैँचा नगरपालिका–८ का २४ वर्षीय लालबहादुर थापालाई नियन्त्रणमा लिएको थियो। चेकजाँचका क्रममा युवराज बस्नेतको साथबाट ०।६८ ग्राम ९छ सय असी मिलिग्राम० ब्राउन

    • प्रकाशित मितिः असार १२, २०८३
    • २४६ पटक पढिएको
  • झापाको भद्रपुरमा घर पुर्‍याइदिने बहानामा केराघारीमा लगेर दुई किशोरीमाथि जबर्जस्ती करणी गर्ने दुई युवा पक्राउ

    इटहरी। झापाको भद्रपुरमा घर पुर्‍याइदिने बहाना बनाएर दुई किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार असार १० गते साँझ भद्रपुर नगरपालिका–५ मा उक्त घटना भएको हो। १४ वर्षीया एक किशोरी र उनकी १७ वर्षीया साथी घर नजिकै रहेको विद्यालय परिसरमा घुमफिर गर्न गएका बेला उनीहरूलाई चिनजानका दुई युवाले घरसम्म पुर्‍याइदिने प्रस्ताव गरेका थिए।प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार भद्रपुर–५ निवासी २१ वर्षीय शिवा सहनी र १८ वर्षीय अभिषेक महतोले किशोरीहरूलाई एकान्त स्

    • प्रकाशित मितिः असार १२, २०८३
    • ८३ पटक पढिएको
  • चिया निर्यात ठप्प हुँदा इलाम र झापाका किसानले १० करोड गुमाए,प्रयोगशाला विवाद समाधानका लागि कूटनीतिक पहल गर्ने सर्तमा सगरमाथा चिया उद्योगसहितका कारखाना सुचारु

    इटहरी । नेपाली चियाको भारत निर्यातमा कडाइ भएपछि चिया पठाउन नसक्ने भन्दै बन्द भएका एक सयभन्दा बढी चिया उद्योग बिहीबारदेखि सञ्चालनमा आएका छन् ।  यही असार १ गतेदेखि बन्द भएका उद्योग सङ्घीय सरकार र स्थानीय तहसँगको सहमतिपछि सञ्चालनमा आएका हुन् । इलाम, झापा, पाँथचर, भोजपुर, कास्कीलगायतका जिल्लाका चिया उद्योग तयारी चियाको सहज निर्यातको वातावरण तयार गर्न माग गर्दै बन्द भएका थिए । सरकारले चियाको समस्या समाधानका लागि गठन गरेको कार्यदलले चियाको समस्या समाधान गर्न के गर्न सकिन्छ भन्ने मागेको रायमा उद्योगीले दिएको सुझाव अनुसार सरकारका तर्फबाट त्यस अनुसार मौखिक आश्वासन आएपछि उद्योग सञ्चालन गरिएको सूर्य

    • प्रकाशित मितिः असार १२, २०८३
    • १९८ पटक पढिएको
  • जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त

    इटहरी । जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा चन्द्रबहादुर थेबे नियुक्त हुनुभएको छ । कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई समिति अध्यक्षमा नियक्त गरेको हो ।प्रदेश खेलकुद विकास बोर्डले थेबेलाई चारवर्षे कार्यकालका लागि जिल्ला खेलकुद विकास समिति ताप्लेजुङको अध्यक्षमा नियुक्त गरेको हो । विकास बोर्डले बिहीबार ताप्लेजुङसहित कोशी प्रदेशका १४ मध्ये १२ जिल्लामा खेलकुद विकास समितिको अध्यक्ष नियुक्त गरेको छ ।जिल्लाको पुरानो क्लब कञ्चनजङ्घा फुङ्लिङ क्लबको लामो समयसम्म नेतृत्व गरी हाल सो क्लबको संरक्षक रहनुभएका थेबे नेकपा ९एमाले० को सिफारिसमा समितिको अध्यक्षमा नियुक्त हुनुभए

    • प्रकाशित मितिः असार १२, २०८३
    • १७१ पटक पढिएको
  • पाँचथरमा भारी वर्षापछि पहिरो र बाढीको वितण्डा, फालेलुङ, फिदिम–फालौट सडक र मध्यपहाडी लोकमार्ग अवरुद्ध, आवागमन पूर्ण रूपमा ठप्प

    इटहरी  । बिहीबार राति भएको भारी वर्षाका कारण सडक माथिबाट पहिरो खस्दा पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनदेखि मच्छेबुङ हुँदै गाउँपालिका केन्द्र थकेपुङ जाने सडक अवरुद्ध भएको छ।फालेलुङ–७ सिदिनको थोक्पन क्षेत्र आसपास सडक माथिबाट ठुलो पहिरो खस्दा मध्यरातदेखि उक्त सडक अवरुद्ध भएको वडाध्यक्ष टेकबहादुर केरुङले जानकारी दिनुभयो। उहाँका अनुसार ढुङ्गा, लेदो र बाँससहितको पहिरोका कारण अवरुद्ध सडक खुलाउन केही घण्टा लाग्ने बताइएको छ। हालसम्म सडक खुलाउने काम सुरु हुन सकेको छैन।यसैगरी अविरल वर्षाकै कारण फिदिम–फालौट सडकखण्डअन्तर्गत मुवाखोला डाइभर्सनमा क्षति पुगेको छ। जसका कारण प्राङवुङदेखि सिदिन हुँदै फिदिम

    • प्रकाशित मितिः असार १२, २०८३
    • २०७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]